Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • भारतले दियो हालसम्मकै धेरै इन्धन Apr 7, 2016 Arthatantra
    काठमाण्डौं । भारतबाट मार्च महिनामा अहिलैसम्मको धेरै इन्धन आयात भएको छ । नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार मार्च महिनामा १ लाख ११ हजार १ सय ८ किलोलिटर डिजेल आयात भएको छ । आयातित डिजेल अहिलेसम्मकै धेरै हो । यसअघि मासिक करिब ७५ हजार किलोलिटर डिजेल आयात हुन्थ्यो । यस्तै २९ हजार ८ सय ८१ किलोलिटर पेट्रोल ...
  • खाना पकाउने ग्याँसको मूल्य रु ८८ सम्म घट्ने ! Apr 6, 2016 ArthatantraGas
    काठमाण्डौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको स्वचालित मूल्य कार्यान्वयनमा ल्याउँदै आज बुधवार सामान्य मूल्य घटाउने भएको छ । यसका लागि नाफा भएको बेला स्वचालित मूल्य कार्यान्वयनमा ल्याउँदा दीर्घकालिन रुपमा सजिलो हुने भन्दै संचालक समितिले मूल्य घटाउन स्विकृती दिइसकेको छ । अहिले निगमलार्इ एक सिलिण्डर ग्यासमा ८७ रुपैयाँ ७७ पैसा नाफा छ । अन्तर्राष्टिय बजारमै गर्मीयाममा ग्यासको मूल्य घट्छ भने ...
  • मेसिन बिग्रिएपछि बन्द भयो उद्योग, दैनिक १ करोड घाटा Apr 4, 2016 Arthatantracement-industry
    उदयपुर । सिमेन्ट उत्पादन गर्ने मेसिन बिग्रेपछि जिल्लाको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग विगत १५ दिनदेखि बन्द छ। मेसिनका उपकरण जापानबाट आपूर्ति हुन कठिनाइ हुँदा सिमेन्ट उत्पादन कार्य पूर्ण रुपमा बन्द हुन पुगेको सो उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताए। उद्योगको धेरै सामान जापानको कावासाकी कम्पनीले उपलब्ध गराउँदै आएको छ भने साना सामान उपलब्ध गराउन तयार नहुँदा उद्योगलाई कठिनाइ हुने गरेको छ। ‘भारतीय कम्पनीबाट ...
  • नेपालमै भेटियो ठुलो परिमाणको फलाम खानी Apr 2, 2016 Arthatantrafalamkhani
    विद्रोही गिरी, नवलपरासी । नवलपरासीको धौवादी– ३ पोखरीमा फलाम खानीको उत्खनन्मा खटिएका जियोलोजिष्टहरुको टोली उत्साहित भएका छन् । नेपालमै ठुलो फलाम खानी भेटिएको र त्यसको बिस्तृत अध्ययन गर्दै गर्दा उनीहरु उत्साहित भएका हुन् । यत्ति ठुलो क्षेत्रमा फलाम खानी भेटिएको छ त्यसमा काम गर्दा हामीलाई उत्साह भएको छ जियोलोजिष्ट नारायण बाँस्कोटाले भने ‘यो काम गर्दा झन पछि झन उत्साह थपिदा ...
  • ११ उद्योगमाथि सरकारले चलायो मुद्दा, यस्तो थियो कारण Apr 1, 2016 Arthatantraclosed
    मोरङ । पूर्वाञ्चलका ११ उद्योगका उत्पादनविरुद्ध क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मुद्दा चलाएको छ । गत मङ्सिरदेखि फागुनसम्मको चार महिनाको अवधिमा बजार अनुगमनका क्रममा मापदण्ड विपरीत खाद्य वस्तु उत्पादन गर्ने पूर्वाञ्चलका ११ उद्योगविरुद्ध मुद्दा चलाइएको हो । पूर्वाञ्चल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाका अनुसार विराटनगरको विके मसला उद्योग, डेरी फ्रेस उद्योग वीरगन्ज, नेपाल ...
  • ग्याँस बिक्रेताहरुद्वारा ग्याँस कानून बनाउन माग Mar 31, 2016 ArthatantraGas
    काठमाण्डौं । ग्याँस बिक्रेता महासंघ नेपालले झुट्टा मुद्धामा विक्रेता पक्राउ गर्ने काम नरोकिए ग्यास बिक्री नगर्ने चेतावनी दिँदै ग्याँस बिक्रीका क्रममा बेथिती बढेको र अनाहकमा गल्ती नगर्नेलाई प्रहरीले दुःख दिएको बताउँदै ग्याँस कानूनको माग गरेका छन् । महासंघको टोलीले हिजो बुधवार गृहमन्त्री शक्ति बस्नेतलाई भेटेर प्रहरी प्रशासनबाट व्यवसायीलाई झुट्टा मुद्धा पक्राउ गर्ने काम भएको भन्दै यस्तो श्रृंखला नरोकिए ग्यास बिक्री रोक्ने ...
  • भुकम्प र नाकाबन्दीपछि के हुँदैछ ? सोध्दै १२ सय निर्माण व्यवसायी Mar 30, 2016 ArthatantraFCAN
    चितवन। भूकम्प र नाकाबन्दीपछिको निर्माणको अवस्थाबारे समीक्षा गर्न देशभरका एक हजारभन्दा बढी निर्माण व्यवसायी यहाँको रत्ननगरमा भेला भएका छन् । ‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँ केन्द्रीय साधारणसभा तथा रजत जयन्ती शुभारम्भ समारोहका लागि उनीहरु यहाँ भेला भएका हुन् । आजदेखि सुरु हुने दुईदिने केन्द्रीय साधारणसभाका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा ...
  • तेल नदिने पम्पलाई कारवाही गरिने, हिजो मात्र २६ लाख लिटर पेट्रोल आयात Mar 29, 2016 Arthatantra
    काठमाण्डौं । पेट्रोल पम्पहरुले तेल नभएको साइनबोर्ड झुण्ड्याउन थालेपछि अनावश्यक हल्ला चिर्न आयल निगमले थानकोट डिपोबाट सोमबार ६ लाख लिटर पेट्रोल दिएको छ भने तेल नदिने पेट्रोलपम्पलाई कारवाही गरिने बताएकोछ । सामान्य समयमा पेट्रोलको माग तीन लाख लिटर मात्रै हो तर बजारमा अनावश्यक हल्ला फैलिएपछि निगमले दोब्बर परिमाणमा पेट्रोल दिएको हो । अहिले भारतबाट सहज रुपमा पेट्रोल आइरहेको पनि निगमले जानकारी ...
  • नेपालमै छ ग्याँसको प्लान्ट, दैनिक १० हजार सिलिण्डर भर्न सकिने Mar 28, 2016 ArthatantraLPG Gas
    मोरङ । स्थानीय हाथीमुडामा रहेको कोसी ग्यास उद्योगले रु ३० करोडको लागतमा अत्याधुनिक मेसिनरी प्रविधिबाट ग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन र बिक्री सुरु गरेको छ। दैनिक आठ घन्टामा १० हजार सिलिन्डर ग्यास भर्ने क्षमता रहेको सो उद्योगमा उक्त प्लान्ट जडानको कारणले ग्यास सिलिन्डरको हाईड्रोलिक गुणस्तर जाँच नियामितरुपमा भइरहेको उद्योगका प्रबन्धक सचित उपाध्यायले जानकारी दिए। डेनमार्कको कोसानक्रिस प्लान्टबाट आयात गरिएको सो ...
  • अब ग्याँस अनुगमनमा प्रहरी नै ! Mar 28, 2016 ArthatantraGas
    काठमाण्डौं । भारतले लगाएको नाकाबन्दी खुलेको डेढ महिना हुन लाग्दा पनि बजारमा खाना पकाउने ग्याँस सहज हुन नसकेपछि प्रहरी आफै सादा पोशाकमा बजार निगरानीमा हिंडेको छ । इन्डियन आयल कर्पोरेसन (आर्इओसी)बाट ८० प्रतिशतको हाराहारीमा ग्यास आपूर्ति भए पनि उपभोक्ताले पाउन सकेका छैनन्। यस अघि नै वाणिज्य, आपूर्ति तथा व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त टोली अनुगमनमा क्रियाशील भएका छन् भने नेपाल ...