Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • हेटौंडामा ग्याँस सिलिण्डर विष्फोट हुँदा ७० घाईते Oct 26, 2016 ArthatantraGas Bumb
    हेटौँडा । दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयको कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् । घाइतेमध्ये २५ जना हेटौंडा अस्पतालमा उपचार भइरहेको र एक जना गम्भीर घाइतेलाई चितवनस्थित भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । त्यस्तै ...
  • अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश गरेको सगुनले खुलाउँदैछ २ अर्बको मिन… Oct 26, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । सामाजिक सञ्जाल सगुनले २ अर्ब रुपैयाँ बराबरको मिनि आइपिओ खोल्ने भएको छ । यसका लागि सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ। सगुनले मिनि-आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ। दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई–कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ ...
  • अब होटल एशोसियसन नेपाल (हान)ले पाठ्यक्रम बनाउने ! Oct 26, 2016 Arthatantrahotel-association-of-nepal HAN
    काठमाण्डौं । होटेल एशोसियसन नेपाल (हान)ले होटेलमा काम गर्ने कर्मचारीहरुको क्षमता तथा शिप विकासका लागि छोटो अवधिको पाठ्यक्रम बनाउने भएको छ । संघले सोमबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)संग यस विषयमा छलफल समेत गरेको जनाएको छ। छलफल कार्यक्रममा सीटीईभीटीका निर्देशक तथा इन्स्योर प्रोजेक्टका कार्यक्रम प्रबन्धक महेश भट्टराईले यस्ता किसिमका पाठ्यक्रम निर्माणका लागि सम्बन्धित क्षेत्रमा विशेष दक्षता हासिल हुने बताए। ...
  • नवलपरासीमा औद्योगिक व्यापार मेला हुने Oct 25, 2016 Arthatantranawalparasi-aud
    नवलपरासी । आगामी मङ्सिर २३ गतेदेखि पुस ३ गतेसम्म तेस्रो पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा ‘शान्ति, समृद्ध उद्योग व्यापार, राष्ट्र निर्माणको बलियो आधार’ नाराका साथ जिल्लाको सुनवलमा मेला आयोजना गर्न लागिएको हो । मेला कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको बृहत् प्रदर्शनीमा केन्द्रित रहने सङ्घका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए । जिल्लालाई ...
  • नेप्सेमा कारोबार हुन नसकेको एनबी इन्स्योरेन्सको सेयर १८६० सम्ममा बिक्य… Oct 25, 2016 ArthatantraNB Insureance
    काठमाडौ । लामो समयदेखि सेयर बजार परिसूचक नेप्सेमा कारोबार हुन नसकेको एनबी इन्स्योरेन्सको सेयर लिलामी प्रक्रियामा प्रतिकित्ता १८ सय ६० रूपैयाँसम्म बिक्री भएको छ । कम्पनीले केही समय अघि हकप्रद सेयर निश्काशन गर्दा आवेदन नपरेको सेयर लिलामीमा बिक्री गर्दा लगानीकर्ताले उच्च मूल्य तिरेका छन् । हकप्रद सेयर निष्काशनको क्रममा आवेदन नपरेको संस्थापक र सर्वसाधारण समूहको गरी कुल ४३ हजार चार सय ...
  • कतै तपाईले १५० प्रतिशत हकप्रद किन्ने मौका छुटाउनु त भएन ? Oct 25, 2016 Arthatantrashare rich
    काठमाण्डौं । कैलालीको टीकापुरमा मुख्य कार्यालय रहेको सेती फाईनान्सले एक सेयर बराबर नयाँ एक दशमलव ५ अर्थात १५० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्दैछ । फाईनान्सको कार्तिक १० गते सेयरधनी दर्ता किताब बन्द हुने भएकाले कार्तिक ९ गतेसम्म सेयर किन्नेले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । फाइनान्सले एक सय रुपैयाँ अंकितदरका ९ लाख ५१ हजार ७८६ कित्ता हकप्रदसेयर बिक्री गर्दै छ ...
  • आखिर सरकारले किन जलायो तीन खर्ब ३६ अर्ब ९३ करोड मूल्य बराबरको नोट ! Oct 24, 2016 Arthatantraaago
    काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकले गत शुक्रबारसम्म विभिन्न चलनचल्तीका तीन खर्ब ३६ अर्ब ९३ करोड मूल्य बराबरका नोट जलाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकका उपत्यका बाहिरका कार्यालयबाट विभिन्न समयमा संकलन गरिएका नोट जलाइएको हो । राष्ट्र बैंकले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने थोत्रा, च्यातिएका, जलेका र उपयोग गर्न नमिल्ने नोट जलाउने गरेको छ । बढी नोट चलचल्ती हुने ठाउँमा ...
  • १२ गतेभित्र बैंकको सेयर किन्नुहोस्, अनि पाउनुहोस् ५० प्रतिशत हकप्रद कि… Oct 23, 2016 Arthatantra
    काठमाण्डौं । माछापुच्छ्रे बैंकले ५० प्रतिशत हकप्रद निस्कानका लागि बुक क्लोजको मिति तोकेको छ । बैंकको संचालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि कात्तिक १२ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । बैंकले एक अर्ब ९३ करोड रुपैयाँ बराबरको अर्थात हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्नेछ । बैंकले एक करोड ९३ लाख कित्ता हकप्रद सेयर जारी गर्ने ...
  • सनराइज बैंकको नाफा शतप्रतिशतभन्दा बढ्यो, हेर्नुहोस् कसरी ? Oct 23, 2016 ArthatantraSunrise Bank
    काठमाण्डौं । सनराइज बैंकले चालु आर्थिक बर्षको पहिलो क्वार्टरमा सतप्रतिशत भन्दा बढी खुद मुनाफा बृद्धि गरेको छ। बैंकले चालु आवको पहिलो त्रैमासिकमा २५ करोड ३१ लाख १६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको हो। गत आवको यहि अवधिमा बैंकको नाफा ११ करोड ७८ लाख रुपैयाँ थियो। बैंकले खुद ब्याज आम्दानी साढे २३ करोड रुपैयाँले बढाएसँगै नाफामा उच्च बृद्दि हासिल गर्न संभव भएको ...
  • नीजि क्षेत्रको अधिकार खोस्दै सरकार,उत्पत्तिको प्रमाणपत्र अब सरकारबाटै … Oct 23, 2016 ArthatantraGovernment of Nepal Logo1
    काठमाडौ । निजी क्षेत्रका विभिन्न संघ–संगठनहरूबाट जारी हुँदै आएको उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाको आम्दानीको राम्रो स्रोत बनेको यो व्यवस्था विवादित बन्दै गएका कारण सरकार आफैंले जारी गर्ने तयारी गरेको हो । सरकारले निजी क्षेत्रसहितको प्राविधिक समितिको सिफारिसका आधारमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने भएको छ । जिल्ला तहको कार्यालयले कृषि तथा औाद्योगिकजन्य ...