Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • अब ७ सय ४४ वटै स्थानीय तहमा बैंकको शाखा खोलिने Apr 12, 2017 ArthatantraBank image1
    काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा कम्तिमा बैंकको एक शाखा खोल्ने योजना अगाडि सारेको छ। सरकारले ७४४ वटै स्थानीय तहमा बैंकिङ क्षेत्रको पहुँच विस्तारका लागि नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको हो। हिजो मंगलबार अर्थमन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सबै स्थानीय तहमा बैंकका शाखा खोल्न निर्देशन दिएका हुन्। त्यसको आवश्यक प्रक्रिया अगाडि बढाउन राष्ट्र बैङ्क तथा राष्ट्रिय योजना ...
  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी, हेर्नुस्… Apr 12, 2017 ArthatantraShekher golchha fncci team
    काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले ६३ दशमलब ३० प्रतिशत मत ल्याएर निर्वाचित भएका छन्। बस्तुगत वाहेक सबै समूहमा उनले किशोरकुमार प्रधानलार्इ उछिने। प्रधानले ३६ दशमलब ७० प्रतिशत मात्रै मत पाए। जिल्ला तथा नगरबाट उपाध्यक्ष भएका किशोरले ४२ प्रतिशत मात्रै मत पाए। गोल्छाले जिल्ला तथा नगरबाट ६१ प्रतिशत मत पाए।सबैभन्दा बढी भार रहेको जिल्ला तथा नगरमा प्रधानले बढी ...
  • उद्योग वाणिज्य महासंघको चुनाव आज : गोल्छा या प्रधान, कसले पाउला कमान ? Apr 11, 2017 Arthatantrakishor-pradhan VS shekhar-golchha
    काठमाण्डौं । निजीक्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि महासंघका उपाध्यक्षद्धय शेखर गोल्छा र किशोर कुमार प्रधानले आ– आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने प्रावधान बमोजिम गोल्छा र प्रधान दुवैले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्याक्षका उम्मेदवारी दुवैले आर्थिक समृद्धिलाई चुनावको एजेन्डा बनाएका छन् । विभिन्न क्षेत्रबाट १ हजार ४ सय भन्दा ...
  • घर किन्दा गाडी उपहार, तपाई छुट्नु त भएन ? Apr 10, 2017 ArthatantraHouse Home
    काठमाण्डौं । भृकुटीमण्डपमा जारी घरजग्गा मेला आज चैत २८ गते सकिँदैछ । घरजग्गा खरिद बिक्रीमा गिरावट आएपछि आयोजित यस मेलामा व्यवसायीहरुले घरजग्गा किन्नेलाई गाडी उपहार दिनेसम्मको आकर्षक योजना अघि सारेका छन् । मेलामा विभिन्न घरका डिजाइन, जग्गाको योजना तथा विकास, निर्माण सामाग्री, इन्जिनियरिङ कन्सल्टेन्ट, विद्युतीय सामाग्री लगायतको १ सय २० स्टलहरु रहेका छन्। मेलामा हालको घरजग्गाको मूल्य, निर्माणको सही तरिका, सही ...
  • बैंकिङ समस्या समाधान गर्न व्यवसायीले गराए गभर्नरको ध्यानाकर्षण Apr 9, 2017 Arthatantranrb
    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आइतबार राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपाललाई भेटी व्यवसायीहरुले झेल्दै आएको बैंकिङ समस्या र समाधानको उपायको विषयमा जानकारी गराएको छ । राष्ट्र बैंकले तरलताको कारण देखाइ विलासिताका साधनहरु उत्पादनशिल नभएकोले त्यस्ता साधनहरुमा बैंकहरुले लगानी नगर्ने–नगराउने भनी निर्णय भएको र सोही बमोजिम हेभी ईक्यूप्मेन्टहरुलाई समेत बैंकहरुबाट ऋण लगानी नगर्ने नगराउने निर्णय भएबाट निर्माण उद्योग नै ...
  • घर बनाउँदै हुनुहुन्छ ? उद्योगमन्त्रीको पहलकदमीमा अब सिमेन्टको मूल्य घट… Apr 9, 2017 Arthatantracement and udhog mantri
    काठमाडौ । नेपाली सिमेन्टहरुमा हालै भएको मूल्य वृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत भएका छन् । उद्योग मन्त्री नवीन्द्रराज जोशीको पहलमा आईतवार उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिहरु सँगको छलफलमा उद्योग मन्त्राी नवीन्द्रराज जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै शुरु भएकाले यो समयमा न्युनतम मूनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगिहरुलाई आग्रह गरेपछि उद्योगिहरुका तर्पmबाट यस्तो प्रतिवद्धता ...
  • सकारात्मक सोच, स्वदेशी उत्पादन, र स्वास्थ्यमा मेरो जोड रहनेछ: हमाल Apr 9, 2017 ArthatantraBhaktabahadur Hamal
    एफएनसीसीआईले सबै क्षेत्रका व्यवसायीक आवाजहरु सुन्दै समस्या समाधानमा पहल गर्दछ मैले मेडिकल इक्युपमेन्ट,टेक्नोलोजी र मेडिकल क्षेत्रमा विगत २२ वर्षदेखि नविनत्तम एवं नयाँ प्रबिधि भित्र्याउने कार्य गर्दै आएको छु । यसले स्वास्थ्य क्षेत्रमा एक खालको सहजता भएको छ । त्यसैक्रममा २०६१ सालमा केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन (केमसान) दर्ता गरी समग्र स्वास्थ्य व्यवसायीलाई एक ठाउँमा ल्याएका छौं । त्यसको म अध्यक्ष छु ...
  • अब नेपालमा कहिल्यै लोडसेडिङ हुँदैन, किन ? Apr 9, 2017 ArthatantraSuggestion share electricity
    ऊर्जामन्त्री जनार्दन शर्माले मुलुक अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि विद्युतभार कटौती गर्न नसक्ने स्पष्ट पारेका छन् । नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ(एनआरएन)ले मलेसियामा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा मलेसिया र एनआरएनको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युतभार कटौती अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा उल्लखनीय परिवर्तन भएको, आर्थिक वृद्धि दर २५ वर्षपछि सबैभन्दा ...
  • अहिले व्यापारी राजनीतिमा लागे राजनीतिज्ञ व्यापारमा लागे Apr 8, 2017 Arthatantraganesh prasad lath
    “अहिले व्यापारी राजनीतिमा लागे राजनीतिज्ञ व्यापारमा लागे” चेम्बर आन्दोलनमा लागेको ३० वर्ष भईसकेको छ । व्यवसायीक हकहितका लागि जिल्लामा रहेर धेरै सेवा गरियो । अब केन्द्रमा नीतिगत मामलामा आफ्नो विचार प्रकट गर्दै योगदान दिनुपर्नेछ भनेर नेपाल उद्योग वाणिज्य महासंघ २ नं क्षेत्रको उम्मेदवारी बनेको छु । अलिकति दुःख लागेको कुरा “अहिले व्यापारी राजनीतिमा लागे राजनीतिज्ञ व्यापारमा लागे” यो अलि पचिरहेको छैन ...
  • नेपालीहरुको उपभोग्य खर्च ११ गुणा बढी Apr 7, 2017 Arthatantrashopping-cart- food grocery
    काठमाण्डौं । गएको दुई दशकमा नेपालीहरुको उपभोग्य खर्च ११ गुणाभन्दा बढीले बढेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०५२/५३ को तुलनामा ०७२/७३ मा सो परिणामले बढेको देखिएको छ। गएको आर्थिक वर्ष प्रतिव्यक्तिवार्षिक उपभोग खर्च ७० हजार ६ सय ८० रुपैयाँ रहेको छ। जुन आव ०५२/५३ मा ६ हजार ८ सय २ रुपैयाँ रहेको थियो। व्यक्तिको क्रय शक्ती बढेको र मूल्य ...