Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • बाढीका कारण हेटौँडा औद्योगिक क्षेत्रमा करिब दुई अर्बको नोक्सानी Aug 18, 2017 ArthatantraHETAUDA industrial area
    हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा बाढी पस्दा रु एक अर्ब ७७ करोडको नोक्सानी भएको छ । यहाँका आठवटा उद्योगमा रु दुई करोड ५० लाखभन्दा बढीको भौतिक क्षति भएको छ । उद्योग व्यवस्थापन कार्यालय हेटौँडा र उद्योग सङ्घ मकवानपुरले संयुक्त रुपमा गरेको निरीक्षणका क्रममा सो परिमाणमा नोक्सानी भएको भेटिएको हो । “यो त न्यूनतम क्षति विवरण मात्र हो, पूर्ण विवरण आउन बाँकी ...
  • बाढीपीडितका लागि चेम्बरले एक करोड बराबरको राहत दिने, डिजास्टर रिलिफ से… Aug 16, 2017 Arthatantranepal chember of commerce
    काठमाडौ । नीजि क्षेत्रको पुरानो संगठन नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पीडितहरुका लागि राहत स्वरुप एक करोड एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। चेम्बरको मंगलबार बसेको आकस्मिक बैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाले उत्पन्न भीषण बाढीपहिरो पीडितका लागि उक्त रकम बराबरको नगद एवं जिन्सी दिने निर्णय गरेको हो । यस्तै दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुका लागि राहत पुर्‍याउन ...
  • काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा बालकृष्ण थापा बिजयी Aug 15, 2017 ArthatantraContractor-ktm-balkrishna thapa
    काठमाडौ। काठमाडौ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा बालकृष्ण थापा विजयी भएका छन् । त्यस्तै उनकै प्यानलबाट बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद गौतम र प्रथम उपाध्यक्षमा कबिन्द्र महर्जन बिजयी भएका छन् । साथै द्वितिय उपाध्यक्षमा बासु खड्का र महासचिवमा शान्त कुमार श्रेष्ठ पनि उनकै प्यानलबाट बिजयी भएका छन् । सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा भने थापाका प्रत्यासि रामशरण बुढाथोकीको प्यानलबाट बिजयी भएका छन् ...
  • मंगलबारदेखि नयाँ ५ रुपैयाँको नोट बजारमा ल्याउदै राष्ट्र बैंक Aug 14, 2017 Arthatantranepalbundle 5 rupee note
    काठमाडौ। नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ । केन्द्रीय बैंकले मंगलबारदेखि नयाँ ५ रुपैयाँ दरको नोट चलन चल्तिमा ल्याउन लागेको हो । नयाँ नोटमा तलेजु भवानी मन्दिरको सट्टा काष्ठमण्डप मन्दिर, साविक याकको सट्टा वन्य याक र सगरमाथाको सट्टा हुम्लाको लिमि हिमाल चित्र रहने राष्ट्र बैंकले जनाएको छ । नोटको दायाँतर्फ लालिगुराँसको पानीछाप रहने छ । फाईल ...
  • बाढी पीडितलाई महासंघको १ करोड सहयोग, राहत कोष स्थापना Aug 14, 2017 ArthatantraBIMALA PANDIT PHOTO 1
    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपत्तिमा परेका जनताको तत्काल सहयोगका लागि १ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । बाढी कारण अधिकाम्स क्ष्त्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेको हो । सहयोगमा महासंघको तर्फबाट १० लाख, नेपाल औषधि उत्पादक संघको ५० लाख बराबरको औषधि नेपाली यूवा उद्यमी मञ्चबाट नगद तथा जिन्सी गरी १५ लाख, शंकर ग्रुपको ...
  • नेप्से ११ अंकले घट्दा आईतबार १० प्रतिशतले सेयर मूल्य बढ्ने/घट्ने कम्पन… Aug 13, 2017 Arthatantrashare market bull and bear
    काठमाडौ । साताको पहिलो दिन आईतबार नेप्से परिसूचक ११.४० अंकले घटेर १६४२.१३ अंकमा झरेको छ । यसदिन क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि २.४४ अंकले घटेर ३४४.५९ अंकमा झरेको छ । आइृतबार फाईनान्स र उत्पादन बाहेक बाँकी सबै समूहको परिसुुचक ओरालो लागेको छ । बीमा समूहको परिसूचक सबैभन्दा धेरै १०४.३७ अंकले घटेको छ । आईतबार १६० कम्पनीको ७ हजार ५८१ ...
  • घरजग्गा व्यवसाय संकटमा,कसरी ? Aug 11, 2017 Arthatantraland plot jamin
    काठमाडौ। सरकारले कृषि योग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूत गर्न तथा भूमिलाई खन्डिकरण हुनबाट रोक्न कृषियोग्य जमिनको प्लटिङ गर्न रोक लगाएको भूमिसुधार तथा व्यवस्था सचिव कृष्णप्रसाद देवकोटाले बताए । मन्त्रालयले भूमिसुधार ऐन २०२१ ले प्रत्यायोजन गरेर अधिकारको प्रयोग गर्दै निर्देशिकका जारी गरी कृषियोग्य जमिनमा प्लटिङ रोकेको हो । अहिले देशभरिका सुगमस्थानहरूमा ...
  • पेट्रोलियम ब्यवसायीले आजदेखि डिपोबाट पेट्रोल नउठाउने,भोलिदेखि बन्द Aug 10, 2017 Arthatantrapetrol-price-down
    काठमाडौ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले आजदेखि डिपोबाट पेट्रोल नउठाउने भएको छ । इन्धन ढुवानीका क्रममा हुने नोक्सानीको वास्तविक क्षतिपूर्ति दिन निगम संचालक समितिले आनाकानी गरेपछि डिपोबोट पेट्रोल नै नउठाउने निर्णग गरिएको एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले बताए । ‘व्यवसायीका माग सम्बोधन गर्न १५ दिनभित्र रिपोर्ट बनाएर कार्यान्वयनमा ल्याइने भनिएको थियो,’ उनले भने, ‘रिपोर्ट बनेर आएको लामो समय भइसक्दा पनि निगम संचालक ...
  • नजिकिँदो चाडपर्व लक्षित गरी बजार अनुगमनमा तिव्रता Aug 9, 2017 Arthatantragodown
    काठमाडौँ । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित सङ्रक्षण विभागले चाडपर्वलाई लक्षित गरेर बजार अनुगमन सुरु गरेको छ । चाडपर्व नजिकिदै गर्दा अनुगमन बढाउने गरेको विभागले यसपटक खाद्यन्नको अतिरिक्त निर्माण सामग्री, सेवा प्रदायक कम्पनी, होटल लगायतका क्षेत्रमा सुक्ष्म अनुगमन हुने जनाएको छ । प्रकाशित मितिः २०७४ साउन २५
  • मेलम्ची खानेपानीको निर्माण कार्यमा अबरोध गर्ने चेतावनी Aug 8, 2017 Arthatantramelamchi-project
    काठमाडौ । मेलम्ची खानेपानी आयोजना निर्माण कार्य जिम्मा लिएको ईटालियन कम्पनी सियमसिबाट पीडित बनेको नेपाली व्यवसायी संघर्ष समितिले सरकारसामु ३ बुँदे माग अघि सारेको छ । रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सम्पूर्ण संलग्न सुचि बमोजिमका नेपाली फर्महरुको क्षतिपूर्तिसहितको पैसा भुक्तानी गर्नुपर्ने, मेगाटेक सम्झौता लगायतको सम्पूर्ण सामाग्री सम्झौता बमोजिम सियमसिद्धारा मर्मत संभार गरि तत्काल फिर्ता गर्नुपर्ने र सुरुङ निर्मणमा ...