Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017
अन्य
  • पटका पड्काउँदा आगलागी,लाखौंको क्षति Nov 2, 2016 Arthatantraaaglagi_
    सप्तरी। सप्तरीको छुट्टाछुट्टै ठाउँमा मङ्गलबार आगलागी हुँदा रु पाँच लाख मुल्य बरावरको क्षति भएको छ । जिल्लाको विषहरिया–७ मा पटाका पड्काउने क्रममा आगलागी हुँदा स्थानीयवासी हरिनारायण यादवको दुईवटा घर जलेर नष्ट भएको छ । यस्तै सप्तरीको पोर्ताहा–४ का असर्फी लोहटिया यादवको गाईगोठमा बालेको घुरबाट अचानक आगलागी हुँदा निजको गाईगोठ र पूजा घर पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । त्यस्तै ...
  • बाटो डिष्टर्ब,यसरी गरियो भारतीय राष्ट्रपति भ्रमण सवारी पूर्वाभ्यास Nov 1, 2016 Arthatantrasawari
    काठमाडौ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीद्धारा कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पुर्व अभ्यास तिहारको भाईटिकाको दिन आज गरिएको छ । आजको सवारी पुर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो । नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पुर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आएको थियो । राष्ट्रिय सभागृहबाट लैनचौरस्थित ...
  • इटहरीमा गोली चल्यो, दुई घाइते ! Nov 1, 2016 Arthatantragunfire_
    इटहरी। इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा आज बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन् । हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल घाइते भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् । घाइते दुवैको ...
  • लक्ष्मिपूजाका लागि बालिएको दियोले पर्सामा आगलागी हुँदा लाखौंको क्षति ! Oct 31, 2016 Arthatantraaaglagi_
    पर्सा । पर्साको विभिन्न तीन ठाउँमा आज बिहान आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट पर्साको हपुर गाविसमा र विद्युत्को तार सर्ट भई वीरगन्ज उपमहानगरपालिकाको दुई स्थानमा आगलागी भएको हो । तीनै स्थानमा भएको आगलागीमा परि  ६२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगन्जको उपमहानगरपालिका–१३ आदर्शनगर स्थित टायर गोदाममा विद्युत्को ...
  • ए सरकार ! तिहारमा देउसी खेल्ने कि जनताले चामल पोको पार्दै हिंड्ने ? Oct 30, 2016 ArthatantraRice
    डोल्पा । तिहारमा सम्पन्न शहरतिर देउसी भैलो खेलेर चामल संकलन भईरहँदा डोल्पालीले भने सहुलियतको चामल नपाउँदा चिन्तामा तिहार कटाउनु परेको छ । खाद्य संस्थानले तिहारका लागि पनि चामल उपलब्ध नगराएपछि डोल्पालीलाई खाद्यान्नको चटारोले चिन्तित बनाएको हो । उनीहरुले दसैँदेखि नै सहुलियतको चामल पाएका छैनन् । खाद्य संस्थान शाखा कार्यालयले ठेकेदारको लापरबाहीका कारण ढुवानीमा ढिलाई भएको बताउँदै चामल उपलब्ध नगराएपछि डोल्पाली महँगो मूल्य ...
  • तिहारको बिदाका दिन पनि अनिवार्य रुपमा बैंक खुल्ने ! Oct 30, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । सरकारी राजश्व वुझ्ने बैंकहरु तिहारको विदाका दिन पनि खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै तिहारमा पनि भन्सार कार्यालयहरु खुला रहने भएकाले त्यो बेला पनि बैकका शाखा तथा काउन्टर खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंकले भन्सार कार्यालयहरुमा राजश्व संकलन प्रयोजनले खुलेका बैंकका शाखाहरु खोल्नु पर्ने व्यवस्था गरेको हो । ती शाखाहरु तिहारको भाइटिकाका ...
  • होस् गर्नुहोस्, भारतीयले यसरी लुट्छन् सोझा नेपालीलाई ! Oct 30, 2016 Arthatantramoney
    काठमाडौ। रोजगारीका लागि भारत गएका नेपाली कामदार घर र्फकने क्रममा लुटिने घटनाले यस वर्ष पनि निरन्तरता पाएको छ । पछिल्लो घटना दाङको पुरन्धाराका लोकबहादुर घर्तीसहित चार जना भारतीय भूमिमा लुटिएका छन् ।  सिमलाबाट घर फर्किने क्रममा घर्तीलाई हरिद्वारमा अपरिचित व्यक्तिले लुटेका हुन् । बिँडी खुवाई बेहोस बनाएर ११ हजार भारतीय रुपैयाँ र मोबाइल लुटेको घर्तीले बताएका छ । नेपाल प्रहरीले नाकामा विशेष निगरानी ...
  • जसका लागि कुकुर नै छोराछोरी ! हेर्नुहोस भिडियो Oct 29, 2016 ArthatantraIMG_0006
    काठमाडौँ । सिर्जना ठकुरी ३ सय ६५ दिन नै कुकुर तिहार मनाउँछिन् । सानैदेखि कुकुर पाल्ने शोख बोकेकी उनले भिमसेनगोलास्थीत एक घरमा अहिले २० वटा कुकुर पालेकी छिन् । एउटा सिङ्गो घरमा नै उनले कुकुर पालेकी छिन् । कुनै घाइते छन् त कुनै अपाङ्ग छन् । सडकमा बेवारीसे रहेका कुकुरहरुलाई उनले साथ दिँदै आएकी छिन् । सडकमा दुख पाएर बसेको ...
  • भारतीयलाई छिर्न नदिने गरि नेपालले झापामा लगायो सौर्य तारबार ! Oct 29, 2016 ArthatantraSolar wire
    झापा। भारतबाट आउने जङ्गली हात्तीको प्रवेश रोक्न उत्तरी झापामा १८ किलोमिटर लामो सौर्य विद्युतीय तारबार लगाइएको छ । उक्त सौर्य तारबारको वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा रु एक करोड २० लाखको लागतमा बाहुनडाँगी गाविसको पूर्वी भागमा मेची नदी नजिक सौर्य विद्युतीय तारबार निर्माण गरिएको हो । विसं २०७१ माघ २३ गते तत्कालीन वन तथा ...
  • दुर्घटनामा ३ को मृत्यु Oct 29, 2016 Arthatantra
    धनकुटा । गए राति  छिन्ताङ–८ स्थित सिम्लेडाँडामा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको को१ज २७२२ नंको पिकअप ब्रेक फेल भएर सडकबाट करिब ७० मि तल खस्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी भोजपुरको घोडेटारस्थित सगरमाथा माविका सहायक प्रअ पृथ्वीमान राई र धरान–१ सिखरटोलकी ...