Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017
उद्योग / वाणिज्य
  • सेयरधनीलाई २ कम्पनीको क्रमशः१६०% र ६०% हकप्रदको अवसर ! Nov 15, 2017 ArthatantraShare rights
    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्स कम्पनिले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । प्राइम लाईफले १६० प्रतिशत र नेसनल लाईफले ६० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेका हुन् । दुवै कम्पनीले कार्तिक २७ गते बोर्डसँग अनुमति मागेका हुन् । प्राइम लाईफले १ः१.६० अनुपातमा ६१ लाख २ हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति ...
  • नेपालबाट अवैध रुपमा डिजेल भारत निकासी Nov 14, 2017 Arthatantradiseal
    कपिलवस्तु ।भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ । तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । भारतीय आयल निगमले सेप्टेम्बरदेखि उत्तर प्रदेशमा डिजेलको मूल्य प्रतिलिटर ६० रुपैयाँ भारु (रु ९६ नेपाली) कायम गरेको थियो । नेपाली बजारमा अहिले डिजेल प्रतिलिटर रु ७४ मा कायम गरिएको छ ...
  • काठमाडौमा मेट्रो रेल सञ्चालन गरिने Nov 13, 2017 Arthatantramono-rail
    काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनकाअनुसार उपत्यकामा सञ्चालन गर्ने दुई मार्गमध्ये एउटा रेल ...
  • श्रमिकका लागि उपदान कोष Nov 12, 2017 Arthatantraforeign worker
    काठमाडौँ । बिहानदेखि बेलुकीसम्म खटेर काम गर्दा पनि बुढेसकालमा खाली हात घर फर्कनुपर्ने बाध्यता भएका श्रमिकको हितका लागि सामाजिक सुरक्षा कोषले पेन्सन वा उपदान, दुर्घटना बीमा, औषधि उपचार तथा प्रसूति महिलालाई आर्थिक सहयोगजस्ता कार्यक्रम शुरु गरेको छ । गएको साउनमा राष्ट्रपतिबाट योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ प्रमाणीकरणपछि कोषलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बाटो खुलेको हो । यसले रोजगारमा ...
  • सोमबारदेखि यातायातमा जोर विजोर नियम लागू गरिने तर महिला चालकलाई भने छु… Nov 10, 2017 Arthatantravehicle and key
    नयाँ दिल्ली, भारत । नयाँ दिल्लीमा देखिएको वातावरण प्रदुषण नियन्त्रण प्रयासस्वरुप आगामी सोमबारदेखि पाँचदिनका लागि जोर विजोर नियम अनुसार यातायातका साधन चलाइने भएको दिल्ली राज्य सरकारले बिहीबार जनाएको छ । यो नियम महिलाले चलाउने गाडी तथा दुई पाङ्ग्रे यातायातका सवारी साधनमा भने लागू नगरिने बताइएको छ ।“जोर विजोर नियम लागू भएपछि भारतीय राजधानी नयाँ दिल्लीमा विहान ८ बजेदेखि वेलुका ८ वजेसम्म ...
  • दुई ठूला बैंकले दिंदैछन् बोनस सेयर र नगद लाभाँश,बुक क्लोजको यो मिति जा… Nov 10, 2017 ArthatantraBonus bonus
    काठमाडौ । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंक सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । उक्त प्रयोजनका लागि मंसिर ११ गतेदेखि मंसिर २८ सम्म बुक क्लोज हुँदैछ । बैंकको साधारण सभा आगामि ...
  • सिन्धुपाल्चोक र काभ्रेमा जिएसएम मोबाइल सञ्चालन Nov 9, 2017 ArthatantraNTC-Logo
    काठमाडौ । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्नसक्ने भएका छन् । यसबाट सो क्षेत्रका करिब तीन हजार सेवाग्राहीले सेवा प्राप्त गर्ने टेलिकमले जनाएको छ । टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाअन्तर्गत वाफलमा जिएसएम मोबाइलको ...
  • उद्योगीहरु तनावमा:कारण चन्दा आतंक Nov 8, 2017 Arthatantranepali-currency money nepali rupees
    पथरी, मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन् । राजनीतिक दलहरुले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन् । एक नम्बर प्रदेश उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश राठीका अनुसार आर्थिक सहयोगका लागि विभिन्न दलहरुले उद्योगीलाई फोन गरेरै चन्दा माग्ने गरेका छन् । उनले भने, “धेरै दलहरुले चन्दा मागेका छन् कसलाई ...
  • नेप्सेमा ३ करोड ३७ लाख कित्ता सेयर सूचिकृत ! Nov 7, 2017 ArthatantraShare Listed
    काठमाडौ। मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा तीन करोड ३७ लाख ४ हजार ५७३.७६ कित्ता सेयर सूचिकृत भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर गरी उक्त मात्राको सेयर सूचिकृत भएको हो । बजारमा ४ कम्पनीको हकप्रद सेयर र एक कम्पनीको बोनस सेयर गरी जम्मा ५ वटा कम्पनीको सेयर सूचिकृत भएका छन् । ती मध्ये रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था, ...
  • बैंकको ५०% हकप्रद खुल्यो,कहाँ–कहाँबाट आवेदन दिने ? Nov 6, 2017 Arthatantraright issue share
    काठमाडौ । माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। माउण्ट मकालु डेभलपमेन्ट बैंकले प्रति साधारण शेयर एक सय रुपैयाँको दरमा तीन लाख ४५ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकले कात्तिक १६ गतेसम्म कायम भएका शेयरधनीहरुका लागि दुर्इ बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। बैंकको हकप्रद आवेदनका लागि मंसिर ७ देखि पुष १२ ...