Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • जलविद्युत आयोजनामा अब स्थानीयलाई लगानीको अवसर, १० प्रतिशत सेयर पाउने ! Nov 14, 2016 Arthatantrahydrodam
    काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय गरेको हो । प्राधिकरणले स्थानीयलाई पनि लगानीको अवसर दिने गरी आयोजनालाई अगाडि बढाउने तयारी गरेको हो । प्राधिकरणले आयोजनाका लागि ...
  • भारतमा देखियो बर्डफ्लुः ७५ अर्बको लगानी रहेको चितवनमा अब के होला ? Nov 13, 2016 Arthatantrabird_flu
    चितवन। भारतमा बर्डफ्लु देखिएसँगै देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र अन्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडी छिर्न नदिइएको बताए । दाउन्ने ट्रेडर्स प्रालिका प्रबन्ध निर्देशक विनोद पोखरेलले क्रेट, कार्टुन पहिलेदेखि नै नयाँ मात्रै प्रयोग हुँदै आएकामा यसलाई कडाइ गरिएको बताए । पोल्ट्रीजन्य ...
  • विप्लव माओवादीको बन्दले गाडी चलेन, सास्ती खेप्दै सर्वसाधारण Nov 13, 2016 Arthatantrastrike in road
    काठमाडौं । महङ्गी, भ्रष्टाचार नियन्त्रण तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै विप्लव नेतृत्वको नेकपा माओवादीको बन्दले राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । सडकमा सावारीका साधन चल्न सकेका छैनन् जसका कारण सर्वसाधारण पैदल हिँडेर आफ्नो गन्तव्य तर्फ लागेका छन् । सडक तथा चोकमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो देखिएको छ । बन्दकर्ताको उपस्थिति भने राजधानीका सडकमा देखिन्नन् । बन्दकाबीच साझा बस, मोटरसाइकल र ...
  • एफएनसिसिआईअध्यक्ष मुरारकाको जग्गामा माओवादीले झन्डा गाडे ! Nov 12, 2016 Arthatantrapasupati murarka
    काभ्रे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित जग्गामा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गाडेको झन्डा आज प्रहरीले हटाएको छ । अरुको जग्गामा माओवादीले जबर्जस्ती गर्न खाजेको भन्दै त्यहाँ गाडेको झन्डा हटाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । माओवादीले अरबौँको कर छली गरी मुरारकाले राष्ट्रिय हितविपरीत काम गरेको आरोप लगाउँदै महँगी बढाउने र ...
  • खुसीको खबर, अब घरजग्गाको नक्सापासदेखि सबै काम अनलाइनबाटै Nov 12, 2016 Arthatantraonline work
    काठमाडौ। पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले यसै सातादेखि विद्युतीय प्रणाली मार्फत सेवा सुरु गर्ने भएको छ । वडा नं  ३१ नं मा पहिलो पटक परीक्षणका रुपमा उक्त सेवा विस्तार गर्न लागिएको कामपा, सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाले जानकारी दिए । उनका अनुसार झन्डै एक महिनाको परीक्षणपछि अन्य सबै वडामा विद्युतीय प्रविधि जडान गर्ने तयारी हुँदैछ । कामपाका ...
  • बिनोद चौधरीले फेरि पाए अन्तर्राष्ट्रिय अवार्ड ! Nov 11, 2016 Arthatantrabinod chaudhary wai wai
    काठमाण्डौं । नेपालका एक मात्र डलर अर्बपतिका रुपमा परिचित चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड फोस्र्ट एण्ड सलिभनले ग्रोथ, इनोभेसन एण्ड लिडरसिप अवार्ड २०१६ द्वारा सम्मानित गरेको छ । फोस्र्ट एण्ड सलिभनले चौधरीको दृढता, लगनशीलता र नेतृत्वको कदर गर्दै नेपालको निजी क्षेत्र, स्वास्थ्य, शिक्षा, युवा सशक्तिकरण, र रोजगारीको क्षेत्रमा पुर्याएको योगदानको लागि सम्मान गरिएको बताएको छ । २६ कार्तिक  २०७३, ११।००
  • दुई कम्पनीले ल्याए हकप्रद सेयरको बहार, आजै बोर्डले दियो स्वीकृति ! Nov 10, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्स र नमस्ते वित्तीय संस्थालाई हकप्रद निष्काशनको स्वीकृति दिएको छ । २५ करोड रुपैंया चुक्ता पूँजी रहेको मञ्जुश्री फाइनान्सले १ सय ७५ प्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृति पाएको हो । हकप्रद निष्काशन तथा प्रस्तावित बोनस बितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ७१ करोड रुपैंया नाघ्नेछ । अहिले फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ४ सय १६ ...
  • डोनाल्ड ट्रम्प पुगे ह्वाइ हाउस,राताम्य भए सेयर बजार ! Nov 9, 2016 Arthatantrashare
    काठमाडौ । अमेरिकी राष्ट्रपति निर्वाचन परिणामले डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा विरासत जमाएपछि  अन्तर्राष्ट्रिय सेयर बजार प्रभावित हुन थालेको छ । निर्वाचण परिणमसँगै एसियाली बजार राताम्य भएका छन् भने युरोपेली बजारमा मिश्रित प्रभाव परेको छ । छिमेकी भारतको सेयर बजार भने बजार खुलेदेखि नै ओरालो लागेको छ । भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार सेन्सेक्स र निफ्टीमा तीन प्रतिशत हाराहारीमा गिरावट आएको छ । भारतको सेयर ...
  • तपाईलाई थाहा छ,नेपाली लोक्ताबाट बन्छ जापानी नोट ! ४ सय किलोको लोक्ता ज… Nov 9, 2016 ArthatantraJapanease currency
    पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका गाउँगाउँमा खेर गइरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन प्रयोग हुने गरेको छ । यो खबर थाहा पाएपछि त्यहाँका कृषक साह्रै हर्षित छन् । किनकि नब्बे रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढी मूल्यमा बिक्री हुन थालेपछि कृषकमा खुसीयाली छाएको हो । लोक्ताको माग बढेपछि पाँचथर जिल्लामा अहिले जापानिज प्रविधिमा अर्गेलीको ...
  • भृकुटीमण्डप जाऔं, घाम तापौँ माछा खाऔंँ Nov 8, 2016 Arthatantrafish
    काठमाडौ। मङसिर ९ गतेदेखि १३ गतेसम्म तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔं, स्वस्थ्य रहौं’ अभियानकासाथ उक्त महोत्सवको आयोजना हुन लागेको हो । पत्रकार सम्मेलन गरि संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले महोत्सवमा टिकट प्राप्त गर्नुहुनेका लागि निःशुल्क खाजा कक्ष, परिकार, माछा खाना, उपत्यकाभित्र र बाहिरकाका लागि ...