Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • मनग्गे आम्दानी हुन थालेपछि कामकाज छाडेर झार संकलनमा स्थानीय ! Sep 15, 2016 Arthatantranaagbeli jhar
    पर्वत । वनमा खेर गइरहेको नागबेली झारबाट मनग्य आम्दानी हुन थालेपछि जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा नागबेली सङ्कलनमा व्यस्त छन्। जिल्लाका वनौँ, क्याङ, लेखफाँटलगायत गाविसका बासिन्दा नागबेली सङ्कलनमा जुटेका हुन्। स्थानीय वनमा प्रसस्त मात्रामा पाइने नागबेली झारको उपयोगिता बुझ्दै गएपछि उपभोक्ताले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री वितरण गर्न थालेका छन्। विगतमा त्यत्तिकै कुहिएर जाने नागबेली अहिले यस क्षेत्रका उपभोक्ताका लागि आम्दानीको ...
  • अब घर बनाउँदा माटो परीक्षण अनिवार्य, नगरे खानेपानी, बिजुली लगायतका सुव… Sep 15, 2016 ArthatantraHouse Map
    काठमाण्डौं । अब तीन तल्ला भन्दा अग्ला घर बनाउँदा माटो परीक्षण अनिवार्य गर्नुपर्ने भएकोछ । माटो परीक्षणमा असफल भए घर बनाउन पाइदैन । मन्त्रीपरिषद्ले गत साता पारित गरेको भवन निर्माण मापदण्ड २०७२मा घर बनाउँदा माटो परीक्षण अनिवार्य गरिएको हो । तीन तला भन्दा अग्ला १६ मिटर सम्मका अत्याधुनिक प्रविधियुक्त भवनको नक्सा पास नेपाल इन्जिनियरिङ परिषदले ब्यावसायीक अनुमति प्रदान गरेका ईन्जिनियरले मात्र ...
  • उपभोक्ता ठग्नेलाई २० लाख जरिवाना १० वर्ष जेल ! Sep 13, 2016 Arthatantraconsumar1
    काठमाडौ । राष्ट्रिय उपभोक्ता मञ्चको ११औँ स्थापना दिवसका अवसरमा आपूर्तिमन्त्री दीपक बोहराले भने, “उपभोक्ता हितसम्बन्धी अब बन्ने नयाँ कानुन कडाभन्दा कडा हुनेछ,” मन्त्री बोहराले भने, “आर्थिकका साथै सामाजिक रुपमा समेत कडा दण्डसजायको व्यवस्था उक्त कानुनमा हुनेछ । कम्तीमा पनि १० लाखदेखि २० लाखसम्म आर्थिक जरिवाना र १० वर्षको जेल सजायको व्यवस्था गर्ने हो भने कसैले कानुन बाहिर जाने हिम्मत गर्दैनन् ...
  • खाना पकाउने ग्यास सिलिन्डरको वीमा १ करोड ! Sep 13, 2016 Arthatantragas
    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने सिलिन्डरको न्यूनतम बीमा १ करोड गर्ने व्यवस्था लागु गरेको छ । संघले आफ्ना सदस्यहरुलाई १ करोड रुपैयाँको वीमा गर्न सर्कुलर जारी गरिसकेको छ । ग्यास सिलिन्डर पड्किएर उपभोक्ताको मृत्यु तथा घाइते र भौतिक क्षति हुँदा क्षतिपूर्वका बारेमा ग्यास कम्पनी र पीडित पक्षबिच लामो समयसम्म विवाद भइरहने भएको कारणले बीमा रकम बढाइएको हो ...
  • गोरखकाली रबर उद्योग सञ्चालनमा आउने Sep 11, 2016 ArthatantraGorakhkali tayar
    काठमाडौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका उद्योग क्रमशः खोल्दै जाने बताएका छन् । उद्योग मन्त्रालयले आयोजना गरेको उद्योग क्षेत्र सुधार कार्ययोजना विषयक छलफल सहभागी हुँदै उनले व्यापार घाटा कम गराउन बन्द स्वदेशी उद्योगहरु संचालनमा ल्याईने बताए । गोरखकाली रबर उद्योग, वुटवल धागो कारखाना, नेपाल औषधि लिमिटेड, वीरगञ्ज चिनी उद्योग, वीरगञ्ज कृषि औजार कारखाना, ओरियन्टल म्याग्नेसाइट मध्ये कुनै तीन उद्योग तत्काल सञ्चालन ...
  • प्रधानमन्त्रीकोे भारत भ्रमणः प्राथमिकतामा जलविद्युत र बाबा रामदेवको जड… Sep 11, 2016 ArthatantraPrachanda
    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो ३० गते भारतको औपचारिक भ्रमणका लागि जाने भएपछि उनको प्राथमिकता परेका भ्रमण गतिविधिहरु सार्वजनिक भएका छन्। प्रधानमन्त्री प्रचण्ड ३० गते दिल्ली उत्रिए लगत्तै नेपाली दुतावासको कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ उनले दुतावासले निम्त्याएका आगन्तुकसँग अन्तरक्रिया गर्नेछन्। त्यस्तै विदेशी पाहुनाहरुसँग पनि छलफल गर्नेछन्। प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित भारतीय राष्ट्रपति प्रणव मुखर्जी लगायतसँग ३१ गते छलफल ...
  • उद्यमी बन्न चाहनेका लागि सरकारद्धारा ७५ वटै जिल्लाबाट निवेदन माग…… Sep 10, 2016 ArthatantraHand pointing at a Entrepreneur word illustration on blue background.
    तपाई बेरोजगार हुनुहुन्छ । तपाईलाई उद्यमी बन्न मन लागेको छ । अथवा अरुलाई पनि रोजगारी दिने हिसाबले सोचिरहनुभएको छ । यदि त्यसो हो भने तपाईको इच्छामा सरकारले पनि सहयोग गर्ने हो कि भन्ने दिन आए । किनकि उद्यमी बन्न चाहने को–को रहेछन् भनेर सरकारले ७५ जिल्लाबाट निवेदन माग गर्ने भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले यसै भने ...
  • म्यानपावर कम्पनीले अब जिल्ला जिल्लामा शाखा खोल्न पाउने ! Sep 6, 2016 Arthatantrarojgar
    काठमाण्डौं । सरकारले म्यानपावर एजेन्सीहरुलाई पनि जिल्ला तहमा शाखा कार्यालय विस्तारका लागि अनुमति दिने भएको छ । वैदेशिक रोजगार ऐनमा पनि म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय खोल्न दिन सकिने उल्लेख छ । तर, सरकारले ठगी बढ्नुका साथै अनुगमन र नियमनमा समस्या हुन सक्ने भन्दै शाखा खोल्न रोकेको थियो । अब केही समयभित्रै म्यानपावरहरुलाई शाखा विस्तार गर्न इजाजत दिने प्रक्रिया सुरु हुने वैदेशिक ...
  • पोखरा उद्योग वाणिज्य संघमा बलरामको सदस्य पदमा उम्मेदवारी Sep 5, 2016 Arthatantrabalram
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी अधिवेशनका लागि बलराम आचार्यले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घमेष्मण्मम गरेबम छन् । पोखरा–१ वगरस्थित आचार्य फेन्सी स्टोर्सका प्रोपाईटर रहेको आचार्यले यसअघिको कार्यसमितिमा सदस्यमा रहेर कार्य गरिसकेका छन् । संघको विधान संसोधनमा क्रियाशिल रहेका आचार्यले व्यवसायी, उद्योगी तथा अग्रजहरुको सुझावलाई मध्यनजर गर्दै दोस्रो कार्यकालको लागि उम्मेदवारी दिने बताए । सानै उमेरदेखि सामाजिक क्षेत्रमा रुचि ...
  • निरञ्जन बजगाईको नेतृत्वमा भक्तपुर निर्माण व्यवसायी संघ Sep 4, 2016 Arthatantraniranjan Bajagai1
    भक्तपुर। भक्तपुर निर्माण व्यवसायी संघको छैटौँ जिल्ला अधिवेशनले अध्यक्षमा निरञ्जन बजगाईलाई निर्वाचित गरको छ । संघको वरिष्ठ उपाध्यक्षमा शिव शिल्पकार, प्रथम उपाध्यक्षमा रत्न सुवाल, द्वितीय उपाध्यक्षमा लव गिरी, महासचिवमा विजय देउजा, उपमहासचिवमारामकृष्ण प्रधानाङ्ग, कोषाध्यक्षमा किरण खत्री र सहकोषाध्यक्षमा अशोक भँडेल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा हरिशरण बास्तोला, साधुराम दाहाल, सोमप्रसाद प्रधान, रामजकुमार खड्का, श्यामकाजी थापा श्रेष्ठ र गीता न्यौपाने निर्वाचित भएका ...