Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • सरकारद्वारा भाटभटेनी कम्पलेक्समा शिलबन्दी ! Nov 8, 2016 ArthatantraBhatbhateni
    काठमाण्डौं । सरकारले मध्यपुरथिमि नगरपालिका वडा नम्बर ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्ड स्थित थिमिको राधेराधेसंगै सिट नम्बर १०२–११९१–२३, कित्ता नम्बर ४७८ र ५ को ५ हजार ७ सय ५६ वर्गमिटर क्षेत्रफलमा निर्माण भईरहेको भाटभटेनी कम्पलेक्सको भवन निर्माण कार्य रोक्दै निर्माण स्थलमा शिलबन्दी गरेको छ । भाटभोटेनी सुपर मार्केट सञ्चालन गर्ने उदेश्यले केही महिनादेखि भवन निर्माण सुरु गरेको थियो ...
  • नेपालमा ३५ लाख एटीएम जोखिममा, कतै तपाईको पनि त परेन ? Nov 8, 2016 ArthatantraBank image1
    काठमाण्डौं । एटीएम हृयाक गर्ने अन्तराष्ट्रिय गिरोह नेपालमा लगातार पक्राउ पर्न थालेपछि बैंकिङ सुरक्षा चुनौतिपूर्ण बन्न थालेको छ । सीआइबीका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार नेपालका ३५ लाख एटीएम कार्डहरु जोखिममा छन् । पछिल्लो समय एटीएम बुथबाट पैसा चोरी गर्ने विदेशी नागरिकहरु समेतको संगठित गिरोह नै नेपालमा सक्रिय रहेको खुलेको छ । नेपालको कमजोर सुरक्षा प्रणालीको फाइदा उठाउँदै संगठित गिरोह नै ...
  • “आईएमई हात हुँदैन खाली” योजना अन्तर्गतका विजेतालाई उपहार प्रदान Nov 8, 2016 ArthatantraIme Prize
    काठमाडौ । रेमिटेन्स कम्पनी आईएमईले विजया दशमी (२०७३) मा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक योजना अन्तर्गत सबै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा  प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिल दास श्रेष्ठ र ब्राण्ड एम्बासडर  दीपकराज गिरीद्धारा संयुतm रुपमा बिजेताहरूलाई उपहारस्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान ...
  • तपाईको जिल्लालाई फ्रिवाईफाई जिल्ला बनाउने हो ? यसरी जुटाउन सकिन्छ पैसा… Nov 6, 2016 Arthatantrawifi-free
    नेपालका अधिकाँस स्थापनमा इन्टरनेट नभएकै कारण धेरै मानिसहरुले विश्वभरका सम्पूर्ण जानकारी लिन सकिरहेका छैनन् । उनीहरु सूचनाबाट पनि पछि परिरहेका छन् । तर अब जिल्लालाई नै फ्रिवाईफाई जिल्ला बनाएर सबैमाझ विश्वलाई जोड्ने अभियान प्रवासबाट सुरु भएको छ । रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ ...
  • दाङमा मध्यपश्चिम क्षेत्रिय महोत्सव हुँदै Nov 5, 2016 ArthatantraDang mahotsab
    दाङ । दाङमा मध्येपश्चिम क्षेत्रिय व्यापारीक तथा पर्यटन एवम् औद्योगीक कृषी मेला आयोजना हुने भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १३ गते देखी २३ गते सम्म क्षेत्रिय स्तरको व्यापारीक मेला संचालन हुने भएको हो । पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमीका निर्वाह गर्दै आइरहेको तुलसीप्ुार उद्योग वाणिज्य संघले मध्यपश्चिमाञ्चल क्षेत्रको उधोग, ब्यापार, पर्यटन, सुचना प्रविधि, कृषि, संस्कृतिको विकास ...
  • लगानी सम्भाव्यताबारे छलफल गर्न चिनियाँ टोली राजधानीमा Nov 4, 2016 Arthatantrafncci logo
    काठमाडौ। लगानीको वातावरण तथा अवसरबारे जानकारी लिने उद्देश्यले नेपालको साताव्यापी भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग भेटवार्ता गरेको छ । चीनको युनान प्रान्तका वाणिज्य विभागका उपमहानिर्देशक याङ हुई नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले महासङ्घका पदाधिकारीसँग जल संरक्षण, ऊर्जा, सडक, पुल, पूर्वाधार निर्माण, लगानी तथा आयात÷निर्यातका क्षेत्रमा आपसी सहकार्यका सम्भाव्यताबारे छलफल गरेको थियो । भेटवार्ताका क्रममा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, ऊर्जा ...
  • बुढीगण्डकी जलविद्युत आयोजना : गोरखा र धादिङवासीले ३० गतेदेखि मुआब्जा प… Nov 4, 2016 ArthatantraBudhigandaki1
    काठमाण्डौं । बुढीगण्डकी जलविद्युत आयोजना अन्तरगत मुआब्जा निर्धारण समितिले प्रभावित क्षेत्रका बासिन्दाका लागि आगामी कात्तिक ३० गतेदेखि मुआब्जा बाँड्न सुरु गरिने स्थानीय प्रशासनले जनाएको छ । मुआब्जा निर्धारण समितिले पहिलो चरणमा धादिङको सलाङ, मैदी र खरी र गोरखाको घ्यालचोक, भुल्मी चोक र दर्बुङबाट मुआब्वा वितरण गर्ने तयारी पूरा गरेको छ । मुआब्जा निर्धारण समितिले यी ६ गाविसमा जग्गाको कित्ताकाटदेखि वर्गीकरण समेत ...
  • अब ‘एक प्रदेश एक औद्यौगिक क्षेत्र’,हेर्नुहोस् कुन प्रदेशको कुन शहरमा ब… Nov 4, 2016 Arthatantraindustry_zone
    काठमाडौ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘एक प्रदेश एक औद्यौगिक क्षेत्र’ निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ । मुलुकमा औद्योगिक विकास गर्ने उद्दश्यले उपयुक्त स्थानको पहिचानका लागि अध्ययन थालिएको हो । प्रदेश नं २ अन्तर्गत सर्लाहीको मूर्तिया क्षेत्र, प्रदेश नं ४ अन्तर्गत गोरखाको पालुङ्टार, च्याङ्लीफाँटमा एक हजार दुई सय रोपनी जमिन उपयुक्त देखिएको छ । प्रदेश नं ६ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा ...
  • छत्तिस लाख घरधुरी बैकल्पिक ऊर्जाको पहुँचमा Nov 4, 2016 Arthatantra
    काठमाडौ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट दुई दशकको अवधिमा ३६ लाख घरधुरीका वासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । केन्द्रको २० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा केन्द्रद्व्रारा सञ्चालित विभिन्न कार्यक्रमहरुमार्फत परम्परागत ऊर्जाको निर्भरतालाई कम गरी स्वच्छ ऊर्जामा पहुँच विस्तार हुनुको साथै जीविकोपार्जनमा सुधार ल्याउन सफल भएको भन्दै यसलाई आगामी दिनामा अझ विस्तार गर्दै लैजानुपर्नेमा सहभागीहरुले जोड दिए। केन्द्रले सरकार र विभिन्न दातृ मुलुक र ...
  • तीन महिनामा १७९ उद्योग थपिए Nov 1, 2016 Arthatantraindustry
    बाँके। आर्थिक वर्ष २०७३/७४ को तीन महिनामा जिल्लामा एक सय ७९ उद्योग दर्ता भएका छन् । चालु आवको साउन, भदौ र असोजमा यी उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कमलप्रसाद घिमिरेले जानकारी दिए । दर्ता भएका उद्योगमा उर्जा, होटल, रेष्टुरेन्ट, पर्यटन सम्बन्धि र सेवातर्फका रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै होटल र रेष्टुरेन्ट खुल्ने क्रम ...