Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • भारतमा नेपाली वाइवाई चाउचाउको लोकप्रियता, बार्षिक ५ अर्बको कारोबार ! Oct 3, 2016 Arthatantrawai-wai-
    काठमाडौं । भारतमा नेपाली वाइवाई चाउचाउको लोकप्रियता यति बढेको छ की महिनाको अवधिमा नै यो चाउचाउको बजार हिस्सा ७ प्रतिशतसम्म बढेको तथ्यांकहरु आइरहेका छन् । गत जनवरीमा भारतीय चाउचाउकोे बजारको २० प्रतिशत हिस्सा ओगटेको भारतीय सञ्चार माध्यम बिजनेश लाइनमा आएको समाचार उल्लेख थियो ।तर, गत अगष्टमा अर्को भारतीय सञ्चार माध्यममा दि हिन्दुमा आएको समाचारमा वाइवाईको बजार हिस्सा २७ प्रतिशत पुगेको उल्लेख ...
  • सरकारी मापदण्ड नपु¥याएपछि नाम चलेका दुई कम्पनीको लाइसेन्स खारेज ! Oct 2, 2016 Arthatantraclosed
    काठमाण्डौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको आरोपमा बाँके जिल्लाका बागेश्वरी र जय मङ्गलम सिमेन्ट उद्योगका इजाजतपत्र निलम्बन गरेको छ । विभागले उद्योगले उत्पादन गरी बजारमा पठाएको सिमेन्टको नमुना  परीक्षण गर्दा सरकारले तोकेको मापदण्डभन्दा फरक भएकाले ती उद्योगका सिमेन्ट बिक्री–वितरणमा रोक लगाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार बोर्ड बैठकले उद्योगले उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बिक्री गरेकाले इजाजत ...
  • अर्थमन्त्रालयले एक इलाका एक व्यवसाय संचालन गर्ने Oct 2, 2016 Arthatantrafinance
    भक्तपुर। अर्थमन्त्रालयले एक इलाका एक व्यवसाय संचालन गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ मन्त्रालयले एक इलाका एक व्यवसाय सञ्चालन गर्ने अभियान सुरु गर्न लागेको बताएका हुन् । भक्तपुरको बोडेमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघले संयुक्तरुपमा आयोजना गरेको दुई दिने नेपाली युवाको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले युवा उद्यमीलाई प्रोत्साहन गर्न ...
  • डिजी जहाजमा सरर, एयरपोर्टमा मजदुरको बिजोग Oct 1, 2016 ArthatantraAirport
    काठमाडौ । बडादशैंको घटस्थापनाको दिन, सबैतिर दशैंको माहोलले बजारमा रौनक छाएको छ । तर यहाँ नेपाल हबाइ प्राधिकरणमा कार्यरत श्रमिकलाई भने दशैको खर्चको जोहो कसरी पर्ने भन्ने चिन्ता मात्रै छ । नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) मा कार्यरत करिब ४ सय श्रमिकहरुको दशैं कसरी बित्ने भन्ने चिन्ता सुरु भएको छ । यता नेपाल नागरिक उड्डयन प्राधिकरणका ...
  • आजबाट थाल्यो हिमालयले १ सय यात्रु सहित कोलम्बो उडान, हप्ताको ३ दिन उडा… Oct 1, 2016 Arthatantrahimalaya airlines
    काठमाडौं ।  हिमालय एयरलाइन्सले आजदेखि काठमाडौं-श्रीलंका (कोलम्बो) हवाइ रुटमा सीधा उडान सुरु गरेको छ । बिहान साढे ११ बजे एयरबस ३२० सिरिजको नाइन एन एएलएएन कलसाईन भएको जहाज कोलम्बोका लागि उडेको हो । १ सय ५८ सिट भएको उक्त बिमानबाट हिमालयले अब हप्तामा ३ दिन श्रीलंकामा उडान गर्ने कमर्सियल महाप्रवन्धक राजु केसीले जानकारी दिए। उनका अनुसार पहिलो दिन आज १ सय ...
  • पारित भयो सहकारी विधेयक : अब एक व्यक्ति एक सहकारीको मात्र सदस्य बन्न प… Sep 30, 2016 ArthatantraCooperative pic
    काठमाण्डौ । संसदले सहकारी विधेयक २०७३ पारित गरेको छ । विसं २०४८ मा बनेको सहकारी ऐनलाई संशोधन गर्न तयार पारिएको विधेयक पारित भएको हो । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सदनको आजको बैठकमा विधेयक पारित गर्न प्रस्ताव गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमाथि भाग लिँदै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले सहकारी र वाणिज्य बैँकबीचको काम स्पष्ट हुनुपर्ने र सहकारीको ...
  • हड्ताल गरी काममा अनुपस्थित भए पारिश्रमिक नपाउने Sep 30, 2016 Arthatantrano work no pay
    काठमाडौ । औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’अनुसार अब ‘नो वर्क नो पे’को व्यवस्था लागू हुने भएको हो । ‘नो वर्क नो पे’को प्रावधानकै कारण लामो समयदेखि विवादमा तानिएको यो विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे सँगै लागू हुनेछ । नयाँ ...
  • अब रक्सी किन्न १८ वर्ष पूरा हुनुपर्ने, नियम नमाने २० हजार जरिवाना ! Sep 29, 2016 Arthatantraliquor-shop Liquor age bar in Nepal Rakshi raksi
    काठमाण्डौं । सरकारले मदिराको बिक्री वितरणमा कडाइ गरेको छ। आन्तरिक राजस्व विभागले राति १० बजेपछि मदिरा बिक्री गर्न नपाइने व्यवस्था गरेको हो। १८ वर्ष उमेर पुगेकाहरुलाई मात्र बिक्री गर्न पाइने गरी सरकारले कडाइ गरेको हो। मदिरा बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र खरीद बिक्री गर्न पाइनेछ। सरकारले मदिरासँगै सूर्तिजन्य वस्तु खरीद बिक्रीमा पनि कडाइ गरेको हो। मदिरा तथा सूर्तिजन्य वस्तुबाहेक अन्य ...
  • दशैंमा पोखरा, भैरहवा र सिमराका यात्रुलाई राहत, एनएसीको उडान सुरु ! Sep 28, 2016 ArthatantraNepal airlinse
    काठमाण्डौँ । नजिकिँदै गरेको दशैं, तिहारजस्ता पर्वमा यात्रुको सुविधालाई लक्षित गरी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आज बुधबारदेखि पोखरा, भैरहवा र सिमरा उडान सुरु गरेको छ । निगमको जहाजले बिहान ६ः३० बजे पोखरा र १०ः३० बजे भैरहवा उडान भरेको छ । सिमराका लागि बिहान ८ः३० बजेको उडान तालिका रहेको छ । यस्तै पोखराका लागि २५५० रुपैयाँ, भैरहवा ३०२५ र सिमराको २२२५ ...
  • चाडपर्वको अवसरमा दुग्धजन्य पदार्थमा मिल्दैछ विशेष छुट ! Sep 27, 2016 ArthatantraDairy Business in Nepal
    विराटनगर । दशै तिहार र छैठ लगायतका नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरेर यहाँ स्थित दुग्ध वितरण आयोजनाले दुध, दही र  पनिर लगायतका दुग्धजन्य पदार्थको उत्पादन बृद्धि गर्ने र विशेष छुट दिने जनाएको छ । चाडपर्वको बेला दुग्धजन्य पदार्थको माग सामन्य बेलाको भन्दा दोब्बर बढी हुने भएकाले ती बस्तुहरुको अहिले नै उत्पादन बढाएर भण्डारण गर्न लागिएको हो ।  सामन्य अवस्थामा दैनिक दुई ...