Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • उपभोक्तालाई राहत दिन खाद्य संस्थानको घुम्ती सेवा Feb 5, 2016 Arthatantra
    काठमाण्डौं । भारतीय नाकाबन्दीका कारण महंगोमा सामान किन्न बाध्य भइरहेको अवस्थालाई ध्यानमा राख्दै उपभोत्तालार्इ राहत दिन खाद्य संस्थानले सुरु गरेको घुम्ती सेवा प्रभावकारी देखिएकोछ । संस्थानले टोल टोलमा पुगेर १८ गतेदेखि ट्रकमार्फत खाद्यान्न विक्री कार्यक्रम सुरु गरेको हो । एक महिनाका लागि परीक्षणमा ल्याइएको खाद्यान्न पसलमा किनेको भन्दा एक किलोमा दश रुपैयाँसम्म सस्तो छ । सहुलियत मूल्यमा उपभोत्तालार्इ खाद्यान्न उपलब्ध गराउन घुम्तीसेवा ...
  • चौधरी ग्रूपका संस्थापक उद्योगपतिको निधन Feb 5, 2016 ArthatantraLunakarandas-chaudari
    काठमाण्डौं । चौधरी ग्रूपका संस्थापक उद्योगपति लुनकरणदास चौधरीको हिजो बिहीबार दिउसो ९४ वर्षको उमेरमा निधन भएको छ । उनी लामो सयमदेखि मुटु र सुगर रोगका विरामी उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनका जेठा छोरा विनोद चौधरी विश्वका डलर अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली हुन् । लुनकरणदास चौधरीको जन्म १९७९ सालमा काठमाडौंको मखन टोलमा भएको थियो । उनका तीन ...
  • ब्यापार बढाउन वाणिज्य मन्त्रालयद्वारा सय दिनको कार्यक्रम Feb 3, 2016 ArthatantraMinister for Labour and Employment Dipak Bohara
    काठमाडौं । वाणिज्य मन्त्रालयले राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापारका कार्यलाई छिटो र छरितो रूपमा अगाडि बढाउन आगामी सय दिनमा गरिने कार्यक्रम सार्वजनिक गरेको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी वाणिज्य मन्त्री दीपक बोहोराले नीति तथा रणनीति तर्जुमा र कार्यान्वयन, निर्यात प्रवद्र्धन, व्यापार मेला र वस्तु तथा सेवाको विकाससम्बन्धी नयाँ कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रममा मन्त्री बोहोराले वाणिज्य नीति २०७२ को कार्यान्वयन ...
  • संचालनमा आयो २५ करोडमा बनेको ‘आमादब्लम’ Feb 2, 2016 Arthatantraamadablam-hotel-kathmandu
    काठमाण्डौं । राजधानीको पिंगलास्थानमा २५ करोड रुपैयाँ लगानीमा थ्रि स्टार स्तरीय होटल ‘आमादब्लम’ संचालनमा आएकोछ । एक कार्यक्रमबीच हिजो संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखलले सो होटललको उद्घाटन गरेका छन् । होटलमा रहेको ६२ मध्ये ३० वटा सुपेरियर रुम, २७ वटा डिलक्स र पाँच वटा स्वीट रुम रहेको जानकारी दिइएको छ । यी रुमको मूल्य प्रति रात चार देखि १० ...
  • सुरुङ मार्गमा लगानी जुटाउन नसक्दा कुशकुमारले दिए राजीनामा Feb 2, 2016 ArthatantraKush kumar joshi
    काठमाडौं  । काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता गरेको उक्त कम्पनीले लगानी जुटाउन नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत रहेका जोशीले चौतर्फी दबाब थेग्न नसकी आइतबार पद छाडेका हुन् । कम्पनीमा बुझाइएको राजीनामापत्रमा ‘व्यक्तिगत कारण’ पद त्यागेको ...
  • खुवा बेचेर ३० हजार कमाउँछन् ढुंखर्कका अर्जून प्रसाद Jan 31, 2016 ArthatantraKhuwa
    काभ्रे  । काभ्रे ढुंखर्कका अर्जून प्रसाद तिमल्सिना बिहान ४ बजेदेखि साँझसम्म खुवा निर्माणमा खट्छन् । बिहानै गाउँका किसानहरु सँग दुध खरीद गर्ने र त्यसलाई घोटेर खुवा बनाउनु उनको दैनिकी हो । यो उनको पुख्यौंली काम हो । उनी दैनिक ३ सय लिटर दुध किन्छन र १ सय किलो खुवा बनाउँछन् । यो कामबाट उनले परिवारका चार जनालाई रोजगारी समेत दिएका ...
  • आयल निगममा १५ दिनपछि फेरि कर्मचारीको सरुवा Jan 29, 2016 ArthatantraNOC
    काठमाडौं । नेपाल आयल निगम व्यवस्थापनले डिपो र विभागहरुकम कर्मचारी हेरफेर गरेको छ । १५ दिन नवित्दै आन्तरिक लेखापरीक्षण विभागमा पुगेका सिताराम पोखरेललाई अर्थ विभाग प्रमुख बनाइएको छ । निगमको कार्यकारी निर्देशक गोपालबहादुर खड्का आएपछि १५/१५ दिनमा सरुवा हुन थालेको हो । निगम व्यवस्थापनले थानकोट डिपो प्रमुखमा नेत्र काफ्लेलाई ल्याएको छ । भारतको अघोषित नाकाबन्दीपछि थानकोट डिपो जाने उनी निगमका तेस्रो कर्मचारी ...
  • सरकारी औषधी उद्योग घाटामा, निजी नाफामा ? Jan 29, 2016 Arthatantranepal aaushadhi limited
    काठमाडौँ । देशभर दर्ता भएका ५३ निजी औषधी उद्योग मध्ये ४५ वटा संचालनमा छन्  । संचालनमा आएका सबै उद्योग नाफामा छन्, तर सरकारको प्रत्यक्ष स्वामित्वमा रहेका उद्योगहरु भने यतिबेला धरासाही अवस्थामा पुगेका छन् । २०६० सालसम्म १२० किसिमका औषधिहरु अत्पादन गर्दै आएको नेपाल औषधि (तत्कालिन शाही औषधि) लिमिटेड अहिले दुई किसिमका उत्पादनमा सीमित भएको छ । १२० किसिमका औषधि उत्पादन गर्ने कम्पनीले ...
  • नाकाबन्दीको असर : बिलम्ब शुल्क ७ अर्ब नाघ्यो   Jan 28, 2016 Arthatantrablockade nepal
    काठमाण्डौं । भारतको अघोषित नाकाबन्दीका कारण कोलकाता बन्दरगाहामा रोकिएका ट्रक तथा कन्टेनर विलम्ब शुल्क ७ अर्ब रुपैयाँ नाघेको छ । भारतको आघोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण ती रोकिएका हुन् ।  कोलकातामा अडकिएर बसेका कन्टेनर तेस्रो मुलुकबाट तथा भारतबाटै सामान आयात गर्न लोड गरिए हुन् । कन्टेनरसहित सामान अडकएकाले सिपिङ कम्पनीले जरिवाना शुल्क लिने व्यवस्था छ । सिपिङ कम्पनीले सामान लोड ...
  • ६ महिनाभित्र पाइपलाइनबाट घर-घरमा ग्यास Jan 27, 2016 Arthatantrasom pande
    काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको मंगलबारको दैनिकी सधैंको भन्दा फरक थियो । भेटघाट, बैठक र फाइल सदर गरेर दिन बितउने उनी मंगलबार भने काठमाडौंका गल्ली र कुनातिर कुदेका देखिन्थे । उनी त्यसै कुदेका भने थिएनन् । मन्त्री पाण्डे जमिनमुनिको ग्यास खोज्न हिँडेका थिए । पाण्डे उपत्यकाका जमिनमुनिबाट ग्यास निकाल्न काम गरिएका प्लान्टको निरीक्षणमा निस्केका हुन् । विज्ञका अनुसार काठमाडौंमा १४ ठाउँमा यस्ता ...