Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
उद्योग / वाणिज्य
  • बैंकको ५०% हकप्रद खुल्यो,कहाँ–कहाँबाट आवेदन दिने ? Nov 6, 2017 Arthatantraright issue share
    काठमाडौ । माउण्ट मकालु डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। माउण्ट मकालु डेभलपमेन्ट बैंकले प्रति साधारण शेयर एक सय रुपैयाँको दरमा तीन लाख ४५ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकले कात्तिक १६ गतेसम्म कायम भएका शेयरधनीहरुका लागि दुर्इ बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। बैंकको हकप्रद आवेदनका लागि मंसिर ७ देखि पुष १२ ...
  • बजार परिसूचक ह्वात्तै घटेर नेप्से १५ सय अंकभन्दा तल झरेपनि कमाउनेमा को… Nov 5, 2017 Arthatantrastop sign share market
    काठमाडौ । आइतबार सेयर बजार २६.३५ अंकले घटेर १४९६.४६ अंकमा झरेको छ । यसदिन व्यापारिकबाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह १५७.०६ अंकले घटेको छ । व्यापारिक समूह भने २.७ अंकले बढेको छ । परिसूचकमा उल्लेख्य गिरावट आएपनि कारोबार रकम भने बढेको छ । दिनभरिमा १५९ वटा कम्पनीको १५ लाख छ हजार चार सय चार कित्ता सेयर सात ...
  • महिला वर्गलाई आर्थिकरुपमा सशक्त बनाउन बेकरी तालिम Nov 3, 2017 Arthatantrabekary
    काठमाडौँ । मुलुकमा महिला वर्गलाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यले दक्षिण कोरियाको एशिया वुमन ब्रिज नामक संस्थाले विभिन्न परियोजना सञ्चालन गरेको छ । नेपालमा व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्यले उक्त विदेशी संस्थाले बेकरी तथा कुुकिज उत्पादनसम्बन्धी तालीम, सिलाइ–कटाइ र लैंगिक विभेद अन्त्यका लागि नेतृत्व विकासका कार्यक्रम सञ्चालनमा ल्याएको हो । महिला सशक्तीकरणका लागि कोरियामा स्थापना भएको सो ...
  • मंसिर १ देखि काठमाडौको भृकुटीमण्डपमा हस्तकला व्यापार मेला हुने Nov 2, 2017 Arthatantrahandicraft nepal
    काठमाडौ । नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १ गतेदेखि ५ गतेसम्म १५औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासंघले पत्रकार सम्मेलन गरी नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्नका लागि १५औँ हस्तकला मेला तथा १३औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो । सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा ...
  • २० प्रतिशत बोनस पछिको मूल्य समायोजन Nov 2, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। बिहीबार वोमी माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले माईक्रोफाइनान्सको २० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १५५० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १४२९ रुपैयाँ रहने भएको छ । प्रकाशित मितिः २०७४ कार्तिक १६
  • डिजेल,पेट्रोल र ग्यास सबैको मूल्य बढ्यो,कति पुग्यो ? Nov 2, 2017 Arthatantrapetrol-price-down
    काठमाडौ । नेपाल आयल निगम (एनओसीले) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराती १२ बजेबाट लागु हुने गरी खाना पकाउने एलपि ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एकै पटक बढाएको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा र मट्टीतेल १.५० रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार ...
  • २ कम्पनिको सेयर मूल्य समायोजन, हेर्नुहोस् कुनको कति ? Nov 1, 2017 Arthatantrashare price stock
    काठमाडौ। बुृधबार २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सिदार्थ इन्सुरेन्सको बोनस र भार्गव विकास बैँकको हकप्रद पछि सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सिदार्थ इन्सुरेन्सको २० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १२९५ रुपैयाँ रहने भएको छ ...
  • साधारण लगानीकर्ताहरु,डाटा एनालिटिक्सको नयाँ फिचरबारे जानकारी राख्नुहोस… Oct 31, 2017 ArthatantraMerolagani Data Analytics
    काठमाडौ । केही समय अघि सञ्चालनमा आएको मेरो लगानी डाटा एनालिटिक्स अनलाइन सफट्वेयरमा नयाँ फिचर थप गरिएको छ । साधारण लगानीकर्ताको हीतलाई ध्यानमा राखेर यस्तो फिचर थप गरिएको हो । यो फिचरबाट निश्चित समयमा कुनै सूचकमा कति परिवर्तन भयो र त्यसको असर क्षेत्रगत रुपमा कति पर्यो भन्ने देखाउँछ । डाटा एनालिटिक्समा थप गरिएको नयाँ फिचर स्टक सेन्सिटिभिटीले समुहगत सूचकका बारेमा लगानीकर्ताले ...
  • उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याजमा ऋण Oct 30, 2017 Arthatantramoney
    तेह्रथुम । जिल्ला युवा समितिको कार्यालयले तीनवटा युवा समूहलाई उद्यम व्यवसाय सञ्चालनका लागि बिना ब्याज ऋण प्रदान गरेको छ । सरकारको युवा उद्यम विकास कार्यक्रमअन्तर्गत समितिले जिल्लामा रहेका सहकारी मार्फतप्रति व्यक्ति रु ५० हजारका दरले तीन समूहका ३० जना युवालाई रु १५ लाख बिना धितो ऋण प्रदान गरेको हो । समितिले १६ वर्षदेखि ४० वर्ष ननाघेका युवालाई स्वदेशमै बसी कृषि क्षेत्रको ...
  • २ कम्पनीको सेयर मूल्य समायोजन भयो, हेर्नुहोस् कसको मूल्य कति ? Oct 30, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। सोमबार २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन नेपाल बङ्लादेश बैँक र सनराइज बैँकको बोनस पछि सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले नेपाल बङ्लादेश बैँककोे १२ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४३५ रुपैयाँ रहने भएको छ ...