Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना बन्द ! May 25, 2016 Arthatantrakali gandaki hydropower
    काठमाण्डौं । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा देखिएको समस्या समाधानका लागि एक हप्ता परियोजना बन्द गरिएको छ। स्याङ्जाको मिर्मीमा रहेको आयोजना मर्मतका लागि हिजो मंगलबार बिहानदेखि बन्द गरिएको आयोजना प्रमुख श्रीरामराज पाण्डेले जानकारी दिए। प्रमुख पाण्डेका अनुसार सुरुङबाट पेनस्टक हुँदै टर्वाइनसम्म पानी पठाउने पाइपको मुख्यद्वारमा समस्या देखिएपछि मर्मतका लागि उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो। उनले कम्तीमा पनि मर्मतका लागि एक ...
  • एक अर्ब लगानीमा दाना उद्योग खुल्यो May 23, 2016 Arthatantrapoltry लेयर्स, वोइलर कुखुराका लागि आवश्यक पर्ने दाना chicken, Hen
    चितवन । जिल्लामा एक अर्बको लगानीमा स्थापना भएको दाना उद्योगबाट उत्पादन सुरु भएको छ। विश्वकै उत्कृष्ट मेसिनसहितको दाना उद्योग नेपालको सबैभन्दा ठूलो ह्याचरी उद्योग चलाइरहेको अविनाश समूह र भारतको पोल्ट्री उद्योगमा अग्रणी मानिने स्काई लार्क समूहको संयुक्त लगानीमा उद्योग स्थापना भएको हो। उद्योगको मेसिनरी र जग्गाका लागि पचास करोड र कच्चा पदार्थ लगायतका लागि पचास करोड रुपैयाँ लगानी भएको छ। यो उद्योगले ...
  • हनुमन्ते खोलाको जग्गा ब्लक फ्याक्ट्रीले कब्जा गर्दा पीडितले न्याय पाएन… May 22, 2016 Arthatantrahanumante khola
    भक्तपुर । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका वडा २ र ५ (बालकोट साबिक ३ र ९ ) मा पर्ने हनुमन्ते खोला स्थित्  ब्लकफ्याक्ट्रीले गत सात वर्षदेखि जमिन अतिक्रमण गर्दा करिब एक सय जना जग्गा धनी पीडित बन्दै आएका छन् । पुनराबेदन अदालत, जिल्ला प्रशासन कार्यालय स्थानीय मध्यपुर थिमी र अनन्तलिड्गेश्वर नगरपालिकाले सप्रमाण जग्गा धनीको नाममा प्रमाण दिलाए पनि पीडित पक्षले जग्गा भोगचलन गर्न ...
  • सत्ताइस वर्षदेखि मालसामान सरकारी गोदाममै May 21, 2016 Arthatantranational_trading
    धनगढी । नेसनल ट्रेडिङ लिमिटेडको यहाँस्थित कार्यालयमा सर्वसाधारणलाई बिक्री वितरण गर्न २७ वर्षअघि आयात गरिएको मालसामान सडेगलेको अवस्थामा फेला परेका छन् । विसं २०४५ मा भारतले लगाएको नाकाबन्दीपछि तत्कालीन सरकारले आपूर्ति व्यवस्था असहज हुन नदिन नेसनल ट्रडिङको धनगढी कार्यालयमा पठाएका मालसामान बिक्री वितरण हुन नसकेपछि २७ वर्षदेखि गोदाममा थन्किइ सडेका हुन् । प्रत्येक आवको सुरुमा मौज्दात रहेका सामान र तिनको अवस्थाका बारेमा ...
  • रेशम हव : कला, साहित्य र पर्यटनको प्रवद्र्धन गर्ने इभेन्ट म्यानेजमेन्ट… May 20, 2016 Arthatantraresamhub
    काठमाण्डौं । कला, साहित्य र पर्यटन, यी तीन विधासँग मात्र सम्वन्धित क्षेत्रको प्रवर्द्धन गर्न गैरनाफामुलक रेशम इभेन्ट म्यानेजमेन्ट कम्पनी स्थापना भएको छ । राजधानी र मोफसललार्इ जोड्दै अन्तर्राष्टि«य स्तरसम्म कला र साहित्यलाई पुर्याउने एवं पर्यटकलाई आकर्षित गर्ने लक्ष्यका साथ कम्पनी सुरु गरिएको हो । प्रभु बैंकका सिइयो अशोक शेरचनले खोलेको यो कम्पनीले पहिलो पटक आर्ट काउन्सिल बबरमहलमा आज शुक्रबारदेखि ुपानी रङमा पोखरामाु ...
  • आन्तरिक राजस्व र सम्पत्ति शुद्धिकरण विभागबीच सम्झौता May 19, 2016 ArthatantraMOU IRD
    काठमाण्डौं । सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एवं कर छली नियन्त्रणका लागि सूचना आदान प्रदान गर्ने सम्बन्धमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग बीच पारस्परिक समझदारी पत्रमा जेठ ५ गते हस्ताक्षर भएको छ । आन्तरिक राजस्व विभागको तर्फबाट महानिर्देशक चुडामणि शर्मा र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको तर्फबाट महानिर्देशक किशोरजंग कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । ...
  • निजी गाडी चलाउनेबाटै रु ८ लाख संकलन ! May 19, 2016 ArthatantraHonda car
    काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्ने निजी गाडीका लागि जरिवानास्वरुप शुल्कबाट हालसम्म रु आठ लाख सङ्कलन गरिसकेको छ । महानगरपालिकाको २७औँ नगर परिषद्को निर्णयअनुसार गत फागुन १ देखि निजीस्तरबाट उक्त स्थानमा फोहोर लैजाने सबै गाडीबाट शुल्क लिन थालेको थियो । कामपाको मात्रै दैनिक २० वटा ठूला गाडी उक्त स्थानमा अन्तिम फोहोर व्यवस्थापनका लागि जाने गरेका छन्, त्यसमा ...
  • शुक्रबारबाट तीनदिने गहना तथा पत्थर मेला हुँदै ! May 18, 2016 Arthatantragem and jewellery expo 2016
    काठमाण्डौं । नेपाल हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले आयोजना गर्न लागेको नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६ को तयारी पुरा भएको छ । कार्यक्रममा बारेमा जानकारी दिन हिजो आयोजित एक पत्रकार सम्मेलन मार्फत् मेलामा स्वदेशी तथा विदेशी सहित ५९ वटा स्टल रहने र मेला जेठ ७ देखि ९ गतेसम्म राजधानीमा आयोजना हुने ...
  • को आउला लगानी बोर्डको सिईओ बनेर ? May 17, 2016 ArthatantraLaagani board
    काठमाण्डौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिईओको अन्तिम छनौट प्रक्रिया आज शुरु गर्दैछ । प्रारम्भिक छनोटमा परेका ४ जनाको आज कार्यपत्र प्रस्तुती र अन्तरवार्ता हुने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले जनाएको छ । लगानी बोर्डका बर्तमान सिईओ राधेश पन्त, राष्ट्रवैंकका पूर्व डेपुटी गर्भनर महाप्रसाद अधिकारी, सरोज कोईराला र रमेशनाथ बास्तोला नयाँ सिईओका लागि अन्तिम छनोटमा परेका छन् । अर्थमन्त्री विष्णु ...
  • गुण नियन्त्रण विभागद्वारा तीन पानी उद्योगमा सिलबन्दी May 16, 2016 Arthatantradrinking water
    काठमाण्डौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका तीनवटा खानेपानी उद्योगमा सिलबन्दी गरेको छ। विभागले मनमैजुका समुल ग्रुप इन्डस्ट्रिज प्रालि, क्रिस्टल एक्वा सर्भिस प्रालि र एक्वा स्टार मिनरल वाटर उद्योगको पानी उत्पादन तथा बिक्री वितरणमा रोक्का गरी सिलबन्दी गरेको हो। उक्त पानी उद्योगले उत्पादन हुने प्रशोधित पानी प्याक गरिएका जार तथा बोतलको बिर्कोमा अनिवार्यरुपमा विभागबाट प्राप्त अनुज्ञापत्र नम्बर सम्बन्धीत उद्योगको ...