Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • याक एण्ड यती होटलले कर तिर्न अटेर गरेपछि महानगपालिकाले कारवाही थाल्यो Dec 14, 2016 Arthatantrayak-and-yeti hotel
    काठमाण्डौं । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ। अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी गराएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ ९२० बमोजिम पहिलो चरणमा कामपाबाट उक्त ...
  • १८ प्रतिशत बोनसको यो अवसरमा तपाई पर्नु भयो कि भएन ? Dec 13, 2016 Arthatantrabonus share
    गोरखा । मनास्लु विकास वैक लिमिटेड गोरखाले आफ्नो स्थापनाको छैटौं बार्षिकोत्सव गोरखामा विविध कार्यक्रमहरुको आयोजना गरि मनाएको छ । साथै बैंकले १८ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त बोनस सेयर वितरण पश्चात् बैंकको चुक्तापुँजी ३० करोड ८३ लाख पुग्नेछ । बैंकले पोखरा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलप्मेण्ट बैंक विच एक आपसमा मर्जर गर्ने सम्वन्धमा हस्ताक्षर गरी मर्जर प्रक्रियामा ...
  • मिथिला चित्रकलाको सहाराले महोत्तरीकी सुनैनाले जितिन् अमेरिकाको अवार्ड Dec 13, 2016 Arthatantramithila-chitrakala
    महोत्तरी । वर्षौंसम्म घुम्टोभित्रै सीमित भएर जीवन जिउने मधेसी महिलाका लागि महोत्तरीकी सुनैना ठाकुर एक उदाहरणीय पात्र बनेकी छिन्। मिथिला चित्रकलाको सहाराले अमेरिकाको न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अवार्डस् द फेस अफ पिस’को उपाधिबाट सम्मानित भएपछि उनी मधेसी महिलाका लागि उदाहरणीय नामका चिनिएकी हुन्। जिल्लाकै सुगाभवानीपट्टिकी ३२ वर्षीया गृहिणी सुनैनालाई मधेसी महिलाका लागि चिनारीका रुपमा परिचित हुनका लागि भने सहज थिएन। उनी वर्षौंसम्म ...
  • पन्ध्र सय सेयर सदस्य भएको संस्थालाई बचाउन सरकारले दिने भो ३० करोड ! Dec 12, 2016 Arthatantranepali rupees
    काठमाण्डौं  । सरकारले आर्थिक रुपमा जर्जर भएको साझा प्रकाशन बचाउन ३० करोड  दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले १० करोड अनुदान र २० करोड ऋण गरी  ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । करिब एक हजार ५०० स्रष्टा सेयर सदस्य रहेको साझा प्रकाशनका कर्मचारीले विगत छ महिनादेखिको तलब नपाएको गुनासो गर्दै आएका छन् । विगतमा ...
  • डेढ महिनाभित्रै सगुनले निकाल्दै मिनी आइपिओ, सामाजिक सञ्जालकै इतिहासमा … Dec 12, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । अमेरिकामा रहेका नेपालीले शुरु गरेको कम्पनी सगुनले सामाजिक सञ्जालकै इतिहासमा पहिलोपटक मिनी आइपिओमार्फत लगानी जुटाउने भएको छ । मिनी आइपिओमार्फत लगानी जुटाउने सगुन नेपालीहरुले शुरु गरेको पहिलो मात्र नभइ सामाजिक सञ्जालका रुपमा पहिलो ग्लोवल कम्पनी पनि हुने भएको हो । सामाजिक सञ्जालकै क्षेत्रमा सगुन रेगुलेसन ए प्लसु मार्फत लगानीको अवसर दिने बिश्वकै पहिलो कम्पनी हुने तयारीमा छ । अमेरिकी ...
  • तपाई लगानीकर्ता हो ? यो पढ्नुहोस् सरकारले सहुलियत सेवा उपलब्ध गराउने Dec 11, 2016 Arthatantraindustrial Zone 1
    हेटौँडा। उद्योगमन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक समृवृद्धिका लागि निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापनाका लागि सहुलियत दिन सरकार कटिवद्ध रहेको बताएका छन् । हेटौँडा सिमेन्ट उद्योगको ३१ औं वार्षिकोत्सव समारोहमा उनले सरकारको स्वामित्वमा रहेका बन्द उद्योगलाई आधुनिककरण गर्न नसक्दा आर्थिक सङ्कट व्यर्होनु परेको बताए । मन्त्री जोशीले बन्द उद्योगलाई सरकारले विभिन्न निकाय मार्फत् सञ्चालन गर्ने प्रक्रिया सुरु गरिसकेको र ती उद्योगलाई क्रमशः आत्मनिर्भरतर्फ ...
  • चीनियाँ रिपोर्ट भन्छ, नेपालको दैलेखमै एलपी ग्याँसको खानी, डाइरेक्ट सिल… Dec 11, 2016 Arthatantrashreesthan navisthan
    काठमाण्डौं । नेपालमा पनि लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको पुष्टि भएको छ । दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खननको सम्भावना रहेको चिनियाँ सहयोगमा गरिएको सरकारी स्तरको अध्ययनले देखाएको हो । गतवर्ष नाकाबन्दीका समयमा भारतले एलपी ग्यासको आपूर्तिमा समस्या सिर्जना गरेपछि केपी ओली नेतृत्वको सरकारले नेपालमा पेट्रोलियम पदार्थ र ग्यासको अध्ययन गर्न चीनलाई निम्तो दिएको थियो । त्यसैका आधारमा चिनियाँ टोलीले ...
  • औद्योगिक ग्रामको आवश्यकता किन ? Dec 10, 2016 Arthatantraindustrial Zone
    खोटाङ। खोटाङमा औद्योगिक ग्राम स्थापनाका लागि स्थलगत अध्ययन सुरु गरिएको छ । विभिन्न स्थानमा छरिएर रहेका घरेलु तथा साना उद्योगलाई एउटै थलामा ल्याएर एकीकृत रुपमा सञ्चालन गर्ने उद्देश्यले स्थापना गर्न लागिएको औद्योगिक ग्रामका लागि स्थलगत अध्ययन सुरु गरिएको हो । औद्योगिकग्रामका लागि आवश्यक पर्ने जग्गा, पानी, विद्युत् र सहरीकरणको सम्भावनाका विषयमा अध्ययन थालिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ खोटाङका अध्यक्ष रामबहादुर ...
  • थाहा पाइराख्नोस्,धितोपत्रको निर्देशनपछि ६७,७६७ कित्ता एफपिओको मूल्य यस… Dec 9, 2016 Arthatantrafpo
    काठमाडौ । नेपाल एसबीआई बैंकले पहिले प्रस्ताव गरेभन्दा १३ रुपैंया घटाएर अर्थात् एफपीओ भाउ घटाएर प्रतिकित्ता ९ सय ७१ रूपैयाँ कायम गरेको छ । यसअघि २८४ रुपैंया प्रस्ताव गरेकोमा बैंकको ४०१ औं बोर्ड बैठकले पुनः मूल्य परिमार्जन गरेको हो । धितोपत्र बोर्डको दिएको निर्देशन अनुसार भाउ घटाइएको बैंकले जनाएको छ । धितोपत्र बोर्डले एफपीओ मूल्य तय गर्ने नयाँ मापदण्ड बनाएसँगै ...
  • तपाईसँग कुन कुन कम्पनीहरुको सेयर छ ? एकपटक यो पढ्नुहोस् Dec 9, 2016 Arthatantrashare market confusion
    काठमाण्डौं । तपाई सेयर बजारको लगानीकर्ता हो ? यदि हो भने तपाईसँग कुन कुन कम्पनीको सेयर छ ? अहिले सेयर बजारमा हकप्रदको लहड चलिरहेकोछ । पुँजी बृद्धिका लागि कम्पनीहरुले हकप्रद सेयर बजारमा ल्याइरहेका छन् । अझै बजारमा साँढे चार अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर आउँदैछ । कतै तपाईले सेयर लिनुभएको कम्पनीको पनि हकप्रद आउँदै त छैन ? धितोपत्र बोर्डमा हकप्रद सेयर ...