Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
उर्जा
  • तामाकोशी आयोजनाको काम छिटो सक्नेबारे यो निर्देशन पढ्नुहोस् ! Nov 2, 2017 ArthatantraTamakoshi1
    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशीमा विद्युतीय उपकरण जडानको जिम्मा पाएको एन्ड्रिज हाईड्रोलाई छिटोभन्दा छिटो काम सक्न निर्देशन दिएका छन्। एन्ड्रिज हाईड्रोले आयोजना गरेको ग्राहक दिवस कार्यक्रमको उद्घाटन गर्दै निर्देशक घिसिङले भने, माथिल्लो तामाकोशी हाम्रो लागि धेरै महत्वपूर्ण आयोजना हो। यसको काम अर्को वर्ष सुख्खा लाग्नु अघि सम्म जसरी पनि सक्नुस्। जलविद्युत क्षेत्रमा उपकरण बिक्रीपछिको सेवा महत्वपूर्ण ...
  • पैसा ठिक पार्दै गर्नुस्,हाइड्रोपावरको ७८ करोडको आईपीओ निष्काशन हुँदै ! Nov 2, 2017 Arthatantraipo
    काठमाडौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि ७८ करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशनका लागि कम्पनीले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार एक कार्यक्रमकाबीच आइपीओ निष्काशन सम्बन्धि सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र हिमाल दोलखाको तर्फबाट फाईनान्स म्यानेजर अनन्त कार्कीले हस्ताक्षर ...
  • सौर्यबत्तीबाट ७० घरपरिवार लाभान्वित Nov 1, 2017 Arthatantrasolar batti
    विराटनगर । टुुकीको भरमा रहँदै आएका मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा सोलार बत्ती जडानपछि खुशी भएका छन् । वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत मिक्लाजुुङमा सोलार मिनिग्रिड स्थापना गरिएको हो । सरकारको रु एक करोड ६० लाखको लागतमा मिक्लाजुङ गाउँपालिका– १ मा स्थापना गरिएको सोलार मिनिग्रिडबाट ७० घरपरिवार लाभाविन्त भएका छन् । विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुुग्न नसकेको उक्त स्थानमा ३० किलोवाटको सोलार मिनिग्रिड सञ्चालनमा आएको ...
  • किन विद्युत् चोरी नियन्त्रण भएन ? Oct 31, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    ललितपुर । जिल्लामा विद्युत् चोरी नियन्त्रण हुन सकेको छैन । कार्यालयले अनुगमन र कारबाही गरिरहे पनि चुहावट नियन्त्रण नभएको लगनखेल केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले बताए । संगठितरुपमा चोरी भएकाले नियन्त्रण गर्न गाहो भएको उनको भनाइ छ । च्यासल, लुखुसी, सुबहाल, सुन्धारालगायतका स्थानमा विद्युत् चोरी भइरहेको छ । नगरको भित्री भाग र चक्रपथ बाहिर विद्युत् चोरी भइरहेको छ । चक्रपथ बाहिर हरिसिद्धि, ...
  • विकासका काममा जनताबाटै अबरोध,प्रशारण लाईन विस्तारमा अबरोध ! Oct 26, 2017 ArthatantraTransmission line
    बेँसीशहर। मस्र्याङ्दी करिडोरमा निर्माण हुन लागेको २२० केभी विद्युत् प्रसारण लाइनमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिएका छन्। लमजुङको उदिपुरदेखि मनाङको तालसम्म निर्माण गर्न लागिएको २२० केभी विद्युत् प्रसारण लाइन प्रभावितको माग पूरा नभएसम्म विद्युत् प्रसारण लाइन निर्माण हुन नदिने गठित संघर्ष समितिले यहाँ आयोजित पत्रकार सम्मेलनमा चेतावनी दिएको हो। यसअघि उदिपुर–भुलभुले १३२ केभी विद्युत् प्रसारण लाइनबाट प्रभावित भएकाहरूबाटै उक्त समिति गठन ...
  • तामाकोसी–३ जलविद्युत आयोजनाको अनुमतिपत्र एनआरएनए अध्यक्ष भट्टलाई Oct 25, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टले ६ सय ५० मेगावाटको तामाकोसी–३ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र पाएका छन् । विद्युत विकास विभागले भट्टको नाममा सञ्चालन भइरहेको टिबिआई होल्डिङ कम्पनी लिमिटेडलाई अनुमतिपत्र दिएको हो । टिबिआई कम्पनीले गत असोज २५ गते अनुमतिपत्रका लागि विभागमा आवेदन दिएको थियो । आवेदन परेको एक साताभित्रै अनुमतिपत्र जारी गरेको विभागले जनाएको छ । भट्ट ...
  • हाइड्रोको करोडौंको आईपीओ आउँदै,आईपीओ भर्न पैसा ठिक पार्नुहोस् ! Oct 24, 2017 Arthatantraipo
    लमजुङमा ४.४ मेगावाटको राधी जलविद्युत आयोजना निर्माण गरेको ‘राधी जलविद्युत कम्पनी’ ले सर्वसाधारणका लागि सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारका लागि छुट्याइएको १५ प्रतिशत सेयर निष्काशन गर्न मंगलबार धितोपत्र बोर्डबाट स्वीकृती पाएको हो । कम्पनीले ६ करोड १५ लाख रुपैयाँबराबरको ६ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकको काम ...
  • भैली खेलेको रकमबाट विद्यालयमा सौर्य बत्ती Oct 23, 2017 Arthatantrasolar-panel-energy
    जाजरकोट । यहाँको कुशे गाउँपालिका–५ स्थित रामचन्द्र प्राथमिक विद्यालयलाई भैली खेलेको रकमबाट सहयोग स्वरुप सौर्य बत्ती उपलब्ध गराइएको छ । स्थानीय पाँचकाटियाका युवा–युवतीले भैली खेलेर जम्मा गरेको रु ४० हजार बराबरको रकमबाट विद्यालयलाई सौर्य उर्जाको उपकरण किनेर उपलब्ध गराएकोे प्रधानाध्यापक नीमबहादुर ओलीले वताए । भैली खेलेको रकमबाट भोजलगायत अन्य फजुल खर्च गर्नेहुने गरेको थुपै उहाहरण देखिएको अवस्थामा पाँचकाटियाका युवा–युवतीले सकारात्मक सन्देश ...
  • स्थानीयकै श्रम र लगानीमा गाउँमा विजुली Oct 19, 2017 ArthatantraElectricity
    रामपुर । स्थानीयको श्रमदान र लगानीमा पाल्पाको माथागढी गाउँपालिका गोठादीमा विद्युत् विस्तार भएको छ । वर्षौंसम्म टुकीको भरमा जीवन गुजारा गरेका यहाँका स्थानीयवासीले आफ्नै श्रमदान र लगानीमा अहिले गाउँमा बिजुली बत्ती बाल्न सफल भएका छन् । सिंगो गाउँ नै झलमल हुने गरी ३० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाबाट बिजुली बलेपछि अहिले गाउँ नै उज्यालोमय बनेको छ । यहाँ नेपाल विद्युत् प्राधिकरणद्वारा ...
  • बोनस पछिको सेयर मुल्य समायोजन Oct 16, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ।रिडी हाइड्रो पावरको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले रिडी हाइड्रोको ६ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको जनाएको छ । रिडी हाइड्रोले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँ रहेको छ । जसका लागि आधार मूल्य २३५ रुपैयाँ रहने भएको छ । प्रकाशित मितिः २०७४ असोज ३०