Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • सेयर बजार आज पनि ४२ अंकले झ¥यो तर कारोबार भने २५ करोडले बढ्यो ! Nov 23, 2016 Arthatantranepse_photo
    काठमाण्डौं। सेयर बजारमा बुधबार पनि पहिरो गएको छ। लगानीकर्ताले विक्रीका लागि दबाब बनाउँदा सेयर सूचक आज साढे ४२ अंकले झर्न पुगेको हो । बजार साढे ४२ अंकले झरेर १५४० अंकमा आएको छ। आज सूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । दिनरभीमा १३१ कम्पनीका एक अर्ब सात करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबै उपसुचकहरुले रातो रंग देखाएका छन्। ...
  • नेपालीमा आइफोन–सेभेनको क्रेज, तीन दिनमा १८ सय ३० वटा बिक्री ! Nov 23, 2016 Arthatantraiphone 7
    काठमाण्डौं । नेपालमा सार्वजनिक भएको तीन दिनमा नै १८ सय ३० वटा आइफोन–सेभेन बिक्री भएको  नेपालमा एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशनले बताएकोछ । कम्पनीले गत शुक्रबार आइफोन–सेभेन र आर्इफोन–सेभेन–प्लस बिक्री सुरु गरेको थियो । कम्पनीले अझै धेरै अर्डर आइरहेको बताउँदै बजारको रेस्पोन्सले उत्साहित बनाएको जनाएको छ। कम्पनीका अनुसार इभो स्टोर, फ्युचर वर्ल्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटलबाट आइफोन खरिद गर्न ...
  • बैंकमा खाता खोल्नुहोस् अनि पाउनुहोस् सुलभ निर्जिवन बीमा ! Nov 23, 2016 Arthatantrabank_1
    काठमाण्डौं । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनी बीच सम्झौतापत्रमा हिजो मंगलवार हस्ताक्षर भएको छ । यो सेवा अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निर्जीवन बीमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ । ८ मंसिर २०७३, १०।००
  • अनावश्यक विद्युत प्रयोग गरिरहनुभएकोछ ? ऊर्जामन्त्रीको कारवाहीमा पर्नु … Nov 23, 2016 Arthatantrajanardan-sharma
    काठमाण्डौं । सार्वजनिक स्थानमा अनावश्यक समयमा समेत विद्युत् उपयोग भइरहेको पाइएपछि ऊर्जा मन्त्रालयले परिपत्र जारी गर्दै सबै सरकारी कार्यालयलाई अनावश्यक समयमा विद्युत् प्रयोग बन्द गर्न आग्रह गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल सार्वजनिक स्थानमा अनावश्यक रुपमा विद्युत् उपभोग भइरहेको पाइए त्यसलाई निरुत्साहित गर्न निर्देशन दिएका छन् । विशेष गरी सरकारी कार्यालयमा अनावश्यक रुपमा ...
  • इक्राले ग्रेड ३ रेटिङ दिएको हाइड्रो कम्पनीले ल्याउँदैछ १७ लाख २५ हजार … Nov 22, 2016 Arthatantrashare IPO
    काठमाण्डौं । सर्वसाधरण लगानीकर्ताका लागि युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधरण सेयर जारी गर्ने भएको छ । हाइड्रोपावरले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरका १७ करोड २५ लाख रुपैयाँ साधारण सेयर निस्कासन गर्ने भएको हो । यो प्रस्तावलाई धितोपत्र बोर्डले स्वीकृत दिन बाँकी छ । कम्पनीले यस अघि नै, कुश्माको मोदीखोलामा मोदीखोलामा दुईवटा जलविद्युत् आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले ...
  • सेयरबजारमा छायो हरियाली : हिजो आहत भएका लगानीकर्तामा आज मिल्यो राहत ! Nov 21, 2016 Arthatantrashare
    काठमाण्डौं । आज सोमबार सेयर बजामा ६.६७ अंकले वृद्धि भएको छ । हिजो आइतबार १६ सय तल झरेको बजार आज सोमबार पुनः १६०६.२९ अंकको उचाईमा पुुगेको हो । आज सोमबार कारोबार रकम भने घटेको छ । कुल १२७ कम्पनीका १३ लाख ८६ हजार ८ सय ९५ कित्ता सेयर ९२ करोड ८७ लाखमा किनबेच भएको थियो । आज पाँचवटा समूहको सूचक हराभरा ...
  • थाहा पाउनुभो ? डेभलपमेण्ट बैंकले जारी गर्दैछ ९ लाख ९० हजार कित्ता सेयर… Nov 21, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डबाट एक सय रुपैंया अंकित दरमा ९ लाख ९० हजार कित्ता हकप्रद निष्काशनका लागि कञ्चन डेभलपमेण्ट बैंकले स्वीकृति पाएकोछ । कञ्चनपुरमा मुख्य कार्यालय रहेको तीन जिल्ले  यो बैंकले  ५० प्रतिशत हकप्रद निष्काशनका लागि शुक्रबार नै स्वीकृति पाएको हो । कञ्चनले हकप्रद निष्काशनबाट अहिलेको चुक्ता पूजी १९ करोड ८० लाख रुपैंयालाई २९ करोड ७० लाख रुपैंया पुर्याउन लागेको ...
  • सेयर बजारको आजको मुड : झर्दैै बढ्दै गरेको बजारले के संकेत गर्दैछ ? Nov 20, 2016 Arthatantrashare
    काठमाण्डौँ । साताको पहिलो दिन आज सेयर बजारले सबैले सोचेभन्दा पृथक रुप लियो । बजार खुलेको डेढ घण्टामा नै ६६ घट्न पुगेको थियो । आधा घण्टाको लागि बन्द भएर पुनः खुलेको बजार ८० अंकले घट्यो र फेरि बिस्तारै रिकभर हुन थाल्यो । त्यसपछि बजार ५२ अंकले रिकभर भयो। १५७८ अंकसम्म झरेको बजार १६३० अंकसम्म पुग्यो। त्यसपछि बजार फेरि ३१ अंकले घट्यो ...
  • आधा घण्टाको लागि सर्किट ब्रेक लागेपछि खुलेको बजारमा अब के होला ? Nov 20, 2016 Arthatantrashare risk
    काठमाण्डौं । नेपालको सेयर बजारमा आईतबार कारोबारको डेढ घण्टामै समग्र बजार चार प्रतिशत अर्थात ६६.४३ अंकको गिरावट आएपछि सर्किट ब्रेक लागेर आघा घण्टाका लागि बन्द भएको छ ।  आज नेप्से १५९१.६५ मा ओर्लिएको छ । डेढ घण्टाको बीचमा कारोबार रकम जम्मा ४७ करोड भएको छ । अपरान्ह १ः०७ बजे बजार खुलेपछि घट्ने क्रम थामिएन र पाँच प्रतिशतले बजार घट्यो भने आजका ...
  • कतै तपाईको हातबाट १० लाख ५६ हजार कित्ता हकप्रद सेयर त छुटेन ? Nov 20, 2016 ArthatantraShare
    काठमाण्डौं । पूँजी वृद्धिका लागि मितेरी डेभलपमेण्ट बैंकले जारी गरेको ५० प्रतिशत हकप्रद सेयरको बिक्रीको आज अन्तिम दिन रहेकोछ ।  बैंकका सेयरधनीले उक्त हकप्रद पाउनका लागि आज बैकिङ् समयभित्रमा आवेदन गरिसक्नु पर्नेछ । ३० प्रतिशत बोनस प्रस्ताव गरेको मितेरी डेभलपमेण्ट बैंकले १० लाख ५६ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । गत असोज ५ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र ...