Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • के अब बीमा कम्पनीहरुको सेयरको बाढी आउला ? Mar 31, 2017 ArthatantraLife-Insurance share company
    काठमाण्डौं । बीमा कम्पनीहरुको चुक्तापूँजी बढाउने बारेमा लामो समयदेखि  चर्चा चल्दै आएकोमा  बीमा समितिले बीमा कम्पनीहरुको नयाँ चुक्ता पूँजीको सिमा तोकेको छ ।  बीमा समितिले शुक्रबारबाटै लागु हुनेगरी नयाँ चुक्तापूँजी निर्धारण गरेको हो । समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी चार गुणाले बढाउने निर्णय गरेको हो । समितिले जीवन बीमा कम्पनीहरुको दुई अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुको एक अर्ब चुक्तापूँजी ...
  • थाहा पाउनुस्, इन्स्योरेन्स कम्पनीले दिँदैछ ८ प्रतिशत बोनस र नगद लाभां… Mar 30, 2017 Arthatantrainsurance
    काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले आठ प्रतिशत बोनस सेयर र उक्त बोनसको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको छ । आज बिहीबार बसेको संचालक समिति बैठकले गरेको यो निर्णयलाई बिमा समिति र कम्पनीको आउँदो साधारणसभाबाट पारित गर्नुपर्नेछ । त्यसपछि मात्र उक्त बोनस र नगल लाभांश लगानीकर्ताले पाउने छन् । कम्पनीको पुस मसान्तसम्म ...
  • जर्मन विकास बैंकद्धारा सहयोग रोक्ने चेतावनी Mar 30, 2017 ArthatantraJarman Sahayog
    काठमाडौ । जर्मन विकास बैंकले नगर विकास कोषमा नियमविपरित अध्यक्ष नियुक्त गरेको भन्दै निर्णय नसच्याए सबै सहयोग रोक्ने चेतावनी दिएको छ । मन्त्रिपरिषदले गत फागुन १७ गते प्रतिष्ठा कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक ध्रुव रिजाललाई कोषको अध्यक्षमा नियुक्त गरेको थियो । नगर विकास कोषका कर्मचारीले कोषको अध्यक्षमा राजनीतिक नियुक्ति गरिएको भन्दै अध्यक्ष बहिष्कार गरेका छन् । मंगलबार दिउसो केहि व्यक्तिहरुको साथमा पदबहाली ...
  • नेपाल निर्माण व्यवसायी महासंघद्धारा आन्दोलनको घोषणा Mar 29, 2017 ArthatantraPress release PP
    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघलाई वेवास्ता गरी गत २०७३/९/८ मा सार्वजनिक खरिद नियमावली, २०६४ मा चौथौं संशोधन भएको ३ महिना पनि व्यतित नहुँदै नेपाल सरकारले व्यवसायी तथा समग्र मुलुककै अहित हुने गरी २०७३/११/२६ मा पुनः पाँचौं संशोधन गरेकोमा कडा आपत्ति जनाउँदै महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघले बुधवार आफनो कार्यालयमा पत्रकार सम्मेलन गरी व्यवसायीका मागहरु पूरा नभएकाले आन्दोलनमा जानुको ...
  • फिनल्याण्ड नेपालसँग विकासमा साझेदारी र सुद्दृढ व्यापार गर्न चाहने Mar 29, 2017 Arthatantranepal chember 1
    काठमाडौ। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत प्रतिष्ठित उद्योगी व्यवसायीहरुसंग चेम्बर भवन कान्तिपथमा फिनल्यान्डका राजदूत जोरमा सुभान्तोसँगै आएको प्रतिनिधिमण्डलसँग ‘फिनल्यान्डसंग व्यापार’ विषयक सेमिनारको आयोजना भयो । मंगलबार भएको उक्त कार्यक्रममा चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले स्वागत गर्दै नेपालको भौतिक निर्माण, पर्यटन, कृषि, जलबिद्युत् क्षेत्रमा फिनल्यान्डका उद्योगी व्यवसायीहरुले लगानी गरेर फाइदा उठाउन सक्ने भएकाले लगानी गर्न ...
  • अब समयमा इन्धन आपूर्ति नभए नेपालले आईओसीलाई मुद्दा हाल्न पाउने Mar 28, 2017 ArthatantraNOC
    काठमाण्डौं । इन्डियन आयल कर्पोरेन (आईओसी) ले कबोल गरेको गुणस्तर र परिमाणमा इन्धन आपूर्ति नगरे नेपालले मुद्दा हाल्न पाउने भएको छ । भारतको नयाँ दिल्लीमा सोमबार भएको नेपाल आयल निगम र आईओसीबीचको इन्धन आपूर्ति सम्झौता नवीकरणमार्फत यस्तो व्यवस्था गरिएको छ । आपूर्ति मन्त्री दीपक बोहोराले पाँच वर्षका लागि भएको इन्धन आपूर्ति सम्झौता नवीकरणमा नेपालले आईओसीबिरुद्ध सिंगापुरको अदालतमा मुद्दा हाल्न पाउने व्यवस्था ...
  • बिनोद चौधरी भन्छन्, मेरो पास्ट, प्रिजेन्ट र फ्युचर सबै नेपाल नै हो, ५०… Mar 28, 2017 ArthatantraBinod Chaudhary at his office in Kathmandu.
    काठमाण्डौं । चौधरी समूहले तीन वर्षमा स्वदेशमा ५० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । यो लगानीले साढे दुई हजार व्याक्तिका लागि रोजगारी थपिनेछ। समूहका अध्यक्ष विनोद चौधरीले समूहले विश्वव्यापी रुपमा लगानी गरे पनि लगानीको केन्द्र नेपालनै रहने बताएका छन् । ‘नेपालको कम्पनीले विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाणित हामीले गरेका छौ’ उनले भने, ‘ म जहाँ गएपनि नेपाल ...
  • भक्तपुरमा १२ दिने बृहत औद्योगिक मेला हुने Mar 27, 2017 Arthatantrabackdrop 1
    भक्तपुर । नयाँवर्षको अवसरमा भक्तपुरमा ‘तेश्रो भक्तपुर औधोगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३।७४’ को आयोजना गर्ने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले आयोजना गर्ने मेला आगामी चैत्र २२ गतेदेखि बैशाख २ गतेसम्म १२ दिने मेला आयोजना हुने भएको हो । संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध ...
  • आजबाट खुल्यो ९ लाख कित्ता हकप्रद सेयर, बैशाख १७ सम्म भर्न मिल्ने Mar 27, 2017 ArthatantraRight Share
    काठमाण्डौं । नेरुडे लघुवित्त विकास बैंकको ५० प्रतिशत हकप्रद चैत १४ गते सोमबारदेखि खुला भएको छ । कम्पनीले २ः१ अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको ९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी काठमाडौं तथा नेरुडे लघुवित्तको कार्यालय विराटनगर मोरङबाट आवेदन ...
  • हाम्रो पुरै प्यानलले महासंघको चुनाव जित्छ ! Mar 26, 2017 Arthatantraumesh-Lal Shrestha
    ४० वर्षको व्यवसायीक अनुभव र ९ वर्ष नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा रहेर कार्य गरिसकेका उमेशलाल श्रेष्ठले आगामि नयाँ कार्यकारिणी समितिको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा समूहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । हाल महासंघको उद्योग समितिको सभापतिसमेत रहेका श्रेष्ठ उद्योगी व्यवसायीको समस्या समाधान गर्दै आर्थिक समृद्धिका लागि अगाडि बढ्ने योजना सहित आफूले उम्मेदवारी दिएको दाबी गर्छन् । ...