Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
उद्योग / वाणिज्य
  • बजार परिसूचक ह्वात्तै घटेर नेप्से १५ सय अंकभन्दा तल झरेपनि कमाउनेमा को… Nov 5, 2017 Arthatantrastop sign share market
    काठमाडौ । आइतबार सेयर बजार २६.३५ अंकले घटेर १४९६.४६ अंकमा झरेको छ । यसदिन व्यापारिकबाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १५७.०६ अंकले घटेको छ । व्यापारिक समूह भने २.७ अंकले बढेको छ । परिसूचकमा उल्लेख्य गिरावट आएपनि कारोबार रकम भने बढेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १५ लाख छ हजार चार सय चार कित्ता सेयर सात ...
  • महिला वर्गलाई आर्थिकरुपमा सशक्त बनाउन बेकरी तालिम Nov 3, 2017 Arthatantrabekary
    काठमाडौँ । मुलुकमा महिला वर्गलाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यले दक्षिण कोरियाको एशिया वुमन ब्रिज नामक संस्थाले विभिन्न परियोजना सञ्चालन गरेको छ । नेपालमा व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्यले उक्त विदेशी संस्थाले बेकरी तथा कुुकिज उत्पादनसम्बन्धी तालीम, सिलाइ–कटाइ र लैंगिक विभेद अन्त्यका लागि नेतृत्व विकासका कार्यक्रम सञ्चालनमा ल्याएको हो । महिला सशक्तीकरणका लागि कोरियामा स्थापना भएको सो ...
  • मंसिर १ देखि काठमाडौको भृकुटीमण्डपमा हस्तकला व्यापार मेला हुने Nov 2, 2017 Arthatantrahandicraft nepal
    काठमाडौ । नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १ गतेदेखि ५ गतेसम्म १५औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासंघले पत्रकार सम्मेलन गरी नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्नका लागि १५औँ हस्तकला मेला तथा १३औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो । सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा ...
  • २० प्रतिशत बोनस पछिको मूल्य समायोजन Nov 2, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। बिहीबार वोमी माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले माईक्रोफाइनान्सको २० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १५५० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १४२९ रुपैयाँ रहने भएको छ । प्रकाशित मितिः २०७४ कार्तिक १६
  • डिजेल,पेट्रोल र ग्यास सबैको मूल्य बढ्यो,कति पुग्यो ? Nov 2, 2017 Arthatantrapetrol-price-down
    काठमाडौ । नेपाल आयल निगम (एनओसीले) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराती १२ बजेबाट लागु हुने गरी खाना पकाउने एलपि ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एकै पटक बढाएको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा र मट्टीतेल १.५० रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार ...
  • २ कम्पनिको सेयर मूल्य समायोजन, हेर्नुहोस् कुनको कति ? Nov 1, 2017 Arthatantrashare price stock
    काठमाडौ। बुृधबार २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सिदार्थ इन्सुरेन्सको बोनस र भार्गव विकास बैँकको हकप्रद पछि सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सिदार्थ इन्सुरेन्सको २० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १२९५ रुपैयाँ रहने भएको छ ...
  • साधारण लगानीकर्ताहरु,डाटा एनालिटिक्सको नयाँ फिचरबारे जानकारी राख्नुहोस… Oct 31, 2017 ArthatantraMerolagani Data Analytics
    काठमाडौ । केही समय अघि सञ्चालनमा आएको मेरो लगानी डाटा एनालिटिक्स अनलाइन सफट्वेयरमा नयाँ फिचर थप गरिएको छ । साधारण लगानीकर्ताको हीतलाई ध्यानमा राखेर यस्तो फिचर थप गरिएको हो । यो फिचरबाट निश्चित समयमा कुनै सूचकमा कति परिवर्तन भयो र त्यसको असर क्षेत्रगत रुपमा कति पर्यो भन्ने देखाउँछ । डाटा एनालिटिक्समा थप गरिएको नयाँ फिचर स्टक सेन्सिटिभिटीले समुहगत सूचकका बारेमा लगानीकर्ताले ...
  • उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याजमा ऋण Oct 30, 2017 Arthatantramoney
    तेह्रथुम । जिल्ला युवा समितिको कार्यालयले तीनवटा युवा समूहलाई उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याज ऋण प्रदान गरेको छ । सरकारको युवा उद्यम विकास कार्यक्रमअन्तर्गत समितिले जिल्लामा रहेका सहकारी मार्फतप्रति व्यक्ति रु ५० हजारका दरले तीन समूहका ३० जना युवालाई रु १५ लाख बिना धितो ऋण प्रदान गरेको हो । समितिले १६ वर्षदेखि ४० वर्ष ननाघेका युवालाई स्वदेशमै बसी कृषि क्षेत्रको ...
  • २ कम्पनीको सेयर मूल्य समायोजन भयो, हेर्नुहोस् कसको मूल्य कति ? Oct 30, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। सोमबार २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन नेपाल बङ्लादेश बैँक र सनराइज बैँकको बोनस पछि सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले नेपाल बङ्लादेश बैँककोे १२ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४३५ रुपैयाँ रहने भएको छ ...
  • म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कर्माचार्य निर्वाचित Oct 29, 2017 Arthatantramyagdi uu ba sang
    बाबियाचौर, म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार राति सम्पन्न भएको संघको २४ औँ साधारणसभा तथा दशौँ अधिवेशनबाट कर्माचार्यको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको सदस्यहरुमा बेलबहादुर कटुवाल, सुविन श्रेष्ठ, राजेश शाक्य, लीलाराम गौतम, सुवर्ण रिजाल, ईश्वर श्रेष्ठ, अमित बानिया, ठाकुरप्रसाद शर्मा, नारायण जीसी, तारानाथ रेग्मी, राजकुमार श्रेष्ठ, गोपाल ...