Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • अब गाउँ नपुग्नेहरुको लाइन्सेन्स रद्द हुने ! May 15, 2016 Arthatantrashare
    काठमाडौं । गभर्नर डा. चिरञ्जिबी नेपालले गाउँगाउँमा नपुग्ने लघुवित्त संस्थाहरुको सञ्चालन स्वीकृति रद्द हुन सक्ने बताएका छन् । राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन कार्यक्रममा गभर्नर नेपालले गाउँगाउँमा जान नचाहनेहरुको हिसाव आफूले राखेको दावी गरे । उनले नयाँ खुल्नेलाई पनि गाउँमा पठाइने र भएकाहरुलाई पनि गाउँमा जान निर्देशन दिने बताए । ुजो गाउँगाउँ जाँदैनन् उनीहरुको लाइसेन्स रद्द हुनसक्छु उनले भने । तपाईहरु गाउँ ...
  • महासंघ प्रतिनिधिमण्डल र राजस्व विभागका महानिर्देशक बीच भेट May 13, 2016 Arthatantrafcan
    काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले विहिवार आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भेटी निर्माण उद्योग अन्तर्गत आय कर, मुल्य अभिवृद्धि कर र राजस्व सम्बन्धि समस्याका सम्बन्धमा ध्यानाकर्षण गराएको छ । महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले आर्थिक वर्ष २०७२/७३ र सो भन्दा अघि सम्मको मुल्य अभिवृद्धि कर विवरण पेश गर्ने र नगर्ने, मुल्य अभिवृद्धि करमा दर्ता भएका कुनै ...
  • एउटा थांकाको मूल्य ६ करोड ! May 12, 2016 ArthatantraThanka
    बनेपा । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा समितिले प्राचीन मूर्ति तथा थाङ्का संरक्षणका लागि अभियान थालेको छ । थाङ्काको अहिले रु ५०० देखि रु ६ करोडसम्ममा कारोबार हुने थाङ्का निर्माणका प्रशिक्षक धोर्जे गुरुङ लामाले जानकारी दिए । त्यस्तै, कलात्मक प्राचीन मूर्ति रु एक लाखसम्म पर्ने छ । समितिले २० दिनसम्म धुलिखेलमा प्राचीन मूर्ति तथा थाङ्का ...
  • ट्रिप एड्भाइजरमा ल्याण्डमार्क चितवनकै नम्बर १ May 9, 2016 Arthatantralandmark pic cover
    चितवन । लामो समयदेखि पर्यटन क्षेत्रमा लागेको सम्राट ग्रुपले बाघरमारा सौराहामा संचालनमा ल्याएको सुविधासम्पन्न होटल ‘ल्यान्डमार्क फरेस्ट पार्क’ले स्थापनाको दोस्रो वर्षमै  ट्रिप एड्भाइजरिमा चितवनकै उत्कृष्ट बन्न सफल भयो । यस बर्षको ट्रिपएडभैजरीको होटेल बर्गिकरणमा नेपालभरीमा तेस्रो र चितवनमा पहिलो स्थान ओगट् सफल भएको छ । प्रकृति र वन्यजन्तुसँग रमाउने पर्यटकलाई लक्षित गरी सम्राट ग्रुपले दुई वर्ष अघि सौराहामा यो होटल संचालनमा ...
  • सुगर मिलले दिने भयो उखु किसानलाई साढे ५ करोड May 8, 2016 Arthatantrashre ram sugar-mill
    नवलपरासी । चिनी उद्योगले किसानलाई उखुको रकम लिएबापत भुक्तानी नगरेको भन्दै एकसाता अघि नवलपरासीको इन्दिरा सुगर मिलमा लगाइएको ताला सुगर मिलले किसानलाई ५ करोड दिने भएपछि शनिबारबाट खुलेको छ। किसान, किसान प्रतिनिधि र उद्योग सञ्चालकबीच शुक्रबार भएको त्रिपक्षीय वार्ता सहमतिमा पुगेपछि उद्योगमा लगाइएको ताला खोलिएको हो । लामो समयबाट उखुको भुक्तानी नदिएको भन्दै इन्दिरा सुगर मिल गङ्गापुर र त्यस्को स्वामित्वमा रहेको ...
  • स्वदेशी लगानीमा नै बन्ने भयो, निजगढ विमानस्थल May 7, 2016 Arthatantranijgadh-airport-
    काठमाडौं। प्रस्तावित दोस्रो अन्तर्रा्ष्ट्रिय (निजगढ) विमानस्थल स्वदेशी स्रोत र लगानीमै निर्माण हुने भएको छ । शुक्रबार नेपाल सरकार मन्त्रिपरिषद् बैठकले निजगढ विमानस्थल आफ्नै स्रोत र लगानीमा बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले निजगढ विमानस्थल स्वदेशी स्रोत–साधनबाटै निर्माण गर्ने र त्यसका लागि आर्थिक स्रोतको जोहो अर्थ मन्त्रालयले गर्ने निर्णय गरेको छ । यससँगै सरकारले विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासमेत सुरु गर्ने ...
  • १३औं हस्तकला व्यापार मेला : १० करोडको कारोबार हुने विश्वास May 6, 2016 Arthatantra13 Handicraft and Trade Fair (6)
    काठमाण्डौं । राजधानीको भृकुटीमण्डपमा १३ औँ हस्तकला व्यापार मेला सुरु भएको छ। मेलामा भारत, बंगलादेश, भुटान, अफगानस्थानसहित नेपालको गरी १ सय ७७ वटा स्टल रहेको नेपाल हस्तकला महासंघले जनाएको छ। काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, सुर्ती र ढाकाका सामान, पस्मिना, छालाजन्य सामान, प्राकृतिक रेशा, बाँसका सामान प्रदर्शनीमा राखिएका छन्। महासंघले २०४८ सालदेखि मौलिक कलाको संरक्षण, कलाकारको उत्थान, लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलालाई ...
  • डेढ करोड लगानीमा ‘सोनु फ्यूल सेन्टर’ सञ्चालनमा May 3, 2016 Arthatantra_Sonu Fule Centre
    रोल्पा । रोल्पाको खुङग्री–३ धारापानीमा सोनु फ्यूल एण्ड अटो केमिकल्स सेन्टर सञ्चालन भएको छ । आइतबार रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले फ्यूल सेन्टरको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा प्रजिअ शर्माले सो फ्यूल सेन्टरले आगामी दिनमा जिल्लाको आपूर्तिलाई सहज बनाउने बताए । ‘यस अघि जिल्लाको सदरमुकाम नजिकबाट एक मात्र पेट्रोल पम्प सञ्चालनमा आइरहेकोले जिल्लामा आपूर्ति धान्न नसकेर अभाव हुने गरेको ...
  • अब सरकारले पानीको मूल्य तोक्ने ! May 3, 2016 ArthatantraWater Tanker
    काठमाण्डौं । ट्यांकर व्यवसायीहरुले सार्वजनिक मुहान तथा स्रोतमा गई निशुल्क भरेर ल्याएको पानी सर्वसाधारणलाई बेच्दा फरक फरक र चर्को मूल्य लिने गरेपछि अब सरकाले पानीको मूल्य निर्धारण गर्ने भएकोछ । सरकारले वास्तविक ढुवानी खर्चलाई मध्यनजर गर्र्दै शुल्क निर्धारण गर्ने भएको छ। त्यस्तै आपूर्ति भइरहेको खानेपानी सेवाको दर्ता र नियमन पनि गरिने भएको छ। नेपाल सरकारका मुख्य सचिव डा। सोमलाल सुवेदीको संयोजकत्वमा ...
  • नेपालमा उत्पादित लप्सीका परिकार अमेरिकी बजारमा ! May 2, 2016 ArthatantraLapsi
    पर्वत । यहाँका विभिन्न गाविसमा लप्सीबाट उत्पादित विभिन्न परिकार पहिलोपटक अमेरिका निर्यात भएको छ । जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले आफ्ना उत्पादन अमेरिका पठाएको हो । अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लगेका हुन् । लप्सीको ३०० किलो ...