Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • सर्वसाधारणले चैत ३० गतेसम्म आवेदन दिनसक्ने बैंकको लाखौं कित्ता सेयरबार… Apr 6, 2017 Arthatantrashare market profit
    सेवा विकास बैंकले बिहीबारदेखि पुनः सात लाख ५२ हजार एक सय ५१ कित्ता सेयर लिलामीमा निकालेको छ । यसअघि सेवाले फागुन १७ देखि २३ गतेसम्म संस्थापक समूहको १० लाख ४० हजार एक सय ७१ कित्ता सेयर र सर्वसाधारण समूहको दुई लाख २१ हजार ६०७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । त्यतिबेला संस्थापक समूहबाट आवश्यकता अनुसार आवेदन नपरेपछि बाँकी ...
  • कम्पनीको करिब ८ हजार कित्ता सेयर लिलामीमा, तीन दिनभित्रै किनिसक्नुपर्न… Apr 6, 2017 Arthatantrashare
    काठमाण्डौं । नमस्ते वित्तीय संस्था लिमिटेडको हकप्रदमा नबिकेको ७ हजार ९ सय ५१ कित्ता सेयरमा चैत २१ गतेदेखि लीलामी खोलेको छ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत २७ गते रहेको छ । बोलकबोलबाट सेयर किन्न ईच्छुक लगानीकर्ताले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड वा नमस्ते वित्तिय संस्था घोराही दाङबाट लिलामीको सेयरमा आवेदन गर्न सक्नेछन् । कम्पनीको ...
  • घरजग्गाका बारेमा जान्न चाहनुहुन्छ ? यो सुनौलो अवसर हुन सक्छ Apr 5, 2017 ArthatantraHouses Small
    काठमाण्डौं । घरजग्गाको व्यापार प्रवर्द्धनका लागि शुक्रबारदेखि भृकुटीमण्डपमा घरजग्गा तथा आवास मेला हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलामा सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको समेत सहभागी छन्। मेला अवधिमा नेपालमै पहिलो पटक चैत्र २८ गते ुहाउजिङ समिटु पनि हुनेछ। हाउजिङ समिटको ...
  • उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल सहित ६ जना सर्वसम्मत Apr 4, 2017 Arthatantrachandra-dhakal
    काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि कार्यसमितिमा एशोसिएट उपाध्यक्षसहित ६ जना सर्वसम्मत भएका छन् । एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल सर्वसहमत भएका छन् । महासंघको निर्वाचनमा एशोसिएट उपाध्यक्षमा सर्वसम्मति भएको यो पहिलो पटक हो । यसैगरी द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तर्फ नेपाल थाई उद्योग वाणिज्य संघको अध्यक्ष अजय मुडभरी सर्वसहमत भएका छन् । त्यस्तै प्रदेश नम्बर ३ मा सिन्धुपाल्चोक उद्योग ...
  • ग्लोबल आइएमईद्वारा १५.७६ प्रतिशत बोनस सेयर पारित Apr 4, 2017 Arthatantraglobal-ime-bank-
    काठमाण्डौं । ग्लोबल आइएमइ बैंकको दशौं बार्षिक साधारणसभाले १५.७६ प्रतिशत वोनस सेयर पारित गरेको छ। वोनस पारितपछि बैंकको चुक्ता पूँजी सात अर्ब २४ करोड रुपैयाँ नाघेको छ। साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट चन्द्रप्रसाद ढकाल, सुहृदराज घिमिरे, पवनकुमार भिमसिरियालाई सञ्चालक समितिमा चयन गरेको छ। सर्वसाधारण समूहबाट सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल र सुरजकुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ। २२ चैत २०७३, ७।००
  • नियम मिच्दै दर्ता भए ८० म्यानपावर, के होला अब ? Apr 3, 2017 Arthatantracompany
    काठमाण्डौं । सरकारले पाँच वर्षअघि नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि सर्वोच्च अदालत, उच्च अदालत र श्रम मन्त्रालयको सिफारिसमा गत वर्ष मात्रै ८० म्यानपावर कम्पनी दर्ता भएका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ असोज १३ मा नयाँ म्यापावर दर्तामा रोक लगाए पनि प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितको संयुक्त इजलासले गत वर्ष फागुन ३ मा प्रक्रिया पुर्याएका कम्पनीलाई पेसारव्यवसाय गर्न रोक नलगाउन फैसला ...
  • बोनस र साधारण गरी ६५ लाख ६३ हजार कित्ता सेयरबारे थप जान्नुहोस् ! Apr 2, 2017 ArthatantraBonus-share
    काठमाडौ। आइतबार ६५ लाख ६३ हजार ६६६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । बोनस र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा तीन कम्पनीको गरि ७ लाख ७७ हजार ४१ कित्ता बोनस सेयर सूचिकृत भएको छ भने ५७ लाख ८६ हजार ६२५ कित्ता साधारण सेयर सूचिकृत भएको छ । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको १ लाख ...
  • राम्रा व्यक्ति जुनसुकै समूहबाट परेपनि एफएन्सीसीआईमा त्यस्तालाई जिताउनु… Apr 2, 2017 ArthatantraSuraj Bajracharya
    काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजश्व समितिको सदस्य रहेका सुरज बज्राचार्यले महासँघको आगामि कार्यकालका लागि वस्तुगत तर्फबाट सदस्यको उम्मेदवारी दिंदैछन् । अनुपबहादुर मल्ल उपाध्यक्ष प्यानलबाट वस्तुगत सदस्यमा उम्मेदवारी दिन लागेका जेवी टेलर्सका अध्यक्षसमेत रहेका बज्राचार्यले ललितपुर उद्योग वाणिज्य संघमा रहेर समेत कार्य गरिसकेका छन् । उनी वस्तु एवं सेवा मिश्रित व्यवसाय र यससँग सम्बन्धित व्यवसायीका एजेण्डालाई महासंघले सम्बोधन ...
  • एफएन्सीसीआईमा शेखर गोल्छा पक्षको उम्मेदवारी दर्ता Apr 2, 2017 Arthatantrafncci shekher golchha
    काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेसनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र उनको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल र जिल्ला नगर उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी दर्ता गराएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को पटक स्वत अध्यक्ष हुने व्यवस्था गरिएको छ । त्यसकारण वरिष्ठ उपाध्यक्षमा ...
  • एफएनसिसिआई चुनावमा नाडाका ४ जना उम्मेदवार Apr 1, 2017 Arthatantrafncci logo
    काठमाडौ। आसन्न नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनमा नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका तर्फबाट चार जना उम्मेदवार खडा भएका छन् । नाडाका पूर्व अध्यक्ष शेखर गोल्छा बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन भने अर्का पूर्व अध्यक्ष सौरभ ज्योतिले एसोसियट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । नाडाका वर्तमान अध्यक्ष अञ्जन श्रेष्ठले बस्तुगत तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन भने महासचिव कृष्णप्रसाद दुलालले एसोसियट ...