Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • काठमाडौमा फोहरबाट ग्यास निकाल्न सुरु,चौध किलोवाट बिजुली उत्पादन Jun 27, 2017 Arthatantragas from wast material
    काठमाडौ। काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ । यहाँ आयोजित कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरुपमा फोहर व्यवस्थापन गर्न सके यहाँको धेरै समस्या समाधान ...
  • भदौंबाट डिम्याट खाता दुई वटामा सिमित,नयाँ व्यवस्था यस्तो छ हेर्नुहोस् Jun 26, 2017 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौ। दुईभन्दा बढि डिम्याट खाता भएका सेयर लगानीकर्ताहरुले अब भदौंबाट दुई वटाको संख्यामा खाता सिमित गर्नुपर्ने भएको छ । तर यो बाध्यता लगानी व्यवस्थापन कम्पनी मार्फत् पनि लगानी गरिरहेका र गर्नेहरुलाई भने नहुने भएको छ । दुई वटा भन्दा बढि खाता भएका अन्यले यो क्रममा खातामा सेयर सार्दा भने शुल्क नलाग्ने व्यवस्था गर्न पनि बोर्डले निक्षेप संग्रहकर्ता (डीपी) लाई निर्देशन दिएको ...
  • सेयरधनीहरु २०% बोनस सुरक्षित गर्न बुक क्लोजको यो मिति थाहा पाईराख्नोस्… Jun 23, 2017 Arthatantrabonus share
    काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेसनको ५० औं साधारण सभा असार २९ गते बस्ने भएको छ । साधारण सभामा कम्पनीले २० प्रतिशत बोनस सेयर र यसको कर तिर्न ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा गर्न साल्ट ट्रेडिङले असार १४ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा बोनस पाउन असार १३ गतेभित्र नै ...
  • सार्वजनिक खरिद ऐन संशोधन गर्न माग गर्दै निर्माण व्यवसायीले प्रधानमन्त्… Jun 22, 2017 Arthatantranirman byabasayi
    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले विहिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको छ । व्यवसायीहरुका समस्या र समाधानका उपायका बारेमा जानकारी गराउन महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको टोली प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेको हो । टोलीले सार्वजनिक खरिद ऐनको पहिलो संशोधन र सार्वजनिक खरिद नियमावलीको चौथो संशोधनले सम्बोधन नगरेका र त्रुटिपूर्ण भएका संशोधन र अव्यवहारिक तथा सार्वजनिक खरिद कार्य नै प्रभावित ...
  • कर्मचारी सञ्चय कोषलाई अन्तर्राष्ट्रिय अवार्ड,हेर्नुहोस् कसरी जित्यो ४५… Jun 22, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौ। कर्मचारी सञ्चय कोषले द एसोसिएसन अफ डेभलपमेन्ट फाइनान्सिङ इन्ष्टिच्युसन्स इन एसिया एण्ड द प्यासिफिक (एडिएफआईएपी)को डेभलपमेन्ट अवार्ड २०१७ प्राप्त गरेको छ। कोषले संस्थागत सुशासन तर्फ उत्कृष्ट हुँदै उक्त अवार्ड पाएको हो। ‘व्यवसायीक गतिविधीमा संस्थागत सुशासनप्रतिको उच्च प्रतिवद्धताको सम्मान गर्दै कोषलाई अवार्ड प्रदान गरेको’ संस्थाले उल्लेख गरेको छ। फिलिपिन्सको मनिलामा आयोजित समारोहमा कोषलाई अवार्ड विजेता घोषणा गरिएको थियो। कोषले लगातार दोस्रो ...
  • रामदेवका औषधीमा झाडा पखाला गराउने सुक्ष्म जिवाणु,बिक्रीमा प्रतिबन्ध Jun 22, 2017 Arthatantrababa-ramdev in Nepal
    काठमाडौ । भारतीय योगगुरु रामेदवको पतन्जलीले उत्पादन गरेको औषधीहरु गुणस्तरहिन प्रमाणित भएका छन् । औषधी ब्यवस्था बिभागले ल्याव परीक्षण गर्दा पतन्जली आयुर्बेदिक केन्द्रद्धारा उत्पादित औषधीहरु गुणस्तर नभएको पाईएपछि बिक्री बितरणमा रोक लगाईएको छ । पतन्जलीद्धारा उत्पादित अम्ला चुर्ण, दिब्या गसार चूर्ण, बकुची चूर्ण त्रिफला चुर्०ा, अश्वगन्धा चूर्ण र अदिब्या पूर्ण औषधीमा प्रतिबन्ध लगाइृएको छ । बजारमा रहेका औषधीहरु फिर्ता गर्न बिभागले कम्पनी ...
  • मेयरको उम्मेदवारले गुम्यो प्रमोद श्रेष्ठको एफएनसीसीआर्इ उपाध्यक्ष पद ! Jun 21, 2017 Arthatantrafncci uml pramod shrestha
    काठमाडौ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठको पद खारेज भएको छ। महासंघको मंगलबार बसेको कार्यसमिति बैठकले उनको पद खारेज गरेको हो। सक्रिय राजनीतिमा होमिदा निजी क्षेत्रको सबैभन्दा बलियो संस्थाको जिल्ला तथा नगरको उपाध्यक्ष पद श्रेष्ठले गुमाउन पुगेका हुन्। नेकपा एमालेबाट म्याग्दीको वेनी नगरपालिकाको मेयर उम्मेद्वार बनेपछि श्रेष्ठको पद खारेज भएको हो। महासंघको ५१औं साधारणसभामा जिल्ला नगर तर्फबाट उपाध्यक्ष निर्वाचित भएको तीन सातामै ...
  • अबदेखि मदिरा बिक्रीमा रोक लगाइने Jun 21, 2017 ArthatantraALCHOHAL MADIRA RAKSI
    यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार जिल्लाका कुनै पनि सार्वजनिकस्थल, होटेल, रेस्टुरेन्ट लगायतका स्थानमा असार ८ गतेदेखि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लागाउने ...
  • आईपीओमा ४० गुणाभन्दा बढी आवेदन परेपछि अब के ? Jun 20, 2017 ArthatantraIPO share market nepal
    काठमाडौ । हिमालयन पावर पार्टनरको आइपीओमा ८ अर्ब १८ करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । यसमा करिब १ लाख ६० हजार जना भन्दा बढिले सेयर भरेका छन् । आईपीओमा ४० गुणाभन्दा बढीको सेयर आवेदन परेको देखिन्छ । सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । अझै आवेदन संख्या र रकम थप बढ्न सक्ने देखिन्छ । कम्पनीले असार १ ...
  • जिडिपीको कम्तिमा १० प्रतिशत रकम पूर्वाधारमा विनियोजन गर्न सिएनआईको माग Jun 19, 2017 Arthatantracni ser
    काठमाडौ। नेपाल उद्योग परिसंघ (सिएनआइ) को प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरि अर्थतन्त्रका चुनौती र समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराएको छ। परिसंघ अध्यक्ष हरिभक्त शर्मा नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थव्यवस्थाका वर्तमान चुनौतीको विश्लेषण गर्दै समाधानकालागि सरकारको ध्यानाकर्षण गराएको हो। भेटमा अध्यक्ष शर्माले विश्व अर्थतन्त्रमा संकुचन आएपनि नेपाली अर्थतन्त्रमा आशा गर्ने ठाउँ देखिएको हुँदा सरकारका अगाडि राम्रो अवसर आएको बताए। ‘सरकारले ...