Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • १०० रुपैंया अंकित २२ करोड ५० लाखको सेयर किन्ने यो अवसर नगुमाउनुहोला Jun 14, 2017 Arthatantraipo
    काठमाडौ । माउन्ट कैलाश इनर्जि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । उक्त सेयर निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई गरेको छ । माउन्ट कैलाश इनर्जिको तर्फबाट कार्यकारी अध्यक्ष ...
  • विद्युत् आपूर्ति नभएको विरोधमा उत्पादन गृहमा तालाबन्दी Jun 14, 2017 Arthatantratalabandi
    नवलपरासी । विद्युत् आपूर्ति ठप्प भएको विरोधमा स्थानीयले नवलपरासीको एकमात्र विद्युत् उत्पादन गृहमा तालाबन्दी गरेका छन् । जिल्लाको गुठीसूर्यपूरास्थित गण्डक जल विद्युत् केन्द्रमा मङ्गलबार स्थानीयद्वारा कार्यालय घेराउ गरी विद्युत् महसुल कक्षमा तालाबन्दी गरेका हुन् । प्रतापपुर गाउँपालिका–८ पिपरपातीमा करिब १५ दिनदेखि ट्रान्सफर्मर जलेर विद्युत् आपूर्तिमा समस्या आएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । विद्युत् आपूर्ति पूर्णरुपमा ठप्प हुँदा विद्यार्थीको पठनपाठनमा समेत ...
  • एक महिनाभित्र २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ को पिपिए ! Jun 13, 2017 ArthatantraHydro Trisuli Galchhi Propose instank
    वर्षौंदेखि निर्माणबारे अन्योल रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) आगामी एक महिनाभित्र टुंगो लाग्ने भएको छ । आयोजना विकास सम्झौता (पिडिए) भएको ६ महिनाभित्र पिपिए गर्नुपर्ने सर्त भएकाले त्यही अनुसार काम भएको हो । एक महिनाभित्र छलफल तथा वार्ता प्रक्रिया सकेर पिपिए गर्ने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ऊर्जा मन्त्रालय र आयोजना ...
  • थाहा पाइराख्नोस्,अर्बाैको लगानी रहेको हाइड्रोको सेयर जारी हुँदै Jun 12, 2017 Arthatantraipo
    सोलुखोला–दूधकोसी जलविद्युत आयोजना निर्माण गर्ने साहास ऊर्जा लिमिटेडले सोलुखुम्बुका स्थानीयका लागि सेयर जारी गर्ने भएको छ । आयोजना निर्माण गर्न आवश्यक स्वपुँजी जुटाउन सेयर जारी गर्न लागिएको हो । ११ अर्ब ८६ रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७३ प्रतिशत ऋण र २७ प्रतिशत (३ अर्ब २१ करोड रुपैयाँ) स्वपुँजी (इक्वीटी) लगानी हुनेछ । उक्त रकमको १० प्रतिशत सेयर जारी गरिने कम्पनीका ...
  • ९ महिना विद्युत बेचेर २ अर्ब आम्दानी Jun 9, 2017 Arthatantramoney-clipart
    नेपाल विद्युत प्राधिकरण पोखरा क्षेत्रीय कार्यालयले चालु आर्थिक वर्षको ९ महिना (चैतसम्म) मा विद्युत बिक्री गरेर करिब २ अर्ब रुपैयाँ संकलन गरेको छ । कार्यालयले १९ करोड ९१ लाख ५० हजार ३ सय ५१ युनिट विद्युत बिक्री गरी उक्त रकम संकलन गरेको हो । रकम संकलन अहिलेसम्म ९७.५ प्रतिशत पुगेको क्षेत्रीय प्रमुख रामजी भण्डारीले बताए । ‘महशुल संकलनमा कडाइ गरेकाले अहिलेसम्म ...
  • असार १ गतेदेखि करोडौंको आईपीओ आउँदै, त्यो भन्दा पहिले यो कुरा जान्नुहो… Jun 9, 2017 Arthatantraipo Demand
    काठमाडौ । सर्वसाधारणले आईपीओ भर्नुअघि कुन कम्पनीको आईपीओ खुल्दैछ भनेर जान्नुपर्नैछ । यस्तैमा हिमालयन पावर पार्टनर कम्पनीले आगामी असार एक गतेदेखी सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरले २१ करोड ३० लाख रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आईपीओ जारी गर्ने भएको हो । यसअघि लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ...
  • एकैचोटि हाईड्रोको २८०० कित्ता साधारण सेयर लिने बाटो आजबाट खुल्यो ! Jun 8, 2017 Arthatantrashare market positive profit stock
    रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज अर्थात जेठ २५ गते देखि आयोजना प्रभावित स्थानीयबासीका लागि सेयर निष्काशन गरेको छ । छिटोमा असार ३ र ढिलोमा असार २३ गते निष्काशन बन्द हुने सेयरमा सिभिल बैंकको फिदिम र थर्पु शाखा, माछापुच्छ्रे बैंक फिदिम, एनआइसी एसिया बैंक फिदिम एवं एनएमबि बैंकको फिदिम र ताप्लेजुङ शाखामा आवेदन दिन सकिनेछ । एक जनाले न्यूनतम ५० कित्ता ...
  • गरिब तथा जेहेन्दार विद्यार्थीलाई सोलार टुकी वितरण Jun 8, 2017 Arthatantrasolar-energy
    बाजुरा । बाजुराका दुर्गम विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको छ । ९ वटा स्थानीय तहमा रहेका साविकका उत्तरी भेगमा पर्ने विद्यालयका विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको हो । जिल्लाका २५ वटा विद्यालयका एकहजार दुईसय ७३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई हालै सोलार टुकी वितरण गरिएको जिल्ला समन्वय समितिअन्तर्गत जिल्ला वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखा, बाजुराले जनाएको ...
  • बुटवल पावर कम्पनीको एफपीओको नयाँ प्रिमियम मूल्य यस्तो छ ! Jun 7, 2017 Arthatantrafpo
    काठमाडौ । बुटवल पावर कम्पनीको प्रिमियम भाउ परिवर्तन हुने भएको छ । बुटवल पावरले १०० रुपैयाँ अंकित मूल्यमा ४१८ रुपैयाँ थप गरी ५१८ रुपैयाँका दरले एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । यसअघि १०० रुपैयाँ अंकित मूल्यमा ३७० रुपैयाँ प्रिमियम जोडेर ४७० रुपैयाँमा एफपीओ ल्याउने तयारी गरेको थियो । कम्पनीको जेठ २१ मा बसेको सञ्चालक समिति बैठकले प्रतिकित्ता ५१८ रुपैयाँका दरले ...
  • अरुण ७ सय मेगावाट बन्ने,कसले कति सेयर हाल्नसक्ने ? जान्नुहोस् Jun 6, 2017 Arthatantrahydropower-
    संखुवासभामा निर्माण हुने माथिल्लो अरुण जलविद्युत आयोजना ७ सय मेगावाट क्षमतामा निर्माण हुने भएको छ । ३ सय ३५ मेगावाटको आयोजना नेपाल विद्युत प्राधिकरणले क्षमता बढाएर बनाउन लागेको हो । प्राधिकरणले आयोजना निर्माण गर्न ‘अप्पर अरुण हाइड्रो पावर कम्पनी’ समेत गठन गरेको छ । बढी क्षमतामा निर्माण गर्न त्यहीअनुसार प्रक्रिया पुर्याएर विद्युत विकास विभागमा आवेदन दिएको सञ्चालक विश्वध्वज जोशीले बताए । ‘सुरुको ...