Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, पौष ३ , २०७४  |  
Monday, December 18, 2017
उर्जा
  • यस कारण भयो चिलिमेको विद्युत् उत्पादन बन्द Dec 6, 2017 Arthatantrachilime hidro
    रसुवा । चिलिमे जलविद्युत् केन्द्रको विद्युत् प्रसारणको लाइन बिग्रिएपछि २२ मेगावाट विद्युत् उत्पादन कार्य आज दिउँसोेदेखि बन्द भएको छ । चिलिमे जलविद्युत् केन्द्रले बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको जनाएको छ । विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ भने भोलि साँझदेखि शुरु हुने मतगणना कार्यलाई मध्यनजर ...
  • ३१ महिनापछि सुरु भयो बरम्ची खोला आयोजनाबाट विद्युत उत्पादन Dec 5, 2017 Arthatantrabaramchi khola hydro
    चौतारा । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन सुरु भएको छ । खोलामा पानी घटेको कारण हाल १ दशमलब ८ देखि २ मेगावाट विद्युत उत्पादन भइ लामोसाँघुस्थित सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख एम थापाले जानकारी दिए । निजी क्षत्रको युनिक हाइडेल प्रालिद्वारा निर्माण भएको सो आयोजना ४ दशमलब २ मेगावाट क्षमताको ...
  • चार जलविद्युत आयोजनाद्वारा साधारण सेयर निष्काशनको तयारी Nov 18, 2017 Arthatantraipo Demand
    काठमाडौं । स्वदेशी लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत आयोजनाले छिट्टै नै साधारण शेयर निश्काशन गर्ने तयारी गरेका छन । माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन । नेपाल धितोपत्र बोर्डमा साञ्जेन जलविद्युत आयोजनाले सीमित साधारण शेयर जारी गर्ने तयारी स्वरुप आवेदन दिएको छ । सो आयोजनाले ८७ करोड ६० लाख बराबरको ...
  • अव विद्युत महसुल पनि ‘आइएमईपे ’ मार्फत भुक्तानी गर्न सकिने Nov 17, 2017 ArthatantraIME Pay logo guidelines-04 (1)
    काठमाडौं । बिद्युत महसुल वापतको रकम अवदेखि आर्ईएमई पेबाट भुक्तान गर्न सकिने भएको छ । देश विदेशमा रहनुहुने सबैले यस्तो सेवामार्फत बिद्युत महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ । नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्नथालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिलभुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको बताइएको छ ...
  • ८ करोड ४० लाखको आईपीओ निष्काशनबारे जान्नुहोस् ! Nov 15, 2017 Arthatantraipo Demand
    काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले सर्वसाधारणलार्य प्रतिकित्ता १०० रुपैयाँ दरको ८ करोड ४० लाख रुपैंया बराबरको आइपीओ सर्वसाधारणमा जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कार्तिक २७ गते कम्पनिले उक्त अनुमति माग गरेको हो । रैराङको आईपीओमा बिक्री प्रबन्धकको काम एस क्यापिटलले गर्नेछ । रैराङले यसअघि ...
  • बूढीगण्डकी आयोजनाः चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज Nov 13, 2017 ArthatantraBudhi Gandaki Hydro
    काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको समझदारीपत्र खारेज गरेको छ । मन्त्रिपरिषद्को बैठकले गत जेठमा भएको उक्त सम्झौता खारेज गरेको हो । उपप्रधानमन्त्री एवं ऊर्जा मन्त्री कमल थापाले संसदीय समितिको निर्देशनअनुसार नै सो सम्झौता खारेज भएको जानकारी दिए । उपप्रधानमन्त्री थापाले भने,“अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता संसदीय समितिको निर्देशन ...
  • तनहुँ हाईड्रोलाई १०४ मेगावाटको अर्ध जलशाययुक्त आयोजनाको लाइसेन्स,सर्वस… Nov 12, 2017 ArthatantraHydroPower
    काठमाडौं । सरकारले तनहुँ हाइड्रोपावर लिमिटेडलाई १०४ मेगावाट क्षमताको तल्लोसेती जलविद्युत आयोजनाको लाइसेन्स दिएको छ । १४० मेगावाटको माथिल्लो सेती जलशाययुक्त आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावरले अर्को अर्धजलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको हो । ऊर्जा मन्त्रालयको कात्तिक २ गतेको निर्णयबाट आयोजनाको सर्वे लाइसेन्स कम्पनीलाई दिने निर्णय भएको हो । उक्त लाइसेन्सको अवधि दुई वर्षको रहनेछ । माथिल्लो सेती जलविद्युत ...
  • तपाईसँग कति कित्ता सेयर छ ? पाउने हुनुभो १५% बोनस र १०% नगद लाभाँश ! Nov 10, 2017 ArthatantraBonus-share
    काठमाडौ । चिलिमे हाइड्रोपावरको २१औं वार्षिक साधारण सभा शुक्रबार (कात्तिक २४ गते) काठमाडौंमा सुरु भएको छ । सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । १५ प्रतिशत बोनसपछि अधिकृत र जारी पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस गर्दैछ । साधारण सभा गर्न चिलिमेले असोज ...
  • हावाबाट बिजुली उत्पादन गर्न अध्ययन शुरु Nov 9, 2017 Arthatantrawind mill
    खजुरा, बाँके । बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचवटा पंखालगायतका उपकरण जडान गरेको छ । अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले ...
  • जलविद्युतका लगानीकर्ताले ५% नगद लाभाँश पाउने ! Nov 7, 2017 Arthatantracash dividends
    काठमाडौ । जलविद्युत लगानी तथा विकास कम्पनीले लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार बसेको कम्पनीको १६३ औं सञ्चालक समिति बैठकले करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश नेपाल सरकारको स्वीकृति लिएपछि वितरण गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको सेयर पुँजी १० अर्ब रुपैयाँ छ । प्रकाशित मितिः २०७४ कार्तिक २१