Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • एनसीसीसँग पाँच बैंक गाँभिदै, हेर्नुहोस् कुन कुन बैंक गाँभिदैछन् ? Jul 14, 2016 ArthatantraNCC Bank
    काठमाण्डौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमीटेडको सिद्धार्थनगर भैरहवामा हिजो बुधवार सम्पन्न विशेष साधारणसभाले कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंक लिमीटेडबीच गाभ्ने र गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । आज बैंकले एक विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी दिएको हो । बैंक संचालक तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौलाको ...
  • लगानी बोर्डका सिइयोको नियुक्तिमा कारण देखाऊ आदेश ! Jul 14, 2016 ArthatantraLaagani board
    काठमाण्डौं । सर्वोच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० महाप्रसाद अधिकारीको नियुक्तिको आधार पेस गर्न सरकारलाई कारण देखाऊ आदेश दिएको छ । प्रमुख हुन आवश्यक न्यूनतम शैक्षिक योग्यता नभएको भन्ने प्रश्न उठाई उनको नियुक्ति गैरकानुनी भएको दाबीसहित पूर्वसीईओ राधेश पन्तले सर्वोच्चमा रिट दर्ता गराएका थिए । पन्तले मन्त्रिपरिषद्, प्रधानमन्त्रीको कार्यालय, सीईओ छनोट समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेल, छनोट समितिका ...
  • ग्लोबल आईएमईले पायो अन्तर्राष्ट्रिय अवार्ड “बेष्ट इन्टरनेट बैंक २०१६” … Jul 13, 2016 Arthatantraglobal-ime-bank-
    काठमाण्डौं । ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले प्रदान गर्ने “बेष्ट इन्टरनेट बैंक २०१६” अवार्डबाट सम्मानित भएको छ। इन्टरनेशनल फाइनान्स म्यागजिनले ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । “सबैका लागि बैंक” ...
  • आजैबाट खुल्यो २ करोड कित्ता सेयरको कारोबार ! Jul 12, 2016 ArthatantraHydro power
    काठमाण्डौं । जलविद्युत लगानी तथा बिकास कम्पनीको २ करोड सेयर कारोबार आजदेखि खुलेको छ । दश करोड कित्ता सेयर नेप्सेमा सुचीकृत गराएको कम्पनीको सर्वसाधारणमा निष्काशन गरिएको २ करोड कित्ताको कारोबार खुलेको हो । कम्पनीको प्रतिकित्ता सेयर मूल्यको रेञ्ज १ सय ९ रुपैंयादेखि ३ सय २८ रुपैंयासम्म निर्धारण गरिएको छ । प्रति सेयर नेटवर्थको ३ गुणासम्म प्राइस रेञ्ज निर्धारण गर्ने व्यवस्था अनुरुप ...
  • प्यूठानका तीन उद्यमी सम्मानित Jul 11, 2016 ArthatantraUdhami (1)
    केशर रोका /प्यूठान । जिल्लाका तीन जना यूवा उद्यमीहरु सम्मानित भएका छन् । यूवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने ‘यूवा प्रतिभा तथा यूवा उद्यमी प्रोत्साहन पुरस्कार’बाट यसवर्ष बांगेशाल–७ ददेरीकी विमा कुमारी कुमाल, बांगेमरोठ–२ सुमन्तेकाना प्यूठानका ज्ञान बहादुर जि.सी. र पदम बहादुर जि.सी.सम्मानित भएका हुन् । आईतवार राजधानीमा एक कार्यक्रमका विच उनीहरुलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरिएको यूवा ...
  • बाढीले विद्युतगृह अबरुद्ध भएपछि ७ सय घरपरिवार अन्धकारमा ! Jul 11, 2016 Arthatantrakali gandaki hydropower
    म्याग्दी । यहाँको निस्कोट–३ मा रहेको रुम खोला लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएकोछ भने करिब ७ सय घरधुरी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । सो परियोजनाबाट निस्कोट, रुम, ओखरबोट, देवीस्थान र दरवाङ गाविसका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दै आएका थिए । ५१ किलोवाट क्षमताको सो परियोजनाको विद्युत्गृहभन्दा माथि बनाइएको सडकबाट शनिबार राति आएको बाढीले टर्वाइन लगायतका उपकरणमा ...
  • १३ वर्षपछि फर्किएको खोलो … … Jul 10, 2016 Arthatantraoil coorporation
    काठमाण्डौं । नेपाल आयल निगम १३ वर्षपछि आज आइतबार ऋणमुक्त हुँदैछ । आज निगमले सरकारको १ अर्ब ४१ करोड रुपैयाँ ऋण चुक्ता गर्दैछ । यो ऋणचुक्तापछि निगम ऋणमुक्त हुनेछ । निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार सरकारको ८० करोड ऋण र ब्याज वापतको ६१ करोड रुपैयाँ आइतबार नै तिरिनेछ । आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएपछि आर्थिक वर्ष २०५९/६०सालदेखि ऋण ...
  • इटहरी उ.वा.संघ अध्यक्षमा बस्नेत ४५५ मत अन्तरले विजयी Jul 9, 2016 Arthatantraudhog
    सुनसरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा लिलम बस्नेत विजयी भएका छन् । ईश्वरी पराजुलीलाई ४५५ को भारी मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । बस्नेतले १८५० मत ल्याउँदा पराजुलीले १३९५ मत ल्याएका थिए । अध्यक्षको मतपत्रमा ८५ मतपत्र बदर भएको थियो । राजनीतिक कित्ताकाँट भएर बनेको दुई वटा प्यानलबिचको प्रतिष्पर्धामा एमाले समर्थित बस्नेत भारी मत ल्याएर विजयी भएनन् मात्र, उनको ...
  • अनुगमन क्षणिक र देखावटी होइन : आपूर्ति मन्त्री पुन Jul 8, 2016 Arthatantraganeshman pun
    भक्तपुर । आपूर्ति मन्त्री गणेशमान पुनले सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले विभिन्न क्षेत्रबाट कालोबजारीको संरक्षण गरेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेकाले कालोबजारी नियन्त्रण गरि उपभोक्तालाई गुणस्तरीयका साथै वास्तबिक मूल्यमा बस्तु उपलब्ध गराउन अनुगमन थालिएकाले यो कुनै क्षणिक र देखावटी नभएको बताएका हुन् । मन्त्री पुनले आफ्नो कार्याकालबाट ...
  • अमेरिकाले दियो भन्सार छुटमा नयाँ सुविधा, नेपालले थप लाभ लिन सक्ने ! Jul 7, 2016 ArthatantraUSA America
    वाशिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रम अन्तर्गत एनुअल प्रोडक्ट रिभ्यु (वार्षिक उत्पादन समीक्षा) घोषणा गरेको छ । यसअन्तर्गत नेपाल लगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूका निम्ति लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सारछुट सुविधा थपिएको छ। यस नयाँ नियम अनुसार जुलाई १ ९असार १७ गते० देखि सुरु ...