Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
उद्योग / वाणिज्य
  • उद्योग बाणिज्य महासंघ प्रदेश नं ४ को अध्यक्षमा कोईराला निर्बिरोध Jun 11, 2017 ArthatantraFNCCI-Pradesh 4
    पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा संजिवबहादुर कोइराला निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले कोइरालासहित पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध निर्वाचित गरेको हो । प्रदेश उद्योग वाणिज्य महासंघको तदर्थ समितिका संयोजक कोइराला र तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितले उम्मेद्वारी दर्ता गरेका थिए । तर, पण्डितले उम्मेदवारी फिर्ता लिएपछि ...
  • प्रदेश महासंघलाई सशक्त बनाउन ४० प्रतिशत बजेट छुट्याइने Jun 10, 2017 Arthatantrachandi-raj-dhakal
    पोखरा। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले देशका सातवटै प्रदेशमा स्थापना भएका उद्योग वाणिज्य महासङ्घ आर्थिक रुपमा सशक्त हुने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं – ४ को प्रथम सभाको आज यहाँ उद्घाटन गर्दै उनलेले केन्द्रको आम्दानीमध्येको ४० प्रतिशत प्रदेश उद्योग वाणिज्य महासङ्घका लागि छुट्टाइने जानकारी दिएका हुन् । पूर्वअध्यक्ष ढकालले स्थानीय तहका निर्वाचित पदाधिकारीसँग सहकार्य गरेर स्रोत र ...
  • १ करोड ६८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत ! Jun 9, 2017 ArthatantraShare Listed
    काठमाडौ । शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन तीन कम्पनीको एक करोड ३९ लाख ३२ हजार २ दशमलव ४५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । यसदिन तीन कम्पनीको बोनस र हकप्रद सेयर गरि जम्मा एक करोड ६८ लाख ८६ हजार ३९१ दशमलव ४५ कित्ता सेयर सूचिकृत भएको छ । शुक्रबार कृषि विकास बैंकको एक करोड १८ लाख १२ हजार ८०० ...
  • बैशाखमा ३.४ प्रतिशतको मूल्यवृद्धि,८ खर्बको आयात ! Jun 8, 2017 Arthatantrainflation
    काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा ३.४ प्रतिशत मूल्य वृद्धि भएको छ । गत चैतमा यस्तो मूल्यवृद्धि ३.८ प्रतिशत रहेको थियो । गत चैतकोभन्दा वैशाखमा वस्तु तथा सेवाको मूल्यमा सामान्य करेक्सन भएको नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय परिदृष्यमा उल्लेख गरिएको छ । गएको वर्षको वैशाखमा उपभोक्ता मूल्य वृद्धि १० प्रतिशत रहेको थियो । गत वर्षको सोही अवधिको ...
  • नेप्सेको ध्यानाकर्षण सबैले पढौं ! Jun 8, 2017 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्चेन्ज (नेप्से)को नेतृत्वलाई लिएर सञ्चारमा माध्यम भएको टिपाटिप्पणीप्रति ध्यानाकर्षण गराएको छ । नेतृत्वप्रति भएको टिपाटिप्णीलाई खण्डन गर्दै नेप्सेको समितिले अहिले गरिरहेको कार्यहरुबारे आम लगानीकर्तामार्फत प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । रातो अक्षरको लिंक खोली हेर्नुहोस् नेप्सेको विज्ञप्ति,नेप्से विज्ञप्ति प्रकाशित मितिः २०७४ जेठ २५
  • ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन Jun 7, 2017 Arthatantramoney
    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउने लगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले ...
  • तामाकोशीबाट एक अर्ब रुपैंया पुरस्कार पाउन यसो गर्नुस् ! Jun 5, 2017 ArthatantraTamakoshi1
    ऊर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महीना पहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गरे रू. एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुखलाई निरन्तर रुपमा सचेत गराउँदै आयोजना तोकिएको समयमा पूरा गर्न निर्देशन दिँदै आएको सन्दर्भमा सो धारणा सार्वजनिक भएको हो । राजधानीमा आयोजित ...
  • उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ३ को अध्यक्षमा दिनेश श्रेष्ठ निर्… Jun 4, 2017 Arthatantrafncci 3 dhuklikhel
    काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ३ को अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । धुलिखेलमा सम्पन्न साधारण सभाले ३ नम्बर प्रदेशको कार्यसमिति चयन गरेको हो । अध्यक्ष श्रेष्ठ यसअघि नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगततर्फको उपाध्यक्ष थिए । २ महिना अगाडी भएको निर्वाचनमा उनि जिल्ला नगर उपाध्यक्षमा पराजित भएका थिए । साधारण सभाले १३ सदस्य कार्यसमिति चयन गरेको ...
  • आईपिओ भर्नुहुने तपाई सबैलाई गोलाप्रथाद्धारा १० कित्ता सेयर ! Jun 4, 2017 Arthatantraipo Demand
    काठमाडौ। महुली सामुदायिक लघुवित्त कम्पनीको सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले गोलाप्रथाद्धारा सबैलाई १० कित्ता सेयर बाँडफाँड गरेको छ । माहुलीको आइपिओ १० हजार ९२० जना आवेदकले १० कित्ता सेयर पाएका छन् । लघुवित्तको आइपीओमा कुल ८१ हजार ७४१ जनाले आवेदन गरेका थिए । जसमध्ये ११५५ जनाको आवेदन रद्द भएको विक्री प्रवन्धक सनराईज सनराईज ईन्भेष्मेन्ट ...
  • आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ ! Jun 2, 2017 Arthatantrachudamani sharma
    काठमाडौ। आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । शुक्रबार कर फछ्र्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले उनलाई बोलाएको थियो । त्यही क्रममा उनी पक्राउ परेका हुन् । उनले विभिन्न फर्मलाई अर्बौं रुपैया छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथिको अनुसन्धान जारी छ । यस्तै अकूत सम्पत्ती आर्जन गरेको आरोपमा महानिर्देशक शर्मा पक्राउ परेका हुन् । प्रकाशित मितिः ...