Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • नयाँ व्यवस्थाअनुसार अब त आईपिओमा छुट्नै हुँदैन,२१ करोडको आईपिओ निष्काश… May 31, 2017 Arthatantraipo 1
    काठमाडौ । हिमालयन पावर पार्टनरले २१ करोड रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले २१ करोड ३० लाख ८३ हजार ४०० रुपैयाँको आइपीओ निष्काशन गर्न गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । र अब सबै आवेदकले कम्तिमा १० कित्ता शेयर पाउने व्यवस्था धितोपत्र बोर्डले ...
  • हेर्नुहोस धादिङका कुन नगर/गाउँपालिकालाई कति बजेट ! May 30, 2017 Arthatantralocal level
    धादिङ । सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ को स्थानीय तहकालागि बजेट विनियोजन गरेको गरेको छ । धादिङ जिल्लाका २ नगर सहित १३ वटा स्थानीय तहलाई एकमुष्ट ३ अर्व ४४ करोड ७५ लाख ७७ हजार बजेट विनियोजन गरेको छ । सोही बजेटबाटै नगरपालिकालाई ७८ करोड ६३ लाख ३४ हजार र गाउँपालिकालाई २ अर्व ६६ करोड ३९ लाख ४३ हजार विनियोजन गरेको ...
  • बजेटको आकार १२ खर्व ७८ अर्व ९९ करोड,कुन शिर्षकमा कति बजेट ? हेर्नुहोस् May 29, 2017 ArthatantraKrishna Bahadur mahara 2074
    काठमाडौ । सरकारले आगामि आर्थिक बर्षका लागि १२ खर्व ७८ अर्व ९९ करोड बजेट प्रस्तुत गरेको छ । सरकारले चालु खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड र वित्तीय खर्चतर्फ १ खर्ब ४० अर्ब २८ करोड छुट्याएको छ । चालु खर्चतर्फ कुल बजेटको ६२.८ प्रतिशत, पुँजीतर्फ २६.२ प्रतिशत र वित्तीय तर्फ ११ ...
  • गाउँपालिकाको बजेट १० देखि ३१ करोड May 29, 2017 Arthatantrafinance minister
    काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि एउटा गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोडको बजेट छुट्याएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार बजेट भाषण गर्दै गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म बजेट दिने घोषणा गरेका हुन् । त्यसैगरी नगरपालिकाले न्यूनतम १५ करोडदेखि ४३ करोडसम्म अनुदान पाउने भएका छन् । त्यसैगरी एउटा उपमहानगरपालिकाले न्युनतम ४० करोडदेखि अधिकतम ६३ करोडसम्म केन्द्र सरकारबाट अनुदान पाउने ...
  • एफपीओका लागि अब ५ वर्ष कुर्नुस्,त्यसअघि पाईन्न ! May 29, 2017 Arthatantrafpo
    काठमाडौ । एकपटक एफपीओ (फर्दर पब्लिक अफर) जारी गरेको संस्थाले अबदेखि फेरि पाँच वर्ष नपुगी पुनः अर्को एफपीओ जारी गर्न नपाउने भएका छन् । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले पुँजी बजार संरचनात्मक सुधार गर्ने ‘धितोपत्र दर्ता तथा बाँडफाँट निर्देशिका २०७४’ जारी गर्दै संगठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्कासन गरेको मितिले ५ वर्ष पूरा नभएसम्म पुनः एफपीओ जारी गर्न नपाउने ...
  • एफएनसीसीआइ प्रदेश नम्बर ७ को अध्यक्षमा शंकरबहादुर बोगटी निर्विरोध ! May 28, 2017 Arthatantrafncci
    डडेल्धुरा । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश उद्योग बाणिज्य महासंघ अन्तर्गत प्रदेश नम्बर ७ को प्रथम साधारण सभाले कैलाली उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष शंकरबहादुर बोगटीको अध्यक्षतामा १० जना कार्य समितिको चयन गरेको छ । डडेल्धुरामा शनिबार अबेर राति भएको साधारण सभाले अध्यक्ष, कोषाध्यक्ष र जिल्ला तथा नगरका ५ जना सदस्यहरुलाई निर्विरोध चयन गरेको हो । कोषाध्यक्षमा राम कुमार भण्डारी र ...
  • सहकारीले खोल्यो चिया उत्पादन कारखाना May 28, 2017 Arthatantratea industries
    इलाम । सूर्योदय नगरपालिकाको फिक्कलमा रहेको इलामेली चिया उत्पादक सहकारी संस्थाले आफ्नै लगानीमा चिया प्रशोधन कारखाना स्थापना गरेको छ । सहकारी संस्थाले करोडौँको लगानीमा कारखाना स्थापना गरेको हो । निजी चिया कारखानाले किसानलाई हरियो चियाको मूल्यमा विभिन्न बहानामा ठगिरहेको अवस्थामा सहकारीले कारखाना स्थापना गरेपछि किसान हर्षित भएका छन् । सुरुदेखि नै अर्गानिक चियाको प्रशोधन गर्ने लक्ष्यका साथ सहकारीले रु छ करोडको ...
  • कच्चा पदार्थको अभावमा करुवा उद्योग विस्थापित May 27, 2017 Arthatantrapalpali karuwa
    पाल्पा । पाल्पा जिल्लाकै पहिचान बोकेको हातले कुँदेर बनाइएका करुवा हराउन थालेको छ । कच्चा पदार्थको अभाव र नयाँ पुस्ताले सीप नसिक्दा पाल्पाली करुवा उद्योग अहिले दुई चार वटामा मात्र सीमित हुनपुगेको छ । कुटिर उद्योग अन्तर्गत पर्ने यो उद्योगले जिल्लाकै पहिचान बनाएको छ । पाल्पाको मुख्य चिनारीकै रुपमा रहेको करुवा उद्योगको संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिँदा विस्थापित हुन पुगेको हो ...
  • अव उदयपुर सिमेन्ट उद्योगमा धुवाँ धुलो देखिँदैन, कसरी संभव भयो यो काम ? May 26, 2017 Arthatantraudaypur-cement-factory
    उदयपुर । नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ । उद्योग प्रशासनका अनुसार उद्योगमा धुलो तथा धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्न लागिएका कारण अब उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण हुने र उद्योग प्रदूषणरहित हुन लागेको कुरा बताएको छ । भारतबाट उद्योगमा प्रदूषण नियन्त्रण गर्ने ...
  • सरकारमाथि नैतिक प्रश्न उठाउँदै नीति तथा कार्यक्रमप्रति पूर्व अर्थमन्त्… May 25, 2017 ArthatantraBharatmohan Adhikari
    काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रमलाई पूर्वउप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले स्वागत गरेका छन् । पूर्वअर्थमन्त्री अधिकारीले सरकारमाथि नै नैतिक प्रश्न उठाउँदै नीति तथा कार्यक्रमलाई स्वागत गरेका हुन् । उनले कामचलाउ सरकारले नीति तथा कार्यक्रम ल्याएकोप्रति इगित गरेका हुन् । व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संचारकर्मीहरुसँग प्रतिक्रिया दिंदै अधिकारीले ...