Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • समयमा नविकरण नगर्ने चार ठूला उद्योगको इजाजत रद्द ! Aug 18, 2016 Arthatantraudhog
    काठमाण्डौं । समयमा नविकरण नभएका चार ठूला उद्योगका गुणस्तर चिन्हको इजाजत रद्ध भएका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार समयमा नविकरण नभएर रद्ध भएका उद्योगमा जय मंगलम सिमेन्ट, जेबिएस इन्ड्रस्ट्रिज, काठमाडौं स्टिल प्रालि र सूर्य एग्रो रहेका छन् । विभागले पुडासैनीले तोकिएको समयभित्र नविकरण गर्न नआएकोले इजाजतपत्र खारेज गरिएको बताउँदै काठमाडौं स्टिल र जय मंगलमको सिमेन्ट उत्पादनमा रोक ...
  • एयरपोर्टमा घाँस काट्न लाजपुर्जा कहाँबाट ल्याउँ ! Aug 17, 2016 ArthatantraAirport
    हरिशरण न्यौपाने, काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानथल परिसर भित्र छिरेर एकचोटी हवाईजहाज देख्न पाउँदा आफु भाग्यमानी महशुस गर्नेहरु राजधानी काठमाडौमा धेरै छन् । तर त्यहि विमानस्थलमा वर्षाैं देखि काम गर्नेहरु चरम शोषणमा छन् । एयरपोर्टमा काम गर्ने ८० प्रतिशत महिलाहरु व्यवस्थापन पक्षको चरम श्रमशोषणमा पर्ने गरेको खुल्न आएको छ । यतिसम्म कि २५ वर्ष सेवा गर्दा समेत उनीहरुलाई प्रवेश पास र ...
  • सार्क उद्यम सहयोग आदानप्रदान सम्बन्धी सम्झौता Aug 15, 2016 Arthatantrafncci photo
    काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघ सार्क अर्बिट्रेसन काउन्सिल तथा नेपाल काउन्सिल अफ अर्बिट्रेसन (नेप्का) र सार्क अर्बिट्रेसन काउन्सिलबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित कार्यक्रममा महासंघका प्रतिनिधि मीना श्रेष्ठ र नेप्काका प्रतिनिधि ज्ञानेन्द्रप्रसाद कायस्थ तथा सार्क अर्बिट्रेसन काउन्सिलका प्रतिनिधि मालिक इमरान अहमद्काले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग ...
  • निर्माण व्यवसायीले गुणस्तरीय काम गर्नुपर्यो: मन्त्री विक्रम पाण्डे Aug 15, 2016 ArthatantraBikram Pandey
    काठमाडौ । भूमिसुधार मन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरुलाई गुणस्तरीय काम गर्न सुझाव दिएका छन् । मुलुककै अग्रज निर्माण व्यवसायी तथा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व द्धितिय उपाध्यक्ष समेत रहेका पाण्डेले आफु संधै निर्माण व्यवसायीको पक्षमा रहेको भन्दै यस्तो सुझाव दिएका हुन् । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले उनकै कार्यकक्षमा शुभकामना प्रदान गर्ने क्रममा मन्त्री पाण्डेले निर्माण व्यवसायीका ...
  • चेम्बर पदाधिकारी र प्रधानमन्त्री भेट, निर्यात अभिवृद्धि गर्न १० प्रतिश… Aug 15, 2016 Arthatantrachember vet
    काठमाडौ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको छ । सो अवसरमा प्रतिनिधिमण्डलले मुलुकको पछिल्लो आर्थिक गतिविधि, औधोगिक/व्यापारिक लगायत समसामयिक विषयमा प्रधानमन्त्री दाहाललाई जानकारी गरायो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पूर्वाधार तथा जलश्रोतको विकासलाई प्राथमिकतामा राख्न अनुरोध गरे । उनले तत्काल १५ सय मेगावाट विद्युत् ...
  • पच्चीस निर्माण व्यवसायी कालोसूचीमा, दुई वर्ष काम गर्न नपाउने ! Aug 15, 2016 Arthatantraconstruction company nirman
    काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्काको सर्त अनुसार काम नगरेको भन्दै दुई दर्जन निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका सबै निर्माण व्यवसायीलाई सिभिल निर्माणको काम गर्न नसकेको ठहर गर्दै कार्यालयले सन् २०१९ सम्मका लागि कालोसूचीमा राखेको हो । अब यसरी कालोसूचीमा परेका व्यवसायीले सरकारी ठेक्कापट्टामा भाग लिन पाउँदैनन् भने सरकारी निकायमा काम गर्न पनि उनीहरू अयोग्य हुन्छन् । सार्वजनिक ...
  • देव विकास बैंकले दिने भयो ५० प्रतिशत हकप्रद ! Aug 14, 2016 Arthatantrashare
    काठमाडौं । देव विकास बैंकले आफ्ना शेयरधनीलाई ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभाले लगानीकर्तालाई उक्त हकप्रद दिने निर्णय पारित गरेको हो । बैंक ९म्द्यद्यी० को हाल ८८ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । ...
  • एक वर्षमा एक जिल्लामा २६२ नयाँ उद्योग Aug 13, 2016 Arthatantraudhog
    वालिङ । गत आर्थिक वर्ष २०७२/०७३ मा स्याङ्जामा २६२ वटा नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जामा सेवामूलक उद्योग ९८, कृषि तथा वनजन्य उद्योग ९५, उत्पादनमूलक उद्योग ५५, निर्माणमूलक उद्योग १३, पर्यटनमूलक उद्योग एक गरी कुल २६२ वटा नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ । कार्यालयबाट सोही अवधिमा नयाँ वाणिज्य व्यवसाय २६९ वटा दर्ता ...
  • युनिलिभरले सेयरधनीलाई १०२० प्रतिशत नगद लाभांस दिने Aug 12, 2016 ArthatantraUnilever Nepal
    काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभव नेपालले सेयरधनीलाई चुक्ता पुँजीको १०२० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । जसअनुसार युनिलिभरको एक कित्ता सेयर भएका सेयरधनीले १०२० रुपैयाँ नगद लाभांस पाउने भएका छन् । शुक्रबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सो नगद लाभांसको घोषणा गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै नगद लाभांस वितरण गरिनेछ । प्रकाशितः ...
  • निर्देशक खड्काले दिए ३ सय ट्यांकर किन्ने अनुमति, नियम मिचेको आरोप ! Aug 11, 2016 Arthatantraoil coorporation
    काठमाण्डौं । कानुनी प्रक्रिया मिच्दै मोटो रकम चलखेलमा नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन्। यसअघि पनि पटक पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई चोरबाटोबाट सेटिङ मिलाएर करिब ३ सय ट्यांकर खरिदको अनुमति दिएका हुन्। इन्डियन आयल कर्पोरसन (आईओसी)बाट डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्ने ट्यांकर ...