Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • गाउँमै उद्यमी बन्ने हो ? पढ्नुहोस् Jun 18, 2017 Arthatantrashare market profit
    काठमाडौ। वैदेशिक रोजगारीबाट फर्किएकाहरु फेरि विदेसिनु भन्दा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले आजदेखि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सुरु गरिएको छ । नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको लगानीमा सुरु भएको सात वर्षीय उक्त आयोजनाले १६ जिल्लाका एक लाख ७९ हजार ६६० जनालाई सेवा प्रदान गर्नेछ । आयोजनाबाट ६० हजार उद्यम र ३० हजार बेरोजगार युवालाई रोजगारी प्रदान ...
  • कोकाकोलाको रिफ्रेसमेन्ट योजना, हरेक घण्टा सामसङको स्मार्टफोन पाइने Jun 18, 2017 Arthatantracoke
    काठमाडौ।कोकाकोला नेपालले गर्मीमा धेरैभन्दा धेरै ग्राहकलार्इ रिफ्रेसमेन्ट दिन नयाँ योजना ल्याएको छ। योजना अनुसार हरेक घण्टा सामसङ ग्यालेक्सी जे–२ प्रो लगायतका थुप्रै उपहार जित्नसक्ने कम्पनीले जनाएको छ। यो योजना पाँच सय,डेढ लिटर र सवा दुर्इ लिटरको स्प्रार्इट,कोकाकोला र फ्यान्टाको खरीदमा लागु हुने कम्पनीले जनाएको छ। स्प्रार्इटको हरियो सौन्दर्यले ग्राहकलार्इ गर्मीमा चिसोको अनुभवसँगै आकर्षक उपहार पाउने कम्पनीले जनायो। उपहार पाउनका लागि ग्राहकले लेवल ...
  • १ः१ अनुपातमा हकप्रद जारी गर्दै गरेको यो कम्पनीबारे तपाईलाई कति थाहा छ? Jun 16, 2017 ArthatantraRight Share
    काठमाडौ । लुम्बिनी जनरल इन्सुरेन्सले १००प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले लुम्बिनीलाई १ः१ अनुपातमा १०० रुपैयाँको दरले ३९ लाख कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यसमा सीबीआइएल क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । बिमा समितिले चुक्ता पुँजी बढाउन निर्देशन दिइसकेको अवस्थामा कम्पीको भारीमात्रामा हकप्रद आउन लागेको हो । ...
  • स्थानीय तहमा तुलनात्मक लाभका वस्तुहरुको उत्पादन, प्रर्वद्घन र बजारीकरण… Jun 15, 2017 Arthatantrafncsi news pic
    काठमाडौं । अबको स्थानीय तह पूर्वाधार विकासमा मात्र केन्द्रित नभई स्थानीय तहमा तुलनात्मक लाभका उत्पादनहरूको उत्पादन, प्रर्वद्घन र बजारीकरणमा लाग्नुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन् । स्थानीय तहले आफ्नो कार्य क्षेत्रको सन्तुलित विकास र समग्र आर्थिक बृद्घिदर उच्च राखी छिमेकी पालिकाहरूसँग समेत प्रतिष्पर्धी बन्नुपर्ने उनीहरूको भनाई थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघले काठमाडौं जिल्लाका स्थानीय तहमा नवनिर्वाचित मेयर, उपमेयर तथा ...
  • वान बेल्ट वान रोड नेपालको आर्थिक विकासको मेरुदण्डःअध्यक्ष राणा Jun 14, 2017 ArthatantraBhawani Rana kunming
    काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले मित्र राष्ट्र चीनले अगाडी सारेको वान बेल्ट वान रोड(ओबोर) यो शताव्दिकै एक नमूना परियोजना हुन सक्ने बताएकी छिन् । उक्त परियोजना नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार हुने उनले बताईन् । यो परियोजनालाई विश्वले नै अति उत्सुकतापूर्वक हेरिरहेको बताउंदै अध्यक्ष राणाले यस परियोजनाका माध्यमबाट दक्षिण तथा दक्षिण पूर्वी एशिया, मध्य एशिया, यूरोप, अफ्रिका र ...
  • चियाको दोस्रो यामको टिपाइ सुरू Jun 14, 2017 Arthatantratea garden
    इलाम। चियाको दोस्रो यामको टिपाइ सुरू भएको छ । जिल्लाका सबै साना ठूला चिया कारखानाले दोस्रो टिपाइको प्रशोधन थालेका हो । अघिल्लो वर्ष पहिलो यामको टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यस पटक १५ दिनभन्दा कम समय मात्र उत्पादन रोकियो । यस यामको मूल्य गुणस्तरअनुसार प्रतिकिलो रु २५ देखि रु ३५ तोकिएको छ । कारखाना ...
  • काठमाडौका मेयर शाक्य र शेष घलेबीच भेट,ठूला परियोजनाको लगानीमा घलेले यस… Jun 13, 2017 ArthatantraBidhya-Sundar and shesh ghale
    काठमाडौ। काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेबीच सहरी व्यवस्थापनबारे छलफल भएको छ । सोमबार भएको भेटका क्रममा कामनपाका प्रमुख विद्यासुन्दर शाक्यले विदेशमा बसेका नेपालीले काठमाडौको समृद्धिका लागि लगानी गर्ने हो भने लगानीमैत्री नीति निर्माण सकिने बताए । नेपालको राजधानी सहर काठमाडौँको व्यवस्थापनका लागि व्यावसायिक सहभागिता मात्र होइन सामाजिक उत्तरदायित्वका कोणबाट पनि सहभागिता जनाउन सकिन्छ, प्रमुख ...
  • भारतलाई पनि पछि पार्दै नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो ! Jun 13, 2017 Arthatantranepse
    काठमाडौ। सन् २०१७ (आर्थिक वर्ष ०७३÷७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो । नेपालको आर्थिक वृद्धि विश्वको औसत २ दशमलव ७ प्रतिशतभन्दा ४ दशमलव ८ प्रतिशत बिन्दुले बढी हो । लोडसेडिङ अन्त्य, ...
  • जेनेभामा हुने आईएलओ महासभामा सिएनआई उपाध्यक्ष पर्यवेक्षक Jun 12, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    काठमाडौ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०६ आंै महासभामा भाग लिन जेनेभा प्रस्थान गरेका छन् । नेपालका ठूला तथा मझौला उद्योगहरुको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघबाट पहिलो पटक उक्त महासभामा पर्यवेक्षकको रुपमा सहभागी भएको छ । नेपाल उद्योग परिसंघलाई उपलब्ध गराइएको यस अवसरले एकातिर नेपाल सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल उद्योग परिसंघ ...
  • उद्योग बाणिज्य महासंघ प्रदेश नं ४ को अध्यक्षमा कोईराला निर्बिरोध Jun 11, 2017 ArthatantraFNCCI-Pradesh 4
    पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा संजिवबहादुर कोइराला निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले कोइरालासहित पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध निर्वाचित गरेको हो । प्रदेश उद्योग वाणिज्य महासंघको तदर्थ समितिका संयोजक कोइराला र तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितले उम्मेद्वारी दर्ता गरेका थिए । तर, पण्डितले उम्मेदवारी फिर्ता लिएपछि ...