Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • खुल्यो १२ करोड लगानीको ‘जल महल’ Mar 14, 2016 ArthatantraJalmahal
    पोखरा । चार वर्ष अगाडिदेखि चचहुई फनपार्क सञ्चालन हुदै आएको यहाँको ठाउँमा थप गरेर अन्तर्राष्ट्रिय स्तरको पारिवारिक होटल ‘जलमहल’ संचालनमा आएको छ । करिब १० रोपनी क्षेत्रफलमा चचहुई फनपार्क को खर्च समेत गरेर १२ करोड खर्च गरेर बनाइएको यस होटल तीन थरिका स्विमिङ पुल छन्। होटलमा डिलक्स, सुपर डिलक्स, जलमहल प्रिमियम र कनेक्टिङ गरी चार प्रकारका सुविधासम्पन्न ३६ कोठाहरु छन् । ...
  • डिजेल तस्करी गर्दागर्दै ट्याङ्करसहित पाँच जना पक्राउ Mar 14, 2016 Arthatantra
    उर्लाबारी । डिजेल तस्करी गर्न लागेको अवस्थामा मोरङ विराटनगरको एक पेट्रोल पम्पबाट गएराति ट्याङ्करसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगरको नेपाल आयल निगम नजिक रहेको धिताल पेट्रोल पम्पबाट डिजेल तस्करी गर्न लागेको अवस्थामा ना ४ ख ४१४२ नम्बरको ट्याङ्कर र पम्पका तीन जना कर्मचारीसहित पाँच जनालाई प्रहरीले राति १२ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पम्पबाट ट्याङ्करमा खन्याएर ...
  • प्रति सिलिण्डर ग्याँसमा १ सय रुपैयाँ कम हुने Mar 13, 2016 ArthatantraGas
    काठमाण्डौं । चिनियाँ कम्पनी साइनो प्याक्सले भारतको भन्दा कम मूल्य प्रतिकिलो ग्यास ३.५ चिनियाँ युयान (५८ रुपैयाँ) मा दिन सकिने प्रस्ताव नेपाललाई गरेपछि सो प्रस्ताव नेपालले स्वीकार गरे अब हालको मूल्यभन्दा १ सय रुपैयाँ कममा ग्याँस पाइने भएकोछ । प्रतिसिलिन्डर अर्थात् १४.२ किलो ग्यासलाई ८२३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेसन (आईओसी) रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९२२ रुपैयाँ पर्छ । राजस्व ...
  • तेज र अग्नि सिमेन्टलाई किन लगाइयो प्रतिबन्ध ? Mar 12, 2016 ArthatantraTej cement
    काठमाडौं । गुणस्तर तथा नापतौल विभागले गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै दुई सिमेन्ट उद्योगलाई उत्पादन बिक्री वितरणमा रोक लगाएको छ । विभागले शुक्रवार विज्ञप्ति जारी गर्दै इस्टर्न कसमस सिमेन्ट मोरङबाट उत्पादित तेज ब्रान्ड र ओम सिमेन्टबाट उत्पादित प्राइम ब्रान्डको सिमेन्ट विक्री वितरणमा रोक लगाएको हो । विभागका प्रवक्ता रोमी मानन्धरद्वारा जारी विज्ञप्तिमा गुणस्तर परीक्षण गर्दा कमसल देखिएकोले विक्री वितरणमा रोक लगाइएको ...
  • अब सातै प्रदेशमा इन्धन डिपो Mar 11, 2016 Arthatantra
    दाङ । आपूर्तिमन्त्री गणेशमान पुनले दाङमा प्रदेशस्तरीय इन्धन डिपो स्थापनाको प्रक्रिया सुरु गर्न नेपाल आयल निगमलाई निर्देशन दिइएको बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा मन्त्री पुनले सरकारको नीतिअनुरुप सात प्रदेशमा सात इन्धन डिपो निर्माण गर्ने निर्णय गरिसकिएको जानकारी दिएका हुन् । मन्त्री पुनले उद्योगी व्यवसायीलाई मूल्यसूची राख्न पनि आग्रह गरे । सङ्घका अध्यक्ष विमल रिजालले ...
  • अमेरिकाले फालेको कागज जम्मा गरेर विश्वकै धनी चिनियाँ महिला : झाङ जिन Mar 9, 2016 Arthatantrazhang-xin final
    एजेन्सि । ‘खेर गइरहेको कागज भनेको जंगल जस्तै हो । कागजहरुलाई चलाउन सकिएमा ती आफै पुस्तौं पुस्तासम्म पुनः प्रयोग हुन सक्छन् ।’ नाइन ड्रागन्स पेपरकी संस्थापक, आफ्नै बलबुतामा धनी बनेकी संसारकै महिलाहरुमध्येकी एक झाङ जिन (जसलाई हङकङकमा चोङ यान पनि भनिन्छ) लाई एक व्यक्तिले बताएको कुरा हो यो । यो भनाईले उनको जिन्दगी बदलिदिन्छ भन्ने सायद त्यो भन्ने मान्छेलाई पनि थाहा ...
  • सरकारले पाँच स्थानलाई नयाँ औद्योगिक क्षेत्र बनाउने Mar 9, 2016 Arthatantracement-industry
    इटहरी । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले हिजो मंगलबार यहाँ नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीको छैटौं अधिवेशन तथा १७औं साधारणसभाको उद्घाटन गर्दै देशका पाँच स्थानमा चाँडै नै नयाँ औद्योगिक क्षेत्र विकासका योजनासहित जग्गा व्यवस्थापन गर्ने कार्यलाई मूर्तरुप दिइने बताएका छन् । सो क्रममा दमक क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको पनि उनले बताएका छन् । मन्त्री पाण्डेलेमुलुकको समग्र विकासका ...
  • उखु नभएपछि श्रीराम सुगर मिल्स बन्द Mar 8, 2016 Arthatantrashre ram sugar-mill
    रौतहट । पर्याप्त मात्रामा उखु नभएपछि श्रीराम सुगर मिल्स बन्द भएको छ । किसानले उखु नदिएपछि गत वर्ष २१ लाख क्विन्टल क्रसिङ गरेको चिनी मिल्सको उत्पादन बन्द भएको हो । यस वर्षको फागुनसम्म यो कारखानाले नौ लाख क्विन्टल मात्रै उखु क्रसिङ गर्न सकेको छ । विगतका वर्षहरुमा जेठ महिनासम्म चल्ने चिनी मिल्स अहिले उखुको अभावमा बन्द गर्नुपरेको मिल्सका उखु प्रबन्धक सियाराम साहले ...
  • पेट्रोल पम्प र डिपोमा सरकारी अनुगमन Mar 8, 2016 Arthatantra
    काठमाण्डौं । नाकाबन्दी खुलेपनि पेट्रोलियम पदार्थको अभाव नहटेपछि आपूर्ति व्यवस्थापन विभाग, आयल निगम र काठमाडौं जिल्ला प्रशासनले संयुक्त रुपमा पेट्रोल पम्प र ग्यास डिपोमा अनुगमन थालेको छ । भारतबाट माग अनुसार पेट्रोलियम पदार्थ आएपनि अभाव नहटेको गुनासो बढेपछि आपूर्ति व्यवस्थापन विभागले तालिम प्राप्त ९० जना अधिकृतलाई पम्पको अनुगमनका लागि खटाएको छ । त्यस्तै आयल निगमले पनि १२ जना कर्मचारी खटाएकोछ । भारतबाट ...
  • को को हुन् नेपालका सर्वाधिक ५ धनी ? जो विश्वमै चर्चित छन् Mar 7, 2016 Arthatantratop 5 rich man in nepal
    हामीले धेरैको मुखबाट सुन्ने गर्छौं हाम्रो देश पो गरिब त यहाँका मान्छे त जति पनि धनी छन् नि ! साँच्चै नै, हाम्रो देशका अधिकांश नागरिकहरु धनी छन्, जसले गर्दा विश्वमै चर्चित छन् । के तपाईलाई थाहा छ नेपालका सबैभन्दा धनी ५ व्यक्ति को को हुन् ? हेर्नुहोस् नेपालका सर्वाधिक ५ धनी जो विश्वमै चर्चित छन् : ५. आदित्य झा जनकपुरको मध्यमवर्गीय परिवारमा ...