Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • बूढीगण्डकी आयोजनाको मुआब्जा दिन सुरु Apr 15, 2017 ArthatantraBudhi Gandaki Hydro
    धादिङ। बूढीगण्डकी जलविद्युत् आयोजनामा घरजग्गा डुब्ने धादिङका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । जिल्लाका खरी, मैदी र सलाङका २३ जग्गाधनीलाई मुआब्जा हस्तान्तरण गरिएको छ । तिनको ३८ कित्ता जग्गाको रु तीन करोड सात लाख ५९ हजार सात सय मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक धादिङबेंसी शाखामा बिहीबार जम्मा गरिएको प्रजिअ उमेशकुमार ढकालले बताए। जग्गाधनीले आयोजना विकास समितिका नाममा जग्गा पास गरिदिएपछि ...
  • कसरी आए कुलमान,कसरी पारे उज्यालो ? Apr 14, 2017 ArthatantraKulman Ghising, Nepal Electricity Authority
    काठमाडौ। गत साल चैतमा दैनिक १२ घन्टा विद्युतभार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो । सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो । नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो । सरकारले वायुदेखि थर्मल ऊर्जाको विषयमा समेत चर्चा परिचर्चा गरकै थियो । तर उपभोक्ता ...
  • तपाईलाई कति कित्ता पर्यो त ? हाइड्रोको आईपीओ बाँडफाँड भयो नि ! Apr 13, 2017 Arthatantraipo Demand
    काठमाडौ । युनाइटेड मोदी हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँड भएको छ । हाइड्रोपावरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७ कित्तासम्म सेयर हात पारेका छन् । ३३० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडिएको हो । मोदीको सेयर एनआइबीएल क्यापिटल लिमिटेडको कार्यालय लैनचौरमा बिहान ९ बजे बाँडफाँड गरिएको हो । ३४० कित्ताभन्दा माथि आवेदन दिने सबैले सेयर पाएका छन् । यो सेयरमा न्यूनतम ५० ...
  • ४ बैंकको लगानी रहेको हाइड्रोबाट बिजुली उत्पादन सुरु Apr 12, 2017 ArthatantraHydroPower Production
    इलाम । इलामस्थित ७.६ मेगावाटको जोगमाई खोला जलविद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । निर्माण थालेको २७ महिनामा आयोजनाले उत्पादन सुरु गरेको सान्भी इनर्जी प्रालिका कार्यकारी निर्देशक भानु पोखरेलले जानकारी दिए । उनका अनुसार परीक्षण उत्पादनका क्रममा आयोजनाको एउटा युनिटले १.६ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । उत्पादित विद्युत १३२÷३३ केभी गोदक सबस्टेसनमा जोडिएको छ । आयोजनाबाट वार्षिकरुपमा ४३ गिगावाट ...
  • लगानीकर्तालाई हाइड्रोमा लगानीको अवसर, अब विद्युत प्राधिकरणले सर्वसाधार… Apr 12, 2017 ArthatantraHydro Power
    काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको दोस्रो आर्थिक पुर्नसंरचनासम्बन्धी अर्थ मन्त्रालयमा पेश गरिएको २० बुँदे प्रस्तावमा सर्वसाधारणलाई सेयर दिने उल्लेख गरिएको छ । सेयर जारी गर्दा संस्थालाई सहज ढंगले सञ्चालन गर्न सकिने भन्दै विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको जनाएको छ । विद्युत् प्राधिकरणको ऐन २०४१ को दफा ५ को ...
  • अरुण काबेलीको १ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत ! Apr 9, 2017 ArthatantraShare Listed
    काठमाडौ । अरुण काबेली पावर लिमिटेडको एक करोड ५० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से( मा सूचिकृत भएको छ । कम्पनीले गत जेठमा १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । अरुण काबेलीले पाँचथर र ताप्लेजुङको सिमामा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको छ । प्रकाशित मितिः २०७३ चैत २७
  • विद्युत चुहावट ३.२७ प्रतिशत घट्यो Apr 8, 2017 Arthatantraelectricity
    नेपाल विद्युत प्राधिकरणको प्रणालीबाट हुने विद्युत चुहावट २२.५१ प्रतिशतमा झरेको छ । चालु आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङक अनुसार ३.२७ प्रतिशत चुहावट घटेर २२.५१ प्रतिशतमा झरेको हो । आर्थिक वर्ष २०७२र७३ मा प्राधिकरणको प्रणालीमा २५.७८ प्रतिशत विद्युत चुहावट भएको थियो । चुहावट नियन्त्रण सम्बन्धी अभियान संचालन गर्दै आएको प्राधिकरणले चालु आर्थिक वर्षमा ३.२७ प्रतिशत चुहावट घटाउन सफल भएको जनाएको छ । आर्थिक ...
  • कम विद्युत खपत गराउन प्राधिकरणले ल्यायो नयाँ योजना, साथ दिने हैन त ? Apr 7, 2017 ArthatantraLoad-shedding
    काठमाण्डौं । मुलुकलाई विद्युत्भार कटौती मुक्त गरेपछि सरकारले व्यवस्थित रुपमा विद्युत् उपलब्ध गराउन र कम ऊर्जा खपतको बानी बसाल्नेतर्फ नागरिकको ध्यान केन्द्रित गर्ने भएको छ । प्राधिकरणले सिएफएल चिमको सट्टा दुई करोड एलइडी बल्ब खरिद गर्ने तयारी गरेको छ । कम ऊर्जा खपत गर्ने बल्ब प्रयोगपछि साँझको समयमा विद्युत् उपभोगको मात्रा घट्ने प्राधिकरणले जनाएको छ । स्वच्छ ऊर्जा उपभोगका लागि प्राधिकरणले जनचेतनासँगै ...
  • आजबाट खुलेको आइपिओ भर्ने ठाउँ थाहा पाउनुहोस् Apr 7, 2017 Arthatantraipo
    काठमाण्डौं । आज शुक्रबारदेखि स्वदेशी लघुवित्तको आईपिओ बिक्री खुला भएकोछ । इटहरीमा प्रधान कार्यालय रहेको कम्पनीले ३ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो। जसमध्ये १२ हजार कित्ता कर्मचारीका लागि र १५ हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ। इच्छुकले चैत २९ गतेसम्म आवेदन भर्न सक्ने छन्। बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। न्यूनतम ५० देखि अधिकतम १५ सय ...
  • लघुजलबिद्युत्को सेयर खुल्यो, १० देखि १ हजार कित्तासम्म किन्न पाईने Apr 6, 2017 ArthatantraHydroelectricity - alternative energy issues and concepts word cloud illustration. Word collage concept.
    भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरिएको छ । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता रू एकसयको १० कित्तादेखि एक हजार  कित्तासम्म सेयर लिन पाउने भएका छन् । चालिस किलोवाट क्षमता रहेको परियोजना आगामी वैशाख मसान्तदेखि सञ्चालनमा आउने भएको हो । परियोजना निर्माणका लागि ...