Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • जागिरको खोजिमा हुनुहुन्छ, सिद्धार्थ क्यापिटलमा आवेदन दिनुहोस् ! Aug 5, 2016 Arthatantravacancy
    काठमाण्डौं । सिद्धार्थ क्यापिटल लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले एक जना प्रशिक्षार्थी व्यवस्थापक, एक जना एसिस्टेन्ट र एक जना विजनेस डेभलपमेन्ट एसिस्टेन्ट माग गरेको हो । तीन वटै पदका लागि स्नातकोत्तर उतीर्ण गरेको हुनुपर्ने बताइएको छ । साथै अंग्रेजी र नेपाली भाषा लेखन र मौखिकमा पोख्त, कप्युटरसम्बन्धि ज्ञान भएको, अन्तरव्यक्तिगत सञ्चारमा दक्ष, सकारात्मक सोच र पुँजी बजारसम्बन्धि ज्ञान भएकाले ...
  • स्ववियु निर्वाचन गर्नका लागि अखिल पाँचौंले त्रिविलाई दबाब दिने Aug 4, 2016 Arthatantrastudent union congress
    भक्तपुर । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौं) ले त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते घोषणा गरेको मितिमा नै स्ववियु निर्वाचन गर्नका लागि त्रिभुवन विश्वविद्यालयलाई दबाब दिने भएको छ । बिहिवार भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा युनियनले निर्धारित ८ वर्षदेखि हुन नसकेका स्ववियु निर्वाचन अब रोकिन नहुनेमा जोड दिएको हो । कार्यक्रममा अनेरास्ववियु पाँचौका अध्यक्ष घनश्याम मिश्रले गत वैशाखमा ...
  • यस वर्ष ७ लाख मेट्रिक टन धान बढी उत्पादन हुने ! Aug 4, 2016 ArthatantraRice plant
    काठमाण्डौं । मध्य साउन अर्थात १७ गतेसम्म देशभर ९२ प्रतिशत रोपाइँ सकिएको कृषि विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, कुल १४ लाख २५ हजार ३ सय ४६ हेक्टर रोपाइँयोग्य भूमीमध्ये अहिलेसम्म १३ लाख हेक्टर भन्दा बढी भूमिमा रोपाइँ भइसकेको छ। सबैभन्दा बढी सुदुरपश्चिमाञ्चलमा ९९ दशमलव ५ प्रतिशत रोपाइँ भइसकेको छ। मन्त्रालयकै तथ्याङ्क अनुसार यो विकास क्षेत्रमा १ लाख ७० हजार १ ...
  • गहना बनाउँदै हुनुहुन्छ ? आज घट्यो सुन ! Aug 4, 2016 Arthatantragold-
    काठमाण्डौं । आज बिहिबार सुन ३ सय रुपियाँले घटेर प्रतितोला ५९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यो मूल्य ५९ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै चाँदी १५ रुपैयाँले घटेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि यो मूल्य ९ सय २० रुपैयाँ थियो।  प्रकाशितः २०७३ साउन २०
  • बैंकको जागिर खाने हो ? मेगाले माग्यो ७७ जना ! Aug 3, 2016 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंक नेपालले ७७ जनाका लागि जागिर खुलाएको छ । बैंकले बुधबार सार्वजनिक सूचनामार्फत जागिरका लागि आवेदन मागेको छ । बैंकले २ जना व्यवस्थापक, २९ जना अधिकृत र ४६ जना सहायक स्तरका लागि आवेदन खुल्ला गरेको छ । इच्छुकले भदौं १ गतेसम्ममा आवेदन पेश गरिसक्नुपर्ने छ । एक जना मेगा माइक्रो बैंकिङ मेनेजर र एक जना भैरहवा शाखाको लागि शाखा ...
  • केही दिनदेखि स्थिर सुनको भाउ आज आकासियो ! Aug 3, 2016 ArthatantraGold
    काठमाडौं । केही दिनदेखि स्थिर रहेको सुनको मूल्य आज बुधबार बढेको छ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य बढेर प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बजारमा चाँदीको भाउ पनि बढेको छ । आज बुधबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । ...
  • अब सेयर खरिदमा बैंक तथा वित्तीय संस्थाले ऋण दिन नपाउने ! Aug 3, 2016 ArthatantraLoan
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै एफपिओ ऋणमा कडाइ गरेको छ । यस निर्देशन अनुसार फरदर पब्लिक अफरिङ (एफपिओ) को सेयर खरीद गर्न बैंक तथा वित्तीय संस्थाले ऋण दिन नपाउने भएका छन् । यसअघि साधारण सेयर खरीद गर्न ऋण दिन नपाइने ब्यवस्था थियो । साधारण सेयरमा मात्र यस्तो कडाइ गरेको नेपाल बैंकले अहिले एफपिओमा पनि यस्तो निर्देशन दिएको ...
  • सीडीएस एण्ड क्लियरिङले माग्यो ७ जना कर्मचारी Aug 2, 2016 Arthatantravacancy
    काठमाण्डौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड कम्पनीले २ जना आईटी इन्जिनियर र ५ जना बरिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताबाट करारमा सो पदपूर्ति गरिने बताइएको छ । आईटी इन्जिनियरका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विज्ञान, इलेक्ट्रोनिक्स वा कम्प्युटर इन्जिनियरिङमा स्नातक तह उतीर्ण गरेको हुनुपर्नेछ भने वरिष्ठ सहायकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा वाणिज्यशास्त्र, ...
  • भोली देशले नयाँ प्रधानमन्त्री पाउने, निर्वाचनमा एमालेलाई क–कसको साथ ! Aug 2, 2016 Arthatantra
    काठमाडौं । व्यवस्थापिका–संसद्को कुनै सदस्यले आफूलाई नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वा्चित गरियोस् भनी मंगलबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाउने गरी कार्यतालिका तोकिएको छ । उम्मेदवारले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गराउनुपर्ने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ । एमालेले प्रधानमन्त्री निर्वाचनमा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई ...
  • दुई करोडमा निस्कदैछ फोहोरबाट बायोग्यास, केही दिनमै सुरु हुने ! Aug 1, 2016 Arthatantrabio gas plant
    काठमाण्डौं । जैविक फोहरको व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सुरु गर्न लागेको बायोग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । भारतबाट ल्याउन लागिएको बायोग्यास उत्पादन गर्ने प्रविधि आइपुगेको केही दिनमा बायोग्यास निकाल्न सुरु गरिने महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । मुलुकलाई आगामी दुई वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाउने योजनाअनुरुप महानगरपालिकाले यस्तो कार्यक्रम अघि सार्न लागेको तामाङको भनाइ छ । युरोपेली ...