Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य Oct 26, 2017 Arthatantrabiratnagar-jute-mill
    काठमाडौ । उद्योग मन्त्रालयले करिब २० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य गरिरहेको छ । सो मन्त्रालयले मिल सञ्चालनका लागि अर्थ मन्त्रालयसँग रु २५ करोड ऋण माग गरी प्रारम्भिक चरणमा सञ्चालनका लागि कार्य अगाडि बढाएको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिए । करिब रु एक अर्ब ५५ लाख ऋण लिएको मिलले त्यसको सावा र ब्याज तिर्न बाँकी छ ...
  • औद्योगिक ग्रामका लागि भकुण्डेबेँसी क्षेत्रमा स्थलगत अध्ययन शुरु Oct 25, 2017 ArthatantraBP Rajmarga
    काभ्रे । उद्योग मन्त्रालयले बिपी राजमार्ग कोरिडोरमा औद्योगिक ग्रामको सम्भाव्यताका लागि भकुण्डेबँेसी क्षेत्रमा स्थलगत अध्ययन शुरु गरेको छ । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा सिन्धुली, रामेछाप तथा ललितपुर र भक्तपुरबाट नजिक पर्ने भएकाले ठुलो सम्भाव्यता देखिएको छ । उद्योग राज्यमन्त्री रेशम लामाको नेतृत्वमा मन्त्रालयका सचिव, सहसचिवसहितको समूहले त्यस क्षेत्रमा आज औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन तथा स्थानीयको सुझाव संकलन ...
  • कार्तिक १४ भित्रमा सेयर किन्नुहोस् र पाउनुहोस् २०% बोनसका साथमा ३५% हक… Oct 24, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । सिद्धार्थ इन्स्योरेन्सले कार्तिक २९ गते साधारण सभा बोलाएको छ । कम्पनिले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनिको कात्तिक १ गते बसेको १२३ औ संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीबाट ३५ प्रतिशत हकप्रद बिक्रि ...
  • तपाईसँग कति कित्ता सेयर छ ? २ कम्पनीले दिंदैछन् क्रमशः २०% र १५% बोनस Oct 23, 2017 Arthatantrabonus01
    काठमाडौ । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । उता सोल्टी होटलले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ६.०५३ प्रतिशत नगद ...
  • कवाडी बटुलेरै नेपालबाटै करोड Oct 22, 2017 Arthatantrakawadi bebasayii
    मोरङ । पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी नेपालमै पैसा कमाएर घरजम चलाइरहेका छन् । कवाडी साट्न ल्याइएका सामग्री र साटेको कवाडीसमेत चोरबाटो भएर भारततर्फ लैजाँदा उनीहरूले मनग्य आम्दानी गर्न सफल भएका छन् । ...
  • ह्वात्तै बढ्यो ढाकाको व्यापार Oct 20, 2017 Arthatantranepali-dhaka
    पाँचथर । तिहारको समयमा जिल्लामा ढाकाको व्यापार ह्वात्तै बढेको छ । ढाकाबाट बनेको टोपी, मखलर, कुर्तासुरुवाल, सारी, ब्लाउज, पछ्यौरा, चौबन्दी, सर्ट लगायतका कपडाको व्यापार बढेको हो । अरू समयमा मुस्किलले महिनामा रु ५० हजारदेखि रु एक लाखसम्म ढाकाका सामान बिक्री हुने भए पनि तिहारको समयमा दैनिक रु ५० हजारको हाराहारीमा सामान बिक्री भएको फिदिम बजारस्थित ‘प्रतिमा ढाका पसल’का सञ्चालक तिवेन्द्र राना ...
  • चितवनको पर्यटकीय प्रचारप्रसार सीमावर्ती भारतीय शहरमा Oct 20, 2017 Arthatantrasauraha
    चितवन । मुलुकको तेस्रो ठूलो पर्यटकीय गन्तव्य सौराहाका व्यवसायीले मित्रराष्ट्र भारतसँग सीमा जोडिएका शहरमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्ने भएका छन् । भूकम्प, नाकाबन्दी हुँदै नारायणगढ–मुग्लिन सडकका कारण पर्यटन व्यवसाय खस्किएपछि सीमा जोडिएका देशमा यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गरी पर्यटक भित्र्याउने रणनीतिमा उनीहरु लागेका हुन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार नेपाल पर्यटन बोर्डको सहयोगमा भैरहवा ...
  • मेरो लगानी डटकमद्धारा डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक,लगानी सम्बन्ध… Oct 18, 2017 Arthatantra????????????????????????????????????
    काठमाडौ । समग्र आर्थिक क्षेत्र र विशेषगरी शेयरबजारको बिषयमा खबर पस्किंदै आएको मेरो लगानी डटकम दशौं बर्षमा प्रवेश गरेको छ । सन् २००७ अक्टोवरबाट सुरु भएको मेरो लगानी डटकमले सोमवार एक कायृक्रम गरी दशौँ वर्षगाठ मनायो । दशौं बार्षिक उत्सवको अवसरमा मेरो लगानी डटकमले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक गरेको छ । साथै उक्त कार्यक्रममा मेरो लगानीले आफ्नो सहप्रकाशन नेपाल जर्नल ...
  • २ कम्पनीको १२५% र १००% प्रतिशत हकप्रद भर्ने म्याद धेरै छैन,चाँडै भरिहा… Oct 16, 2017 ArthatantraShare rights
    काठमाडौ । बेष्ट फाइनान्सले १२५ प्रतिशत हकप्रद भर्ने म्याद १५ दिन थप गरेको छ । फाइनान्सले सुरुमा भदौ २७ देखि असोज ३० गते सम्मका लागि १ः१.२५ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर यो अवधिमा दसैैंको लामो बिदा परेकाले लगानीकर्ताको आग्रहमा म्याद थप गरेको फाइनान्सले जनाएको छ । यसआधारमा अब बेष्टको हकप्रद कात्तिक १४ गतेसम्म भर्न सकिनेछ । यस ...
  • लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित Oct 15, 2017 Arthatantralekhnath-chamber-of-commerce
    पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी ८२४ मत प्राप्त गरी निर्वाचित भएका छन् । संघको ११औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतपरिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी वसन्तमोहन भट्टराईले ३१७ मत प्राप्त गरेका थिए । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा बलराम ढकाल, प्रथम उपाध्यक्षमा छत्रधर आत्रेय, द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा भरतकुमार अधिकारी, उपमहासचिवमा गोपीचन्द्र बाँस्तोला, कोषाध्यक्षमा राजेन्द्र ...