Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
अन्य
  • प्राइम बैंकले ३ महिनामै कमायो २५ करोड १० लाख, बढायो १४ प्रतिशतले नाफा … Oct 26, 2016 Arthatantraprime-bank
    काठमाण्डौं । प्राइम कमर्सियल बैंकको नाफा करिव १४ प्रतिशतले बढेको छ। बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा नाफा २५ करोड १० लाख रुपैयाँ गरेको हो। बैंकले एक बर्षको अवधिमा कर्जा लगानी १० अर्ब रुपैयाँले बढाउँदै खुद ब्या आम्दानी ३८ करोड रुपैयाँ गरेको छ। यो करिव आठ करोड रुपैयाँको बृद्धि हो। बैंकको कर्मचारी खर्च भने बढेको छ। बैंकले अघिल्लो बर्ष ४ ...
  • आजसम्म नेपालका वन श्रमिकल… Oct 25, 2016 ArthatantraBwi (1)
    काठमाडौ । ʽहरियो वन नेपालको धनʼ भनेर भनिएपनि यस क्षेत्रका श्रमिकका बारेमा आजसम्म नेपालको कानुनले एक शब्द नबोलेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । बिडब्लुआई सम्बद्ध समिति नेपालले मंगलबार काठमाडौमा आयोजना गरेको प्रवासी नेपाली श्रमिक सम्बन्धी समसामयिक कानुनी सवालहरु र वन श्रमिक सम्बन्धी बिद्यमान अवस्था र सुधारका पक्षहरु विषायक अन्तक्रियामा वन मन्त्रालयका पूर्व सहसचिव एवं वनविज्ञ कृष्णप्रसाद पोखरेलले नेपालका वनमा ...
  • निरन्तर घट्दैछ सेयर बजार, … Oct 25, 2016 Arthatantrashare
    काठमाण्डौँ ।  सेयर बजार  आज मंगलबार पनि दोहोरो अंकले घटेको छ। आज तीन दिनमै सबैभन्दा बढी नेप्से परिसूचक १७.८९ अंकले घटेर १७५१ अंकमा झरेको हो । बजार घट्दै गएपछि कारोबार रकम समेत घट्न पुगेको छ । आज बजारमा १२७ कम्पनीको सात लाख ६४ हजार कित्ता सेयर किनेबेच भएको छ। बजारमा जम्मा ७१ करोड ३२ लाख रुपैयाँको मात्र सेयर खरिद बिक्री भएको ...
  • कतै तपाईले १५० प्रतिशत हकप… Oct 25, 2016 Arthatantrashare rich
    काठमाण्डौं । कैलालीको टीकापुरमा मुख्य कार्यालय रहेको सेती फाईनान्सले एक सेयर बराबर नयाँ एक दशमलव ५ अर्थात १५० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । फाईनान्सको कार्तिक १० गते सेयरधनी दर्ता किताब बन्द हुने भएकाले कार्तिक ९ गतेसम्म सेयर किन्नेले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । फाइनान्सले एक सय रुपैयाँ अंकितदरका ९ लाख ५१ हजार ७८६ कित्ता हकप्रदसेयर बिक्री गर्दै छ ...
  • आज पनि घट्यो सेयर सूचक, यस्… Oct 24, 2016 Arthatantrashare market Nepal NEPSE
    काठमाण्डौं । सोमबार पनि सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ र वित्त बाहेक कारोबारमा आएका अन्य सबै समूहमा आएको गिरावटले बजार ओरालो लागेको हो । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से बन्द हुने समयसम्म आईपुग्दा १३.५० अंकले झरेर १७६८.८९ अंकमा अड्एिको छ । वाणिज्य बैंक समुह नै १८ अंकले झरेपछि बजारमा उच्च गिरावट ...
  • मेलम्चीको पानी आगामि वर्ष… Oct 24, 2016 Arthatantramelamchi-project
    काठमाडौ। व्यवस्थापिका—संसद्अन्तर्गत विकास समितिले रातिमा समेत काम गर्ने व्यवस्था मिलाएर विसं २०७४ असोज मसान्तभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउन खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकमा सभापति रवीन्द्र अधिकारीले तालिका बनाएर सुरुङ निर्माणको कामलाई व्यवस्थित गर्ने व्यवस्था मिलाउन मन्त्रालयका सचिव र मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिनुभयो । उनले भने, “सन् २००७ मा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी ...
  • किन पुगे मन्त्री धितोपत्र … Oct 24, 2016 Arthatantradhitopatra board
    काठमाण्डौं । अर्थ सचिव सहित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेपाल धितोपत्र बोर्डको निरिक्षण गरेका छन् । हिजो आइतबार बोर्ड पुगेका अर्थमन्त्री महराले जुनसुकै राजनैतिक व्यवस्थामा पुँजीबजार विना अर्थतन्त्रको विकास हुन नसक्ने भन्दै धितोपत्र बजारलाई आफ्नो क्षमता विकास गर्दै लगानीकर्ताको विश्वास बढाउने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्री महराले वर्तमान नेतृत्व बोर्डको संस्थागत क्षमता तथा प्रभावकारिता बढाउन सकारात्मक रहेको बताउदै ...
  • सानिमाको वित्तिय विवरण सा… Oct 24, 2016 Arthatantra-sanima-bank
    काठमाण्डौं ।  सानिमा बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा २७ करोड पाँच लाख रुपैयाँ गरेको छ। बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण अनुसार अघिल्लो बर्षको यसै अवधिको तुलनामा यसपाली नाफा साढे ५३ प्रतिशतले बढेको हो। बैंकले १४ अर्ब रुपैयाँ ऋण वढाएर खुद ब्याज आम्दानी २१ करोड रुपैयाँले बढाएपछि नाफामा उल्लेख्य सुधार आएको हो। बैंकको कुल कर्जा ...
  • आखिर सरकारले किन जलायो तीन… Oct 24, 2016 Arthatantraaago
    काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकले गत शुक्रबारसम्म विभिन्न चलनचल्तीका तीन खर्ब ३६ अर्ब ९३ करोड मूल्य बराबरका नोट जलाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकका उपत्यका बाहिरका कार्यालयबाट विभिन्न समयमा संकलन गरिएका नोट जलाइएको हो । राष्ट्र बैंकले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने थोत्रा, च्यातिएका, जलेका र उपयोग गर्न नमिल्ने नोट जलाउने गरेको छ । बढी नोट चलचल्ती हुने ठाउँमा ...
  • सेयर बजारमा आज सूचक घट्यो … Oct 23, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताको सुरुवातमा आज फेरि सेयर बजार दोहोरो अंकले झरेको छ। बजार १२ अंक तल ओर्लिएर १७८२ अंकमा आइपुगेको छ । सूचक घटे पनि दुई कम्पनी  भने चम्किएका छन् । होटल र विकास बैंक क्रमशः करिव १६ र ८ अंकले बढेका छन् । बजार झरे पनि रिलायवल माइक्रोफाइनान्स र कामना विकास बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ।  आज ...