Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • २ अर्बको निर्माण सामग्री नवलपरासीमा थन्कियो Apr 16, 2016 Arthatantrakarsar
    काठमाण्डौं । निर्माण ब्यवसायीहरुले विभिन्न निर्माण कार्यकालागि निर्माण सामग्रीको अभाव भएको बताईरहंदा क्रसर उद्योगहरुले भने नवलपरासी जिल्लामा मात्रै रू.२ अर्ब भन्दा बढिको निर्माण सामग्री मौज्दात रहेको बताएका छन् । देश भरिको मौज्दात रहेको निर्माण सामग्रीको परिमाण एक खर्ब भन्दा बढि रहेको व्यायसायीहरुको भनाई छ । मौज्दात निर्माण सामग्री सरकारले भारत निकासी गर्न दिनु पर्ने माग पनि गरेका छन् । २ बर्ष ...
  • वार्षिक ९ अर्ब कमाउने भाटभटेनीले सेयर जारी गर्दै Apr 15, 2016 ArthatantraBhatbhateni
    काठमाडौं । भाटभटेनीले सर्वसाधरणमा सेयर जारी गर्ने भएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै भाटभटेनी सुपरस्टोरलाई आम नेपालीको सुपरस्टोर बनाउने आकांक्षा अनुरुप यसको सेयर सर्वसाधारणमा विक्री गरी पब्लिक कम्पनीमा जाने बताइएकोछ । भाटभटेनीको वार्षिक कारोबार झन्डै ९ अर्ब रुपैयाँ बराबरको रहेको छ । मीनबहादुर गुरुङले टंगालमा सानो प्रोभिजनल स्टोरबाट सुरु गरेको यो स्टोरको १० वटा शाखा संचालनमा छन् । ...
  • अनलाईनबाटै टेण्डर भर्न मिल्ने Apr 14, 2016 Arthatantraonline computer
    काठमाण्डौं । सरकारले सार्वजनिक निकायको खरिद अब अनलाइनबाटै गर्ने भएको छ। विहीबार सरकारले सार्वजनिक खरिद प्रणाली सञ्चालन मार्गनिर्देशका जारी गरेपछि बोलपत्रको आह्वान र घोषणा समेत अनलाइनबाटै हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार पाँच निकायलाई खरिद आह्वानका लागि आइडी हस्तान्तरण गरे। अब सडक विभाग, सिञ्चाँइ विभाग, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार), खानेपानी तथा ढल विकास र ...
  • एनसेलको २० प्रतिशत कर नै २ सय ८३ करोड ! Apr 12, 2016 Arthatantra
    काठमाण्डौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको २० प्रतिशत स्थानीय साझेदारको सेयर स्वामित्व परिवर्तनका लागि हिजो सोमबार २ सय ८३ करोड रुपैयाँ कर भुक्तान गरेको छ। नेपालको कानुन अनुसार २० प्रतिशत सेयर नेपाली नागरिककै नाममा रहनुपर्छ। यही प्रावधान अनुसार निरजगोविन्द श्रेष्ठका नाममा एनसेलको २० प्रतिशत सेयर रहेको थियो, जसमा टेलियासोनेराको ‘इकोनोमिक इन्ट्रेस्ट’ थियो। व्यवहारिक रुपमा यो टेलियासोनेराकै स्वामित्वको सेयर भए पनि ...
  • साताभित्र सबै उपभोक्ताले ग्यास पाउने Apr 11, 2016 ArthatantraGas
    काठमाण्डौं । ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीच ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन्। आयात बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका तीन जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्राहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंमा क्षेत्र विभाजन गरेर २७ कम्पनीबम ग्यास एकैपटक बिक्री गर्ने ...
  • डसना उद्योगमा आगो लाग्दा १६ लाख क्षति Apr 10, 2016 Arthatantraaago lagi
    तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ गल्छिनास्थित एक डसना उद्योगमा आगलागी भएको छ। पोषराज सिग्देलको घरमा छाङ गाविस वडा नं ५ वस्ने ईश्वर मल्लको डसना उद्योगमा गएराति आगलागी हुँदा करिब १६ लाख रुपैयाँको क्षति भएको छ। चारवटा कोठामा राखिएका सिरक डसनामध्ये दुई कोठामा रहेका सिरक डसना जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय वेलचौताराका सई काशीराम चौधरीले जानकारी दिए। आगलागीबाट ...
  • उपहारको यो कस्तो व्यापार ? उपभोक्तालाई कुहिएको चाउचाउ र चनाबाट दालमोठ.… Apr 9, 2016 ArthatantraDalmoth
    काठमाडौ । दालमोठ खाँदा होस् पु¥याउनुहोस् है ! केहि उद्योगले कुहिएको चाउचाउ, किरा परेका चना र दालका साथै अखाद्य पदार्थबाट तयार पारिएका दालमोठ बजारमा पठाउने गरेको रहस्य राजधानी काठमाडौबाटै खुलासा भएको छ । काठमाडौको गौरीघाटसँगैको कुमारीगालमा उपहार दालमोठ उद्योगको अनुगमनका क्रममा दालमोठ बनाउन प्रयोग गरिने सबै खाद्यवस्तु अखाद्य भेटिएका छन् । दालमोठ बनाउन प्रयोग गरिने मुख्य कच्चा पदार्थ चना र दालमा ...
  • महिनादिनपछि खुल्यो बन्द उद्योग Apr 8, 2016 Arthatantracement-industry
    उदयपुर । उद्योगको प्लान्ट मेसिनको दाँती बिग्रेका कारण २५ दिनदेखि सिमेन्ट उत्पादन गर्न बन्द हुँदै आएको जिल्लाको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग आज शुक्रबार साँझदेखि सञ्चालन हुने भएको छ। उद्योगको प्लान्ट मेसिनको दाँतीलाई तत्काल भारतमा लगेर मर्मत गरेर ल्याएपछि केही महिनाका लागि उद्योग सञ्चालन हुन सहज भएको हो। उद्योग बन्द हुँदा दैनिक एक करोड रुपैयाँको बराबर सिमेन्ट उत्पादनमा घाटा हुने गरेको उद्योग ...
  • व्यापारीका लागि एक सय अर्बको कोष Apr 8, 2016 Arthatantranepali rupees
    चितवन । जिल्लाको रत्ननगरमा हिजो बिहीबार भएको केरा किसानको वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैकका गभर्नर डा चिरञ्जीवी नेपालले सरकारले एक सय अर्ब रुपैयाँको पुनरोद्धार कोष ल्याउन लागेको जानकारी दिएका छन् । उनका अनुसार, नाकाबन्दी, भूकम्प लगायतका विभिन्न कारणले समस्यामा परेकाको उद्धारका लागि सरकार, निजी क्षेत्र र दातृ निकायको साझेदारीमा कोष ल्याउन लागेको हो । कोषमार्फत व्यवसायको उद्धारका लागि १० करोडभन्दा कम ...
  • नेपालमै बन्दैछ विद्युतीय कार, मूल्य १७ लाख Apr 7, 2016 Arthatantraelectric_cars china
    काठमाण्डौं । नेपालमा गाडी उत्पादन गर्ने एक मात्र कम्पनी हुलास मोटर्सले ६ महिना भित्रमा हुलास विद्युतीय कार बजारमा ल्याउने र यसको अनुमानित मूल्य १७ लाख रुपैयाँ हुने बताएकोछ यस अघि हुलास मोटर्सले मुस्ताङ म्याक्स गाडीको उत्पादन गरेको थियो भने हाल इलेक्ट्रिक रिक्सा उत्पादन गर्दै आएको छ। उक्त कारको ब्याट्री फुल चार्ज गर्न ८ घण्टा समय लाग्नेछ। यो एकपटक चार्ज गरेपछि १ सय ...