Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • आजदेखि निक्काशन भएको ५ करोड ४० लाखको आईपिओ भर्न नछुटाउनुहोला ? कहाँ–कह… May 28, 2017 Arthatantraipo Demand
    काठमाडौ । आइतबार अर्थात् जेठ १४ गते देखि छ्याङ्दी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) निष्काशन सुरु भएको छ । आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारण सेयरधनीका लागि पाँच लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको हो । छ्याङ्दीले चुक्तापुँजीको २० प्रतिशत सेयर जारी गर्ने जनाएको छ । जसअनुसार, कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ...
  • कर्मचारीको लगानीमा जलविद्युत् आयोजना बनाउने प्रस्ताव May 27, 2017 Arthatantrahydropower-
    काठमाडौँ । निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागि समेत उपयुक्त माध्यम भनेकै पछिल्लो दिनमा जलविद्युत् रहेको भन्दै कर्मचारीले सो प्रस्ताव गरेका हुन् । नेपाल निजामती कर्मचारी सङ्घले कर्मचारीको लगानीमा न्यूनतम ५०० मेगावाट क्षमताको आयोजना अगाडि बढाउन दिन र त्यसको नीतिगत व्यवस्था गर्न सरकारसँग ...
  • संकटको सहारा सेयरः हाईडोको सेयरले गर्ने फाइदा पढ्नुहोस ! May 26, 2017 Arthatantrahydropower-
    रसुवाको भार्खु–६ की देकीछोमो घले अहिले सदरमुकाम धुन्चेमा होटेल चलाउँछिन् । सानो होटेलसँगै उनीसँग केरुङ–काठमाडौं चल्ने एउटा कन्टेनर (स्थानीयले त्यसलाई डिब्बा भन्छन्) छ । यो कन्टेनर घलेले चिया बेचेर मात्रै किनेकी होइनन् । यसमा चिलिमे हाइड्रोपावर कम्पनीको सेयर उनका लागि बलियो आधार भयो । ‘पहिले सेयर धितो राखेर बस किनेकी थिएँ,’ उनले भनिन्, ‘अहिले बस बेचेँ । डिब्बा किन्न पैसा ...
  • चमेलिया आयोजना निर्माण अन्तिम चरणमा May 25, 2017 ArthatantraChameliya-Powerhouse
    बैतडी । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाकोे मेसिन तथा उपकरणको परीक्षण ‘ड्राइटेस्ट’को काम चाँडै सुरु गरिने भएको छ । जलाशय परीक्षणको काम सकिएकाले र शुक्रबारदेखि मुख्य क्षेत्रमा रहेका उपकरण ड्राइटेस्टको काम सुरु गरिने चमेलिया जलविद्युत् आयोजना प्रमुख अजयकुमार दाहालले बताए । ड्राइटेस्टका लागि दक्षिण कोरियाबाट प्राविधिक टोली आउन लागेको उनले जानकारी दिए । “प्राविधिक टोलीले जडान ...
  • बेलुकाको समयमा उद्योग नचलाउन कुलमान घिसिङको आग्रह May 25, 2017 Arthatantranecourja
    काठमाडौं । बेलुका साढे ७ देखि ८ बजेसम्म बढि बिजुलीको माग हुने गरेको छ । खाना पकाउन र बत्ती बाल्न बिजुलीको अत्याधिक प्रयोग हुने गरेकोले विजुलीको माघ बढेको हो । बेलुका आधा घन्टा सबैले एकै समयमा बिजुली प्रयोग गर्ने हुँदा पनि माग बढि हुदै आएको नेपाल विद्युत प्राधिकरणको भनाइ छ । बेलुकाको समयमा बढि बिजुली खपत हुने भएकाले जलाशययुक्त आयोजना सञ्चालन ...
  • एकाएक ६ अर्ब विद्युत् महसुल मिनाह गर्दै सरकार May 25, 2017 Arthatantraelectricity
    काठमाडौ । अर्थ मन्त्रालयले नगरपालिका, गाविस तथा सडक बत्तीको उठ्न बाँकी करिब ६ अर्ब रुपैयाँ बराबरको विद्युत महशुल मिनाहा गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आर्थिक पुनर्संरचनाका लागि मन्त्रालयमा पठाएको प्रस्ताव स्वीकृत गर्दै उक्त रकम मिनाह दिने निर्णय गरेको हो । यो प्रस्ताव मंगलबारको मन्त्रिपरिषदले समेत पारित गरेको छ । बक्यौताबापतको रकम मन्त्रालयले प्राधिकरणलाई शोधभर्नाको रूपमा दिनेछ । नगरपालिका, गाविस ...
  • हाईड्रोको ५ करोड ४० लाख आईपिओ आईतबारदेखि निष्काशन हुने ,कहाँ–कहाँबाट आ… May 25, 2017 Arthatantraipo and right share
    काठमाडौ । आउँदो आइतबार (जेठ १४ गते) देखि छ्याङ्दी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरी बाँडफाँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारण सेयरधनीका लागि पाँच लाख ४० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन छिटोमा जेठ १८ गते र ढिलोमा २८ गते बन्द हुने बताइएको छ ...
  • विद्युत प्राधिकरणको पुनर्संरचना गरिँदै May 23, 2017 ArthatantraNEA 1
    काठमाडौ । नेपाल विद्युत प्राधिकरणको अधिकृत पुँजी १ खर्ब २५ अर्ब रुपैयाँ पुर्याउने गरी व्यापक पुनर्संरचना गरिने भएको छ । आर्थिक पुनर्संरचना गर्न अर्थ मन्त्रालयमा पेस गरिएको प्रस्ताव पास भएपछि पुँजी बढ्नेछ । आर्थिक पुनर्संरचना गर्न स्वीकृति प्रदान गरिएको फाइल अर्थले ऊर्जा मन्त्रालयमा पठाएको छ । आर्थिक पुनर्संरचना भएको पहिलो वर्ष आम्दानी १ अर्ब ५० करोड र अर्को वर्ष ३ अर्ब ...
  • निर्माण भएको दुई महिना बितिसक्दा पनि रक्सौल परवानीपुर प्रसारण लाइन किन… May 22, 2017 ArthatantraTransfarmor bijuli
    वीरगन्ज । रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण सम्पन भएको दुई महिना बितिसक्दा पनि सुचारु हुन नसक्दा यस क्षेत्रका उद्योग प्रभावित भएका छन् । सीमावर्ती भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरसम्म रहेको सो १३२ केभी प्रसारण लाइन निर्माण भएको दुई महिना बितिसक्दा पनि हालसम्म सो लाइन सुचारु नहुँदा भोल्टेजको अभावको कारण यस क्षेत्रका उद्योगले आफ्ना पुर्ण क्षमतामा उत्पादन बढाउन सकेका ...
  • रानी सबस्टेसनमा नयाँ ट्रान्सफर्मर जडान May 21, 2017 ArthatantraTransfarmor bijuli
    नेपाल विद्युत प्राधिकरणको बिराटनगरस्थित रानी सबस्टेसनमा नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । पुरानो ट्रान्सफर्मर बिग्रिएको डेढ महिनापछि ३३/११ केभी क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको हो । शुक्रबार बिनालोड चार्ज गरिएको ट्रान्सफर्मर शनिबार साँझबाट लोड दिइएको प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरका निर्देशक बज्रभुषण चौधरीले बताए । उनका अनुसार बिग्रिएका ट्रान्सफर्मर मर्मतका लागि हेटौंडा प्रयोगशालामा पठाइएको छ । गत चैत २४ गतेबाट ट्रान्सफर्मर बिग्रिएकाले बिराटनगर ...