Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • अब काठमाण्डौंमा भित्रिनेछ दैनिक १७ करोड लिटर पानी ! Jun 2, 2016 ArthatantraWater
    काठमाण्डौ । खानेपानी तथा सरसरफाइ मन्त्रालयले मेलम्चीबाट खानेपानी काठमाण्डौंमा ल्याउनका लागि विभिन्न ६ स्थानबाट सुरुङ विस्तार गर्ने कार्य भइरहेको बताएकोछ । साथै, आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौँ भित्रिनेछ । अहिले काठमाण्डौँ उपत्यका खानेपानी लिमिटेडले राजधानीमा विभिन्न स्रोतबाट दैनिक ८ करोड लिटर पानी उत्पादन गर्ने गरेको छ । गर्मीयाममा काठमाडौँमा करिब २६ करोड लिटर पानीको माग हुने गरेको ...
  • पुरुषसरह समान ज्याला पाउनुपर्ने महिला श्रमिकको माग Jun 1, 2016 Arthatantracupec mahila
    हेटौंडा । कुनै पनि क्षेत्रमा काम गर्ने महिला श्रमिकले पुरुषसरहसमान ज्याला, बिमा, सामाजिक सुरक्षाको ग्यारेन्टी लगायतका विषय हुनुपर्ने भन्दै महिला श्रमिकहरुले यो विषयलाई जोडदाररुपमा उठान गरेका छन् । नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपालको २० औ स्थापना दिवस तथा पहिलो राष्ट्रिय महिला नीति सम्मेलनमा सहभागी महिला श्रमिक नेताहरुले यो आवाज उठाएका हुन् । नीति सम्मेलन उद्घाटन गर्दै ...
  • अन्तःशुल्कका दरहरुमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि May 31, 2016 Arthatantratax vat
    काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अन्तःशुल्कका दरहरुमा ८ देखि १५ प्रतिशतसम्म बृद्धि गरेकोछ ।अन्तःशुल्क वस्तुको आन्तरिक उत्पादन तथा पैठारीमा लाग्ने कर हो । करको भार अन्तिम उपभोक्तामा पर्ने भएकाले यो अप्रत्यक्ष कर पनि हो । सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने वस्तुहरु तथा विलासिताका वस्तुहरुमा अन्तःशुल्क लगाइने गरिन्छ । तर व्यवहारमा नेपाल विश्व व्यापार संगठनको सदस्य भएपछि ...
  • डिजेल पेट्रोलमा बढाइएको मूल्य रु ५ तत्काल लागु नहुने ! May 29, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार कर लगाएपनि तत्काल मूल्य नबढ्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेटमा पेट्रोल, डिजेल र हवाइ इन्धनमा ५ रुपैयाँ पूर्वाधार कर लगाउने उल्लेख छ । यो रकम बुढिगण्डकी जलविद्युत आयोजना निर्माणमा खर्च गरिने भनिएको छ । तर, आयल निगमले पूर्वाधार कर लाग्दैमा तत्काल मूल्य नबढ्ने बताएको छ । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयले ...
  • बजेटमा उद्योग May 28, 2016 Arthatantra
    काठमाण्डौं । उद्योग निजि क्षेत्रका लागि १ अर्बको च्यालेन्ज फण्ड स्थापना । उद्योग व्यवसायलाई डेडिकेटेड फिडर उपलब्ध गराउने । सिमारामा तयारी पोशाक उत्पादनका लागि पूर्वाधार विकास गरिनेछ । प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र । जुम्ला र मुस्ताङमा स्याउ प्रशोधन केन्द्र, सरकारले निशुल्क उपलब्ध गराउने देशभित्र उत्पादन गर्ने व्यवस्था मिलाउन निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ | रुग्ण उद्योग सरकारको स्वामत्विमा रहने गरी ...
  • पच्चीस सय उद्योग दर्ता, पचास लाख राजस्व सङ्कलन May 28, 2016 Arthatantrashre ram sugar-mill
    गुलरिया(बर्दिया)। जिल्लामा हालसम्म साना ठूला गरी दुई हजार ५५२ वटा उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार दर्ता भएका उद्योगमा ३० प्रतिशत होटेल रेस्टुराँ, २० प्रतिशत राइस मिल र १५ प्रतिशत कृषि फर्म रहेका छन् । त्यसैगरी दर्ता भएका १० प्रतिशत फर्निचर उद्योग तथा समिल र बाँकी अन्य उद्योग रहेका सूचना अधिकारी रामराज गौतमले जानकारी दिनुभयो । यस ...
  • निर्माण ब्यबसायी महासंघ प्रतिनिधिमण्डल र गर्भनर नेपालबीच भेट May 28, 2016 ArthatantraIMG_3001
    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले शुक्रबार नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. चिरञ्जीवी नेपाललाई भेटी व्यवसायीहरुले भोग्नु परिरहेको बैंकिङ्ग समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएको छ ।   महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले गत बैशाख १२, १३ र २९ गतेका विनाशकारी भूकम्प, तराई मधेश आन्दोलन र भारतीय नाकाबन्दीका कारण निर्माण व्यवसायीहरुले संचालन गरेका निर्माण आयोजना प्रभावित भई समयमै सम्पन्न गर्न ...
  • पूर्ण सरकारी स्वामित्वको नेपाल टेलिभिजन १ अर्ब १५ करोड रुपैयाँ घाटामा … May 27, 2016 ArthatantraNepal Television
    काठमाण्डौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल टेलिभिजन निरन्तर घाटामा सञ्चालन भइरहेको छ । गत आर्थिक वर्ष २०७१र०७२ सम्ममा टेलिभिजनको सञ्चित नोक्सानी बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । नेपाल टेलिभिजनलाई गत आवमा ८ करोड २३ लाख रुपैयाँ खुद नोक्सानी भएको छ । यो अवधिमा टेलिभिजनले ३१ करोड ७ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । तर, कुल ...
  • उद्योगी सुरेश केडिया अपहरित ! May 27, 2016 ArthatantraBirjung
    वीरगञ्ज । औद्योगिक नगरी वीरगञ्जका उद्योगी सुरेश केडिया हिजो साँझ अपहरणमा परेका छन्। बाराको बरियारपुर बजारमा रहेको राइस मिलबाट वीरगञ्ज घर फर्किने क्रममा चालकलाई गोली हान्दै गाडीबाट निकाली अर्कै गाडीमा राखी अज्ञात व्यक्तिहरुले अपहरण गरी लगेका हुन्। महागढीमाइ नगरपालिकाको बगवन गाउँ नजिक रहेको पसाह पुलमा अपरिचित हतियारधारीले साँझ साढे ६ बजे गोली हान्दा बा १० च ७२४० बलेरो गाडीका चालक पर्सा ...
  • महानगरले उठायो ३९ करोड घरजग्गा कर, करिब २० करोड उठ्न बाँकी ! May 26, 2016 ArthatantraVAT
    काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले घरजग्गा करको शीर्षकमा चैत मसान्तसम्ममा रु ३९ करोड असुल गरेको छ । महानगरले ५४ करोड रुपैयाँ उठाउने लक्ष्य लिएकोमा अझै धेरै उठ्न बाँकी रहेको जनाएकोछ । पछिल्लो समय महानगरपालिकाभित्र सञ्चालित होटल क्रमशः करको दायरामा आउन थाले पनि सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले भनेझैं कर तिर्न नआएको कामपाले जनाएको छ । कामपाले कर नतिर्नेमाथि कानुनी प्रक्रिया अघि ...