Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली नेपालमा, बैंकका अधिकारीहरुसँग भेटघाट… Jan 13, 2017 ArthatantraInternational_Monetary_Fund_logo.svg
    काठमाण्डौं । नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको अध्ययन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को टोली नेपाल आएको छ। टोलीले नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग भेटघाट तिब्र पारेको छ। जेरार्ड जे. अलमेकिन्डर्सको नेतृत्वमा सात सदस्यीय टोली ‘आर्टिकल-IV’ मिसनका लागि नेपाल आएको हो। उनीहरु १३ दिनसम्म नेपालमा रहने छन्। आइएमएफले आफ्ना सदस्य राष्ट्रहरुमा हरेक बर्ष त्यहाँको वस्तुस्थिति बुझेर उपयुक्त राय बनाउन टोली पठाउने गरेको छ। ...
  • सिमेन्ट उद्योगको धुवाँ, धुलो र ध्वनि प्रदुषणपछि के भयो ?, हेर्नाेस् ! Jan 12, 2017 ArthatantraCement industry file photo
    झापा। झापा दुहागढीमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगलाई ६ महिनाभित्र व्यवस्थित गर्न सम्बन्धित उद्योगीले प्रतिबद्धता जाहेर गरेका छन् । उत्पन्न विवाद मिलाउन नव सिर्जनशील युवा समाज दुहागढीले बुधबार आयोजना गरेको छलफलमा उद्योगीले यस्तो प्रतिबद्धता जनाएका हुन् । दुहागढी–१ मा हिमालयज सिमेन्ट उद्योग र दुहागढी–३ मा गोरखकाली सिमेन्ट उद्योग व्यवस्थित नहुँदा त्यहाँबाट निस्किएको धुवाँ, धुलो र ध्वनिले आक्रान्त बनेका स्थानीयवासी आन्दोलित भएपछि युवा ...
  • के तपाई घर बनाउँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् कुन बैंकले कति ब्याज दिन… Jan 12, 2017 ArthatantraHouses Small
    काठमाण्डौं । एउटा सुन्दर घर बनाउने सबैको सपना हुन्छ। तर उपत्यकाजस्तो स्थानमा घर बनाउन त्यत्ति सजिलो भने छैन। सानो ४ कोठाको घर बनाउन पनि ३५-४० लाख खर्च लाग्ने घर व्यवसायीहरु बताउँछन्। पहिले–पहिले मानिसहरु आफुसँग पैसा भए मात्र घर बनाउन आँट्थे। साहुसँग ऋण लिएर पनि घर बनाउथेँ तर अहिले बैंकले सहज रुपमा ऋणको व्यवस्था गरेपछि मानिसहरु त्यतातिर आकर्षित भएका छन्। नेपालमा बैंक ...
  • चेम्बर दिवसमा प्रधानमन्त्रीले भने निजी क्षेत्रसँगको सहकार्यमा मात्र आर… Jan 11, 2017 ArthatantraChember day
    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको सहकार्य विना सरकारको एकल प्रयासले आर्थिक विकास सम्भव नहुने भएकोले योजना बनाउंदा निजी क्षेत्रसंग सहकार्य गरेर मात्र अगाडि बढ्ने बताएका छन् । नेपाल चेम्वर अफ कमर्सको ६६औं वार्षिक साधारण सभा एवं चेम्वर दिवस २०७३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सरकारको ध्यान दलहरुबीच राजनैतिक समझदारी बनाउने र निजी क्षेत्रको सहकार्यमा तिव्र आर्थिक विकास गर्ने ...
  • योग्यता थाहा पाउनुहोस् र प्राधिकरणमा जागिर खानुहोस्, २७७ भित्र पर्नुहो… Jan 11, 2017 Arthatantravacancy
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले २७७ जना कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ । प्राधिकरणले अघिकृत स्तर ९तह ९ सम्म० देखि ड्राइभर (तह ३) सम्म गरी २७७ कर्मचारी माग गरेको हो। प्राधिकरणले उप–निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, समाजशास्त्री, सर्भे अधिकृत लगायत पदमा ५८ जना कर्मचारी माग गरेको छ । साथै, सहायक स्तरमा मिटर रिडिङ सुपरभाइजर ...
  • हेटौंडा नयाँ औद्योगिक क्षेत्र, काठमाण्डौंका सबै उद्योग अब त्यहाँ सारिन… Jan 10, 2017 Arthatantraindustry_zone
    काठमाण्डौं । सरकारले हेटौंडाको मयुरधापमा निर्माण गर्न लागेको नयाँ औद्योगिक क्षेत्रमा काठमाडौंका उद्योग स्थानान्तरण गर्ने तयारी गरेको छ। काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग हेटौँडा सार्ने तयारी थालिएको हो। काठमाडौंको बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका औद्योगिक प्रतिष्ठान हेटौँडाको मयुरधापमा स्थानान्तरण गर्न सरकारले अध्ययन गरिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए।  पाटन र भक्तपुरको ...
  • सेयर बजारमा तपाई कुन वर्गको कम्पनीमा लगानी गर्दैहुनुहुन्छ ? Jan 9, 2017 Arthatantrashare market bull and bear
    काठमाण्डौं । अहिले नेपाल स्टक एक्सचेन्जले सेयर कारोबारका लागि सूचीकृत भएका कम्पनीहरूसँग उनीहरुको विवरण माग गरेको छ । नेप्सेले कम्पनीको वर्गीकरण गर्नका लागि आवश्यक विवरण मागेको हो । नेप्सेले मागेको विवरण बुझाएपछि नेप्सेले तोकेको मापदण्ड पुरा गरेका कम्पनीलाई क वर्गमा वर्गिकरण गर्न सक्नेछ । क वर्गमा पर्न चुक्ता पुँजी कम्तिमा दुई करोड रूपैयाँ भएको, साधारण सेयरधनी संख्या कम्तिमा एक हजार जना ...
  • अब नेपाल टेलिकममा पनि १० रुपैयाँसम्म ब्यालेन्स लोन लिन पाइने Jan 9, 2017 Arthatantranepal telecom
    काठमाण्डौं । नेपाल टेलिकमले प्रिपेड मोवाइलका ग्राहकलाई ‘क्रेडिट ब्यालेन्स’को सुविधा दिने भएको छ। टेलिकमले केही दिनभित्रै यो सुविधा ल्याउने जानकारी दिएको छ। ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ । पोखरा उपमहानगरपालिका–१८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेञ्ज सेवाको उद्घाटनको अवसरमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले यो जानकारी दिएकी हुन्। ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै ...
  • ८ लाख ४६ हजार ७९१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत Jan 9, 2017 Arthatantrabonus share stock market
    काठमणडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेडकोे ८ लाख ४६ हजार ७९१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको झण्डै एक बर्ष अघि पारित गरेको  बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा बल्ल सुचिकृत भएको छ  । इन्स्योरेन्सले गत बर्ष २३.७५ प्रतिशत बोनस प्रदान गरेको थियो । सगरमाथा इन्स्योरेन्स ४४ करोड १२ लाख चुक्ता पूँजी रहेको कम्पनी हो । कम्पनीले चालु ...
  • प्राधिकरण भन्छ,बिद्युत् आपूर्तिमा यसरी भयो समस्या ! Jan 8, 2017 ArthatantraTransmission line
    काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनपुग्यो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२/६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज रिलेमा अचानक प्राविधिक गडबडीले समस्या उत्पन्न भएको जानकारी दिएका छन् । प्राधिकरणको प्राविधिक टोली समस्या समाधानमा जुटिरहेको जानकारी दिँदै प्रवक्ता अधिकारीले सो ...