Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • थाहा छ तपाईलाई आज सामान्य बढेको सुन अझै घट्न सक्छ ! Nov 16, 2016 ArthatantraGold
    काठमाण्डौं । आज बुधवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । आज सुन तोलाको १ सयले बढी ५५ हजार ६ सयमा कारोवार भएको छ । मंगलवार सुन प्रतितोला ५५ हजार ५ सयमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएपछि नेपालमा पनि त्यसको असर देखा परिरहेकोछ । आज बुधवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी ...
  • लोकमान सिंह कार्कीको सर्वाेच्चलाई जवाफः मेरो घरमा म्याद तामेली गर्न कि… Nov 15, 2016 Arthatantra??????????????????????????????????????????????????????????
    काठमाडौ। सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की आफैं उपस्थित भएर आज लिखित जवाफ पेस गरेका छन् । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पु¥याएकामा कारबाही गर्न नपर्ने भए एक हप्ताभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न कार्कीविरुद्ध आदेश दिएको थियो । सोही आदेशअनुरुप निलम्बित आयुक्त कार्कीले लिखित जवाफ पेस गरेका हुन् । कार्कीको लिखित जवाफमा विपक्षीले मनसाय झुटो ...
  • फेरि घट्यो सेयर सूचक, कारोबार भने २ करोडले बढ्यो ! Nov 15, 2016 Arthatantranepse
    काठमाण्डौं । साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक आज तेस्रो दिन मंगलबार भने ४.३७ अंकले घटेको छ। हिजोको तुलनामा दुई करोड रुपैयाँले कारोबार रकम बढे पनि परिसूचक ओरालो लागेको हो। साताको तेस्रो दिन १३९ कम्पनीको ८० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आज मंगलबार पनि धेरै कारोबार हुने कम्पनीको सूचीमा एभरेष्ट बैंक रह्यो । साताको तेस्रो दिन ३०२ ...
  • नेपाल बैंक नाफा १ अर्ब १६ करोड, प्रति सेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा … Nov 15, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । बैंक नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा कायम गरेको छ । बाणिज्य बैंकहरुमा प्रति सेयर आम्दानीको हिसाबले एभरेष्ट बैंकपछि नेपाल बैंक दोस्रो भएको छ । नेपाल बैंकले यस बर्षको पहिलो त्रैमासमा ब्याज आम्दानीमा झण्डै ७० र संचालन मुनाफामा २६२ प्रतिशतले बढोत्तरी गरेको छ । ...
  • कुमारी बैंकको त्रैमासकै नाफा १३ करोड ७४ लाख, दिने भो ५० प्रतिशत हकप्रद… Nov 15, 2016 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मा १३ करोड ७४ लाख रुपैंयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा तीन गुणा बढी हो । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा बैंकले ४ करोड ८६ लाख खुद नाफा कमाएको थियो । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ...
  • रौतहटमा गोली चल्यो एकको मृत्यु Nov 14, 2016 Arthatantragunfire_
    रौतहट। रौतहटको देवाही गाविसमा सोमबार बिहान हतियारधारी समूह र प्रहरीबीच भिडन्त हुँदा एक हतियारधारीको मृत्यु भएको छ । हतियारधारीको गोली लागी एक प्रहरी जवानसमेत गम्भीर घाइते भएका छन् । देवाही गाविस–८ स्थित लालबकैया नदी नजिक रहेको तटबन्ध हुँदै ठूलो मात्रामा हतियार भित्र्याइन लागेको सूचनाका आधारमा मध्य क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोली ...
  • संसद, सडक, सामाजिक संजालदेखि चिया पसलसम्म किन भईरहेको छ गगनको राजीनाम… Nov 14, 2016 ArthatantraGagan Thapa
    काठमाडौ। कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचारका लागि ५० लाख  दिने निर्णयले यतिबेला प्रचण्ड नेतृत्वको सरकारको चर्काे आलोचना भईरहेको छ । जतासुकै मानिसहरु ५० लाखको विरोधमा उत्रिएका छन् । चिया पसल, सडक ,सामाजिक सञ्जालका भितासम्म ५० लाखको विरोधमा तर्क वितर्क भईरहेको छ । आइतबार मन्त्रिपरिषदको बैठकले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचारको लागि ५० लाख रुपैयाँ सम्म दिने निर्णय गरेपछि शुरु भएको यो ...
  • किन्ने हैन त ? आजैबाट खुल्यो विकास बैंकको सेयर कारोबार ! Nov 14, 2016 Arthatantrashare queue
    काठमाण्डौं । शुभेच्छा विकास बैंकलाई गाभेको गरिमा विकास बैंकको आज सोमबारबाट सेयर बजारमा कारोबार खुलेको छ । गरिमाको जिबिबिएल टे«ड्रिङ कोडमा कारोबार हुने नेप्सेले जनाएको छ । भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा बैंकले मर्जर सकेर गत असोज ४ गतेदेखि एकिकृत कारोबार थालेका थिए । यी दुई बैंक गाभिाएपछि बनेको गरिमा विकास बैंकको चुक्तापूँजी एक ...
  • जलविद्युत आयोजनामा अब स्थानीयलाई लगानीको अवसर, १० प्रतिशत सेयर पाउने ! Nov 14, 2016 Arthatantrahydrodam
    काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय गरेको हो । प्राधिकरणले स्थानीयलाई पनि लगानीको अवसर दिने गरी आयोजनालाई अगाडि बढाउने तयारी गरेको हो । प्राधिकरणले आयोजनाका लागि ...
  • सुदूरमा नुनको अभाव र मूल्यवृद्धि भएको भन्ने खबर निराधारः साल्टट्रेडिङ … Nov 13, 2016 Arthatantrasalt
    धनगढी। सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्टटे«डिङ कर्पोरेशनले जनाएको छ । कार्पोरेशनको क्षेत्रीय कार्यालयका प्रमुख तथा सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले सुदूरपश्चिममा रहेका कर्पोरेसनका डिपो र बिक्री केन्द्रमा सात महिनाको मागलाई धान्ने परिमाणको एक लाख क्वीन्टल नुन मौज्दात रहेको र मूल्य पनि वृद्धि नभएको जानकारी दिएका छन् । सुदूरपश्चिममा वार्षिक १६ हजार मेट्रिक टन आयोडिनयुक्त नुन खपत ...