Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको विमान दुर्घटना Sep 13, 2016 Arthatantranepal airlines
    काठमाडौं । भारत भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको हो । तर, विमानमा रहेका यात्रुहरु भने सुरक्षित छन् । आर ए २०६ विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलले जनाएको छ । प्रकाशितः २०७३ भदौ २८
  • यातायात व्यवस्था ऐन परिवर्तन : अब लाइसेन्स लिन लिखित परीक्षा दिनु नपर्… Sep 13, 2016 Arthatantravehicle license Nepal
    काठमाण्डौं । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा महत्त्वपूर्ण संशोधनको प्रस्ताव गरेको छ जसअनुसार अब लाइसेन्सको म्याद सकिएमा पुनः लाइसेन्स लिनका लागि लिखित परीक्षा दिनु नपर्ने भएकोछ । यही आइतबार संसदमा पठाइएको मस्यौदा निम्न महत्त्वपूर्ण व्यवस्थाहरु राखिएकोछ । लाइसेन्स (सवारी चालक अनुमति पत्र) अब दुई किसिमका हुनेछन्( व्यवसायिक र गैरव्यवसायिक। पेशाका रुपमा कार्य गर्ने गरी व्यवसायिक लाइसेन्स ...
  • कृषि विकास मन्त्रालय भन्छ, भारी वर्षाले जोगियो देशकै १४ अर्ब रुपैयाँ ! Sep 13, 2016 ArthatantraRice plant
    काठमाण्डौं । कृषि विकास मन्त्रालयले यस वर्ष देशभर ९७ प्रतिशत धानखेती भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार गत वर्ष ८७ प्रतिशत मात्र खेती भएकामा यस वर्ष १० प्रतिशतले खेती वृद्धि भएको हो । धानखेती वृद्धि भएका कारण यस वर्ष उत्पदानमा समेत वृद्धि हुनेछ । गत वर्ष करिब ४३ लाख मेट्रिक टन फलेकामा यस वर्ष ५० लाख मेट्रिक टन ...
  • सवारी चलाउँदा फोनमा कुरा गर्नुहुन्छ ? ६ महिना लाइसेन्स निलम्बन होला ! Sep 12, 2016 Arthatantra
    काठमाडौं । सरकारले फोनमा कुरा गर्दै सवारी चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने प्रवधानसहितको नयाँ नियम ल्याउने भएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन संशोधनका लागि तयार पारेको मस्यौदामा सवारी चलाउँदा फोनमा कुरा गरेको पाइएमा ६ महिनासम्म लाइसेन्स निलम्बन गर्ने प्रस्ताव गरिएको छ । लाइसेन्स निलम्बनको अवधिमा सवारी चलाउन अनुमति हुनेछैन । निलम्बनको अवस्थामा सवारी चलाएमा लाइसेन्स नभएको ...
  • मोबाइल एक्स्पोमा अफरैअफरः एउटा स्मार्टफोन किन्दा अर्को मोबाइल सित्तैमा… Sep 12, 2016 Arthatantramobile-logo...
    काठमाण्डौं । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको ललितपुर मोबाइल कम्प्लेक्समा जारी मोबाईल एक्स्पोमा एउटा स्मार्टफोन किन्दा अर्को मोबाइल सित्तैमा दिने अफर सार्वजनिक गरिएको छ। कम्पनीले मोबाइल एक्स्पोको अवधिभर विभिन्न ब्राण्डका प्रिमियम स्मार्टफोनहरुको खरिदमा मोबाइल फोन सित्तैमा दिने अफर ल्याएको हो । यो अफरअन्तर्गत हुवावे पी ८ लाइट, हुवाव अनर फोर एक्स, हुवाव जी सेभेन प्लस, लाभा एक्स एट, सामसुंग ...
  • माइक्रोफाइनान्सले दिने भयो ४५ प्रतिशत बोनस सेयर Sep 11, 2016 ArthatantraBonus-share
    काठमाडौं । समिट माइक्रोफाइनान्स विकास बैंकले आफ्ना लगानीकर्तालाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले ४५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी दिएको छ । प्रकाशितः २०७३ भदौ २६
  • ६ सयका लागि जागिर खुल्यो, १५ दिनभित्र आवेदन दिनुपर्ने Sep 10, 2016 Arthatantrajob 1
    काठमाडौं । नेपालभर संचालन हुने आयोजनाका लागि भन्दै सहरी विकास तथा भवन निर्माण विभागले ६ सय जनाको आवेदन माग गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागले ईन्जिनियर, सब–ईन्जिनयर र असिस्टेन्ट सब–ईन्जिनियर गरि ६ सय जनाका लागि जागीर खोलेको हो । विभागले शनिबार सूचना प्रकाशित गरेर जागिर खुलेको जनाएको हो। विभागले करारमा ईन्जिनियर, सब–ईन्जिनयर र असिस्टेन्ट सब–ईन्जिनियर गरेर कुल ५८४ ...
  • त्रिबेणी विकास बैंकले १९ प्रतिशत बोनश शेयर दिने ! Sep 8, 2016 Arthatantra
    काठमाडौं । त्रिबेणी विकास बैंक लिमिटेडले आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने भएको छ । गत बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ । प्रकाशितः २०७३ भदौ २३
  • नबिलको एक अर्बको सामुहिक लगानी कोषको ईकाई सर्वसाधारणमा बिक्री गर्ने Sep 8, 2016 ArthatantraNabil Bank
    काठमाण्डौं । नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले एक अर्बको सामुहिक लगानी कोषको ईकाई सर्बसाधारणमा बिक्री गर्ने भएको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल ईक्विटी फण्डको १० करोड ईकाई असोज २ गतेदेखि बिक्रीमा आउने भएको हो । प्रति ईकाई १० रुपैयाँ मूल्यका ईकाईहरु सर्बसाधारणमा जारी गर्ने प्रयोजनका लागि कम्पनीले आब्हान पत्र प्रकाशित गरेको छ । कसरी दिने त आवेदन ? १० करोड ईकाई ...
  • सानिमा बैंकले १५ प्रतिशत बोनस सेयर दिने Sep 7, 2016 Arthatantra-sanima-bank
    काठमाण्डौं । सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ ...