Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायी कारबाहीमा Feb 9, 2017 Arthatantragold price design nepal
    सप्तरी। विराटनगरस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको एक टोलीले सप्तरीको राजविराजमा नापतौलमा ठगी गर्ने आधा दर्जन सुनचाँदी व्यवसायीलाई कारबाही गरेको छ । कार्यालय प्रमुख मनिष दासका अनुसार राजविराजस्थित गरगहना पसलमा अनुगमन गर्दा यहाँ रहेका आधा दर्जन पसलका नापतौलमा कमी गरेको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गरिएको हो । कारबाहीमा परेका राजविराज–१ माँ भगवती ज्वेलर्स, श्री गणेश ज्वेलर्स, न्यू जगदम्बा ज्वेलर्सका व्यवसायी तथा ...
  • टेलिकमले कमायो ६ महिनामा आठ अर्ब खुद नाफा Feb 9, 2017 Arthatantranepal telecom
    काठमाण्डौं । देशको प्रमुख टेलिकम्युनिकेशन सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले चालु आर्थिक बर्षको पहिलो छ महिनामा सात अर्ब ९१ करोड खुद नाफा कमाएको छ । उसले गत बर्षको दोस्रो त्रैमासको तुलनामा ६४ अर्बले खुद नाफा बढाउँदा प्रतिसेयर आम्दानी १०५.५८ पुगेको छ । गत बर्षको दोस्रो त्रैमाससम्म ९६ रुपैयाँ प्रति सेयर आम्दानी रहेको कम्पनीले प्रति सेयर आम्दानी १० रुपैयाँले बढाएको छ । ...
  • भैरहवामा राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक व्यापार मेला Feb 8, 2017 Arthatantramela photo
    भैरहवा । मंगलबारदेखी भैरहवामा सञ्चालित राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक व्यापार मेला–२०७३ को यस क्षेत्रकै सांसद तथा आपूर्ति मन्त्री दीपक बोहोराले उद्घाटन गरेका छन् । मेलाको उद्घाटन गर्दै मन्त्री बोहोराले भैरहवामा स्थायी मण्डप खोजी गरी निर्माण कार्यमा पहल गर्ने बताएका छन् । उनले स्थायी मण्डप नहुँदा भैरहवामा प्रदर्शनी तथा विभिन्न सभा समारोह गर्न कठिनाई भएको बताए । मन्त्री बोहोराले आफूले यस ...
  • ४९ लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत,हेर्नुहोस् कुन–कुनका परे ? Feb 8, 2017 ArthatantraShare Listed
    काठमाडौ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा चार वटा कम्पनीको बोनस सेयर ४९ लाख २८ हजार छ सय ६८ दशमलव सात कित्ता बोनस सेयर सूचिकरण गरिएको छ । तीन वटा विकास बैंक र एउटा बीमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिएको बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत भएको हो । बुधबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० लाख ५७ हजार तीन ...
  • कुलमान घिसिङ भन्छन्,तीन वर्षमा १२ सय मेगावाट बिजुली थपिन्छ ! Feb 8, 2017 ArthatantraKulman Ghising, Nepal Electricity Authority
    तीन वर्षभित्र कम्तिमा १२ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले बनाइरहेका जलविद्युत आयोजना पुरा भएर तीन वर्षमा १२ सय देखि १५ सय मेगावाट बिजुली थपिने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। नेपालीहरुको लगानीमा माथिल्लो तामाकोशी (४५६ मेगावाट) आयोजना निर्माणाधीन छ। डेढ वर्षभित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्य छ। ‘कुलेखानी तेस्रो, ...
  • क्रसर उद्योग ठप्प पारी व्यवसायीहरुमाथि अनुसन्धान हुँदै Feb 8, 2017 Arthatantracrosser-file photo
    नवलपरासी। नवलपरासीका क्रसर व्यवसायीहरुले जिल्ला विकास कार्यालय नवलपरासीमा नदीजन्य वस्तुको स्रोत खुलाएर प्रतिवेदन बुझाएका छन् । एक साता अगाडि जिविसले क्रसर व्यवसायीलाई खोलाको स्रोत खुलाउन निर्देशन दिएको थियो । जिल्लामा सञ्चालित १२ क्रसर व्यवसायीले संयुक्तरुपमा बुझाएको प्रतिवेदनमाथि अनुगमन तथा छानविन समितिले अध्ययन,अनुसन्धान गर्ने स्थानीय विकास अधिकारी युवराज कट्टेलले जानकारी दिएका छन् । जिविसले  छानविन नगरेसम्म जिल्लाका क्रसर उद्योग ठप्प रहने उनले ...
  • अनिवार्यरुपमा सबै मन्त्रालयले स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्ने Feb 7, 2017 Arthatantramade in nepal
    काठमाडौ । सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सार्वजनिक निकायबाटै यसको उपयोग अनिवार्य गरेको छ । सुरुमा मन्त्रालय र मातहतका सार्वजनिक निकायबाट स्वदेशी वस्तुको उपयोग गर्दै सवै कार्यालयसम्म पुग्ने लक्ष्य सरकारको छ । ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१’ ले तुलनात्मक रूपमा महँगो भएपनि स्वदेशी वस्तुकै उपयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । निर्देशिका कार्यान्वयन हुन नसक्दा लघु, घरेलु तथा ...
  • नूनको भाउ बढ्दै, हेर्नुहोस् कति पुग्दैछ एक प्याकेटको ! Feb 6, 2017 Arthatantrasalt
    काठमाण्डौं । नूनको आयात तथा देशभरी वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोेरेशन लिमिटेडले नूनको मूल्य समायोजन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ। भारतको गुजरातबाट नूनको आयात गर्दै आएको लिमिटेडले लागत नै २१ रुपैंयाँ प्रति प्याकेट पुगिसकेको भन्दै हाल उसले बेच्दै आएको १६ रुपैंयाँ ५० पैसाबाट बढाएर २६ पु¥याउन आपूर्ति मन्त्रालयसँग माग गरेको छ । सरकारको स्वामित्वमा रहेको संस्थानले अर्थ र स्वास्थ्य ...
  • चौधरी ग्रुप र निम्बसले युवामा नयाँ उद्यमशिलता विकासमा लगानी गर्ने Feb 5, 2017 ArthatantraChaudhari and nimbus
    काठमाडौं । चौधरी ग्रुपको सिजि कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले ४ सय भन्दा बढी उद्यमशिलतामा प्रवेश गर्न चाहने युवालाई सम्बोधन गर्दै नेपालमा नयाँ युवा उद्यमीहरुका व्यवसायिक योजनामा आफुहरुले व्यक्तिगत र संस्थागत रुपमा लगानी गर्ने घोषणा गरेका छन् । हिमालयन क्लाईमेट इनिसिएटिभले काठमाडौंमा आयोजना गरेको फाइनान्स योर ड्रिम कार्यक्रममा बोल्दै आनन्द बगरिया र निर्वाण चौधरीले ...
  • प्रिपेडमा पनि सुरु भयो नेपाल टेलिकमको फोर जी Feb 5, 2017 Arthatantranepal telecom
    काठमाण्डौं । नेपाल टेलिकमले हिजो शनिबारदेखि प्रिपेडमा पनि फोरजी सेवा संचालनमा ल्याएको छ । टेलिकमका काठमाण्डौं  र पोखराका प्रिपेड ग्राहकले शनिबारदेखि फोरजी सेवा प्रयोग गर्न पाएका छन् । प्रिपेड ग्राहकका लागि टेलिकमले एक सय एमबि डेटा निशुल्क पाउनेछन्। टेलिकमले माघ २२ देखि २७ गतेसम्मका लागि प्रिपेड ग्राहकले दैनिक एकसय एमबि डेटा दिनेछ। टेलिकमले शनिबारदेखि कलर रिङ व्याक टोन ९सिआरविटी० सेवाको पुन ...