Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • सक्रान्तिमा बिजुली आउँदा मानिसहरु किन हर्षित ? Jun 5, 2017 ArthatantraElectricity
    तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्रको पुरानो तथा ऐतिहासिक व्यापारिक केन्द्र सक्रान्ति बजारमा शनिबारबाट विद्युत् विस्तार भएको छ । लामो प्रयासपछि बल्ल बजारमा विद्युत् विस्तार हुँदा स्थानीय हर्षित भएका छन् । नेपाल विद्युत् प्राधिकरणले सक्रान्ति बजारका ७९ घर र छ वटा कार्यालयमा विद्युत् जडान गरेर बत्ती बालेको इन्जिनियर दीपक दाहालले बताए। आठराई गाउँपालिकाको केन्द्रसमेत सक्रान्ति बजारमा प्राधिकरणले जिरिखिम्ती वितरण केन्द्रमा रहेको ३३ ...
  • तामाकोशी आयोजनाबारे थप जान्नुहोस् ! Jun 4, 2017 ArthatantraTamakoshi1
    काठमाडौ। दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ८८ प्रतिशत काम सकिएको छ । उक्त आयोजनामा खन्नु पर्ने ८.२ किलोमिटरको मूख्य सुरुङमा अब ८ सय मिटर मात्रै खन्न बाँकी छ । आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठ बताउँछन् । ‘तीन सिफ्ट मात्रै होइन अहिले दिनरात काम भइरहेको छ,’ उनले भने, ‘कंक्रिटको काम द्रुत ...
  • जलाशययुक्त बुढीगण्डकी निर्माणका लागि सरकार र चिनिया कम्पनीबीच सम्झौता Jun 4, 2017 ArthatantraBudhi Gandaki Hydro
    काठमाडौ । नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र (सीजीजीसी) प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका हुन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बुढी गण्डकी आयोजना धेरै महत्वपूर्ण रहेको ...
  • तयार रहनुस, हाइड्रोपावरको १४ करोडको आईपीओ जारी हुँदै Jun 3, 2017 ArthatantraIPO share
    काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेड सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा पाएको युनियन हाइड्रोपावर कम्पनीले १४ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्ने भएको छ । सर्व साधारणका लागि ४ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको कःपनीले आयोजना प्रभावित लमजुङका बासिका लागि ४ लाख कित्ता र सर्वसाधारण, कर्मचारी सामूहिक लगानी कोष लगायतका लागि १० लाख कित्ता सेयर जारी गर्ने भएको ...
  • हाईड्रोको आईपीओ नभरी नछोड्नुहोस्,३ करोड ६८ लाखको आईपीओमा धमाधम आवेदन ! Jun 2, 2017 Arthatantra153772600
    मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले तीन करोड ६८ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा (रसुवा) का लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार १४३ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गरेको हो । मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको सेयरमध्ये एक लाख ८४ हजार ७२ कित्ता आयोजनाबाट ...
  • तपाई तयार हो ? हाईड्रोको ५ करोड ४० लाखको सेयरमा आजमात्रै हो आवेदन दिन … Jun 1, 2017 Arthatantraipo Demand
    काठमाडौ । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरिरहेको साधारण सेयर (आईपिओ) भर्ने आज अन्तिम दिन रहेको छ । गत आइतबार अर्थात् जेठ १४ गते देखि छ्याङ्दी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) निष्काशन सुरु गरेको थियो । आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारण सेयरधनीका लागि पाँच लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको हो । छ्याङ्दीले ...
  • नयाँ व्यवस्थाअनुसार अब त आईपिओमा छुट्नै हुँदैन,२१ करोडको आईपिओ निष्काश… May 31, 2017 Arthatantraipo 1
    काठमाडौ । हिमालयन पावर पार्टनरले २१ करोड रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले २१ करोड ३० लाख ८३ हजार ४०० रुपैयाँको आइपीओ निष्काशन गर्न गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । र अब सबै आवेदकले कम्तिमा १० कित्ता शेयर पाउने व्यवस्था धितोपत्र बोर्डले ...
  • जान्नुहोस्,एकैजनाले हाइड्रोको २८०० कित्ता शेयर आईपिओ यसरी पाउनुहुनेछ May 31, 2017 Arthatantraipo
    काठमाडौ। रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीयबासीका लागि शेयर निष्काशन गर्ने भएको छ कम्पनीले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ। कम्पनीले यही वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीयबासीका लागि सेयर निष्काशन गर्ने भएको छ । छिटोमा असार ३ र ढिलोमा असार २३ गते निष्काशन बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि ...
  • हाईड्रोको सेयर बाँडफाँड भयो May 29, 2017 ArthatantraHydro Power
    राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँड भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकीत ४ लाख १० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको थियो । कम्पनीले प्रभावित क्षेत्रका लागि केन्द्रित सेयर बाँडफाड गरिएको हो । प्रकाशित मितिः २०७४ जेठ १५
  • मोदीको बिजुली आउन ढिला हुने भो ! के हुन्छ अब ? May 28, 2017 ArthatantraTransmission line
    पर्वतमा निर्माणाधीन २० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाको उत्पादन सुरु हुन ६ महिना ढिला हुने भएको छ । आयोजनाले आगामी साउनबाट विद्युत उत्पादन सुरु गर्ने तालिका रहे पनि सुरुङ तयार नभएकाले उत्पादनको मिति पछि सरेको आयोजना प्रमुख पवन यादवले बताए । ‘साउनबाट उत्पादन सुरु गर्ने लक्ष्यले काम गरिरहेका थियौं,’ उनले भने, ‘ठेकेदारले सुरुङको काम नसकेकाले पुसअघि उत्पादन सुरु गर्न सम्भव देखिएन ...