Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • सेयर नपरेको पैसा पाउनुभयो ? फिर्ता हुँदै छ है Aug 25, 2016 Arthatantrashare
    काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले सेयर नपरेको पैसा भदौ १३ गतेदेखि फिर्ता दिने भएको छ । दिव्यश्वरीको आइपीओ बुधबार बाडफाँड गरिएको हो । कम्पनीले बिहीबार दिएको जानकारी अनुसार सेयर बाँडफाँड पत्र तथा सेयर नपरेको रकम फिर्ता भदौ १३ सोमबारदेखि आवेदन फारम बुझाएकै केन्द्रबाट गरिनेछ ।आवेदकले सेयर बाँडफाँड पत्र र भुक्तानी पूर्जा लिन जाँदा दरखास्त फारमको अर्धकट्टी र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेस ...
  • अनुदानको मल बिक्री गर्ने व्यापारी पक्राउ भएपछि महासंघद्वारा बजार बन्द … Aug 25, 2016 Arthatantra
    गोरखा । व्यापारीलाई पक्राउ गरी तीन दिनदेखि हिरासतमा राखेको विरोधमा गोरखा उद्योग वाणिज्य सङ्घले आज बिहानैदेखि गोरखा बजार बन्द गराएको छ। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल व्यक्तिगत पसलबाट बिक्री गर्दै आएका अनिता एग्रोभेटका सञ्चालक रामशरण कोइराला, विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठलाई संयुक्त बजार अनुगमन संयन्त्रले मङ्गलबार नियन्त्रणमा लिएको विरोधमा सङ्घले बजार बन्द ...
  • ʽनो वर्क नो पेʼ, ʽहायर एण्ड फायरʼ, ʽहड्ताल गर्दा हातमा पुरै रकमʼ Aug 24, 2016 ArthatantraGefont Arthatantra
    हरिशरण न्यौपाने, काठमाडौ । व्यवसायी भन्छन्, ʽनो वर्क नो पेʼ श्रमिक भन्छन्, ʽहड्ताल गरेको समयको पुरै पैसा चाहिन्छ ।ʼ पहिले एक समय व्यापक चर्चामा आएको यो विषय अहिले कमै चर्चामा छ । तर यो विषय त्यतिकै गायब भएको भने होईन । व्यवसायी र श्रमिक दुवै पक्षबाट कुनै निकास निकाल्न नसकेपछि यसअघि यो विषय सरकारलाई निर्णय गर्न भनेर छाडिएको थियो । सरकारले ...
  • महासंघ प्रतिनिधिमण्डल र महानिर्देशक कार्कीबीच भेट Aug 23, 2016 ArthatantraVetghat with DG devendra karki
    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले मंगलवार सडक विभागका नवनियुक्त महानिर्देशक देवेन्द्र कार्कीलाई भेटी निर्माण व्यवसायका विद्यमान समस्याका बारेमा अवगत गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ । महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसायका समस्या बारे महानिर्देशक कार्कीको ध्यानाकर्षण गराएको हो । विनाशकारी भूकम्प, मधेशवादी दलहरुबाट संचालित आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण इन्धन लगायत निर्माण सामाग्रीको ...
  • ४ लाख कित्ता सेयरमा दुई दिनमै २ अर्ब बढीको आवेदन ! Aug 23, 2016 Arthatantrarsdc
    काठमाण्डौं । राष्ट्रियस्तरको लघुवित्त कम्पनी आरएसडिसी वित्तीय संस्था लिमिटेडले हप्ता दिनका लागि निष्काशन गरेको साधारण शेयरमा दोस्रो दिनसम्ममा २ अर्ब रुपैंयाभन्दा बढीको आवेदन परेको छ । पहिलो दिन आइतबार २० गुणाभन्दा बढीको आवेदन परेको शेयरमा दोस्रो दिन सोमबार मात्र १ अर्ब १८ करोड रुपैंयाभन्दा बढीको आवेदन परेको हो । भदौ ५ गते आइतबारबाट सर्वसाधारणका लागि शेयर निष्कासन गरेको कम्पनीको शेयरका लागि ...
  • करिब ४० अंकले बजार झर्दा पनि दुई कम्पनीको सेयर १० प्रतिशतले बढ्यो ! Aug 22, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । साताको दोस्रो दिन आज सेयर बजारमा ३९ अंकको गिरावट आएकोछ । अधिकांश सूचकहरु झरेको दिन आज कारोबार रकम भने हिजोको भन्दा १८ करोडले बढेकोछ । आज कारोबारमा आएका सबै समूह ओरालो लागेपछि बजार राताम्मे भएको हो । सोमबार नेप्से ३९.३१ अंकले झरेर १६८३.१२ विन्दुमा पुगेको छ । आज बजारमा १४० कम्पनीको ८६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच ...
  • नेपालका अर्बपति बिनोद चौधरी ‘एशियन म्यान अफ द इयर’ अवार्डबाट सम्मानित … Aug 21, 2016 ArthatantraBinod-Chaudhary
    काठमाण्डौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई यस वर्षको ‘एशियन म्यान अफ द इयर’ अवार्ड प्रदान गरिएको छ । नेपालमा गत वर्षको विनाशकारी भूकम्प पश्चात चौधरीको नेतृत्वमा सञ्चालित मानवीय र परोपकारी कार्यहरुको सम्मान स्वरुप अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले उक्त अवार्ड प्रदान गरेको चौधरी ग्रुपले जनाएको छ । ‘वी केयर फर ह्युम्यानिटी’ले आप्mनो तेश्रो शिखर सम्मेलन तथा ...
  • फोहोरबाट ग्यास निकाल्ने यन्त्र एक सातामै काठमाडौं आइपुग्ने Aug 20, 2016 Arthatantrabio gas plant
    काठमाडौँ । एक साताभित्र बायोग्यास निकाल्ने यन्त्र काठमाडौँ आइपुग्ने भएको छ । जैविक फोहरको उचित व्यवस्थापन गर्र्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले यन्त्र वीरगन्ज आइपुगिसकेको र एक साताभित्र काठमाडौँ आइसक्ने काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यन्त्र आएसँगै ग्यास उत्पादनको काम सुरु हुन्छ । कामपाका वडा नं २१, १२, १९ र २० मा सङ्कलन गरी छुट्याइएको ...
  • घर–घरमा ग्याँस बम ! Aug 20, 2016 ArthatantraGas Bumb
    हरिशरण न्यौपाने, काठमाडौ । नाफाखोर व्यापारी र व्यवसायीको कारण अहिले आम उपभोक्ताको घरघरमा बम फिट भएको झैं छ । छोटो समयमा अत्याधिक नाफा कमाउने व्यापारीको धन्दामाथि सरकारी निकायले अंकुश लगाउन नसक्दा आम उपभोक्ताहरु मारमा छन् । राजधानी काठमाडौ होस् या गाउँ–गाउँसम्म सबैको चुल्होमा जोडिएको कतिपय गुणस्तरहिन ग्याँस सिलिण्डरका कारण आम मानिसहरु मृत्यु सँग खेलिरहेका छन् । जोखिमै जोखिम मोलेर आगो बालिरहेका ...
  • भवन तथा निर्माण सामाग्री मेलामा इट्टादेखि गिट्टीसम्म ! Aug 19, 2016 ArthatantraRCC Itta Stone Wall
    काठमाण्डौं । भवन तथा निर्माण सामग्री सम्बन्धी सबै जानकारी समेटिएको भवन तथा निर्माण सामग्रीको वृहत प्रदर्शनी आजदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुरु भएको छ। चार दिनसम्म चल्ने सो प्रदर्शनीमा जग्गा तथा हाउजिङ्, फर्निचर तथा फर्निसिङ, पाइप तथा फिटिङ, स्टिल तथा छड, बैंक तथा बिमा कम्पनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री लगायताका १५० वटा प्रदर्शनी कक्ष राखिएछन्। प्रदर्शनीमा भूकम्प प्रतिरोधी घर निर्माण गर्नेबारे जानकारी ...