Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • लघुवित्तको साधारण सेयर आज भयो बाँडफाँड, कति पर्यो तपाईलाई ? Oct 16, 2016 Arthatantrashare queue
    काठमाण्डौं । राष्ट्रियस्तरको थोक लघुवित्त कम्पनी आरएसडिसी वित्तीय संस्थाले निष्काशन गरेको गत भदौ ५ गते सर्वसाधारणका लागि निष्कासन गरेको सेयरको आज बाँडफाँड भएकोछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा उक्त सेयर बाँडफाँड गरिएको हो ।अधिकतम ४ लाख रुपैंयासम्मको आवेदन संकलन गरेको कम्पनीको सेयरमा २ लाख ५५ हजार रुपैंयासम्मका आवेदकलाई गोलाप्रथाबाट १० कित्ता सेयर बितरण गरिएको छ ।  त्यसभन्दा ...
  • कतै तपाईको जग्गा बाँझै त छैन ? सरकारले लैजाला है ! Oct 16, 2016 Arthatantrailam tea
    काठमाण्डौं । कतै तपाईले आफ्नो जग्गा जमिन बाँझै राख्नु भएकोत छैन ? छ भने आजै सजग हुनुहोस् । सरकारले भूमि सुधार नीतिमा परिवर्तन ल्याउँदैछ । यसका साथै जग्गा बाँझो राखे सरकारले लिने नीति तयार पार्नुका साथै खेतीयोग्य जग्गा बाँझो राखेमा  हर्जाना लगाउने सम्मको तयारी सरकारले गर्न थालिसकेको छ। भुमिसुधार तथा व्यवस्थापन विभाग हदबन्दी शाखा प्रमुख वासुदेव हुमागार्इँले  बाँझो जग्गा राखे गुम्ने ...
  • माछा पालनबाट महिनाको करिब २ लाख आम्दानी ! Oct 16, 2016 ArthatantraFish Farming in Nepal
    काठमाण्डौं । एनजिओ तथा आइएनजिओको जागिर खाएपछि आर्थिक अवस्था मजबुत हुने धेरैको सोच हुन्छ। मनाङ धारापानीका लोकेन्द्रबहादुर घले भने अहिले एनजिओको जागिर छोडेर माछापालनमा लागेका छन्। मनाङ हुँदै बग्ने मस्र्याङदीमा माछा पाउन त्यति सहज छैन। न त जिल्लामा व्यवसायिक रुपमा माछापालन नै सुरु भएको थियो। अहिले भने उनले यो व्यवसाय थालेपछि मनाङका रेष्टुरेन्टमा फाट्टफुट्ट माछाका परिकारहरु उपलब्ध हुन थालेका छन्। मनाङ जिल्लामा ...
  • आयो इन्स्योरेन्सको सेयर, १७ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद ! Oct 7, 2016 Arthatantra
    काठमाण्डौं । प्रभु इन्स्योरेन्सले लगानीकर्तालाई १७ प्रतिशत बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित साधारण सभा बोलाएको छ । इन्स्योरेन्स सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस तथा सोको कर प्रयोजनका लागि शुन्य दशमलव ७३४ प्रतिशत नगद लाभांसको प्रस्ताव सहित साधारण सभा बोलाएको हो । कम्पनीले आगामी कात्तिक १२ गतेका लागि साधारण ...
  • अघि बढ्यो चार सरकारी संस्थान एउटैमा गाभ्ने काम, कर्मचारीहरु हटाइँदै ! Oct 6, 2016 Arthatantragovernmental-staff-of-Nepal cdo
    काठमाण्डौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको योजना तथा आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टको संयोजकत्वमा सो सिफारिस समिति गठन गरेको हो । वनमन्त्री शङ्कर भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट बजेट कार्यान्वयनका लागि समिति गठन गर्नुभएको मन्त्रालयका प्रवक्ता पेमनारायण कँडेलले जानकारी दिए । सरकारले ...
  • बैंकले जारी गर्दैछ १ करोड ३ लाख कित्ता सेयर, धितोपत्र बोर्डले दियो स्व… Oct 6, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले जनता बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न गरेको प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले जनता बैंकद्धारा प्रस्तावित एक करोड तीन लाख कित्ता हकप्रदको हिजो असोज १९ गते स्वीकृत गरेको हो । बैंकले गत आर्थिक बर्षमा साढे बत्तिस करोड खुद नाफा गरेकोछ । यसको प्रति सेयर आम्दानी १५ कायम छ भने अघिल्लो आर्थिक बर्षमा साढे १७ करोड ...
  • १ सय ३० करोड नयाँ नोट बाँडिसकेको राष्ट्र बैंकले शुक्रबारसम्म कति बाँड्… Oct 5, 2016 Arthatantranepali money nepali rupees
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकको थापाथली शाखाले ३ दिनमै सर्वसाधारणलाई १ अर्ब ३० करोड रुपैयाँ नयाँ नोट बाँडेको छ । आगामी शुक्रबारसम्म सर्वसाधारणलाई नयाँ नोट बाँडिने राष्ट्र बैंकले जनाएकोछ । गत आइतबारदेखि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट बाँड्न थालेको थियो । बैंकको थापाथली शाखाबाट मात्रै ३ दिनमा १ अर्ब ३० करोड नयाँ नोट बाँडिएको हो । राष्ट्र बैंकले यसअघिनै बैंक तथा ...
  • प्रभुको सेयर कारोबार गर्न गाह्रो, नेप्सेले गुहार्यो राष्ट्र बैंक, के आ… Oct 4, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । प्रभु बैंकको हिजो सोमबारबाट सुरु भएको सेयर समायोजनमा अप्ठ्यारो आएपछि नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई कारोबारको सहज तुल्याउने सम्बन्धमा सम्बोधन आग्रह गरेको छ । ग्रान्ड बैंकसँगको मर्जर प्रक्रिया पूरा गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको १० महिनापछि साविकको प्रभु बैंकको मात्र सेयर कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएपछि सेयर समायोजनमा अप्ठ्यारो परेको भन्दै नेप्सेले राष्ट्र बैंकलाई यस्तो आग्रह ...
  • कुमारी बैंकले किन्यो तीन विकास बैंक र एक फाइनान्स Oct 4, 2016 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकले विकास बैंक सहित चार संस्था किन्ने सम्झौता गरेको छ । यसअघि ५० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरिसकेको कुमारी बैंकले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरेको हो । हिजो सोमबार यस विषयमा हस्ताक्षर गरेको कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंकले एक्वायर गर्न लागेका दुई कम्पनी र काक्रे विहार थपेर आफै आठ अर्ब ...
  • बैंकको २ करोड ५ सय २४ कित्ता सेयर किनेका सेयर धनीहरु डुब्ने खतरामा ! Oct 3, 2016 ArthatantraDanger sign
    काठमाण्डौं । एक अर्कामा गाभिएर संयुक्त कारोबार सुरु गरेका दुई कम्पनी प्रभु र ग्राण्ड बैंकमा राष्ट्र बैंकले प्रभुको मात्रै सेयर कारोबार खुला गरेपछि  ग्रान्ड बैंकको २ करोड ५ सय २४ कित्ता सेयर किनेका सेयरधनीहरु डुब्ने खतरामा पुगेकाछ । मर्जर पश्चात दुवैको सेयर प्रभुको नामबाट कारोबार हुनुपर्ने थियो। तर प्रभु बैंकले ग्रान्डको सेयर आफ्नोमा कन्भर्ट नगरेपछि यस्तो अवस्था सिर्जना भएको स्रोतले बताएकोछ ...