Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • हाइड्रो कम्पनीले ४ लाख १० हजार कित्ता आइपिओ निस्कासन गर्दै Mar 17, 2017 ArthatantraHydro Power
    काठमाण्डौं । राधी विद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित लमजुङबासीका लागि साधारण सेयर निष्कासनको अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावितका लागि चार लाख १० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४ करोड दश लाख रुपैयाँ बराबरको चार लाख दश हजार कित्ता सेयर आयोजना प्रभावित लमजुङबासीहरुलाई बिक्री गर्नेछ । त्यसपश्चात कम्पनीले सर्वसाधारणका ...
  • के नेपाली सेनाले कल्याणकारी कोष खर्चेर बनाउला त जलविद्युत आयोजना ? Mar 14, 2017 ArthatantraHydroelectricity - alternative energy issues and concepts word cloud illustration. Word collage concept.
    काठमाण्डौं । नेपाली सेनाले ५० मेगावाटको प्रस्तावित दूधखोला जलविद्युत आयोजना निर्माणमा चासो देखाएको छ । अधिकारीहरुका अनुसार आफ्नो कल्याणकारी कोष खर्च गरेर आयोजना बनाउन इच्छा व्यक्त गर्दै आएको सेनाले केही समयदेखि मनाङको ठोचे स्थित यो आयोजनामा चासो देखाउँदै आएको थियो । जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत विद्युत विकास विभागलाई पत्र लेख्दै २५ देखि ५० मेगावाट क्षमताको आयोजना निर्माण जिम्मा दिन माग गरेको ...
  • मध्यमोदी जलबिद्यु्त् आयोजनाबारे जान्नुहोस् ! Mar 12, 2017 ArthatantraHydroPower
    पर्वत । आगामी मङ्सिरमा सम्पन्न हुने गरी चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन । २०७१ मङ्सिर ७ मा उद्योगपति विनोद चौधरीले दुई अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाले आगामी मङ्सिरभित्र उत्पादन दिने दाबी गरेका थिए । तर, निर्माणको काममा भएको ढिलाइले सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने ...
  • लघुजलविद्युत्ले गाउँ झलमल्ल भएपछि यस्तो सुबिधा ! Mar 10, 2017 Arthatantrahydrodam
    म्याग्दी । म्याग्दीको मल्कवाङमा दुई करोड रुपैयाँभन्दा बढीको लागतमा नन्दीवाङखोला लघुजलविद्युत् परियोजना निर्माण भएको छ । बयालीस किलोवाट क्षमताको परियोजनाको बिहीबार नेपाल छन्त्याल सङ्घ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर छन्त्यालले उद्घाटन गरे । परियोजनाबाट मल्कवाङको १, २, ३, ४, ५ र ६ नम्बर वडाका २१२ घरधुरीमा विद्युत् सुविधा पुगेको छ । उद्घाटन कार्यक्रममा परियोजनाका अध्यक्ष लालबहादुर छन्त्यालले रु दुई करोड ...
  • हाइड्रोको १९ लाख कित्तामा ४ अर्ब बढीको आवेदन,कति पर्ला सेयर ? Mar 8, 2017 ArthatantraHydro Power
    काठमाडौ । युनाइटेड मोदी हाइड्रापावरको आइपीओमा चार अर्ब रुपैयाँको आवेदन परेको छ । यो परम्परागत तरिकाबाट संकलन केन्द्रमा गएर आवेदन दिनेको मात्र विवरण हो । आस्वाबाट आवेदन दिनेको विवरण यसमा समावेश गरिएको छैन । आस्वाको विवरण आउन अझै केही दिन लाग्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ । युनाइटेड मोदीको आइपीओ सोमबारदेखि बिक्री बन्द भइसकेको छ । तीन दिनमा दुई अर्बको आवेदन ...
  • भारतबाट ३५ मेगावाट थप बिजुली ल्याउने तयारी Mar 7, 2017 ArthatantraPrasaran Line
    नेपाल विद्युत प्राधिकरणले कुशाहा–कटैया १३२ केभी प्रसारण लाइनबाट करिब ३५ मेगावाट बिजुली ल्याउने प्रक्रिया अघि बढाएको छ । सुख्खायामभरी लोडसेडिङ नगर्ने लक्ष्यअनुसार थप बिजुली ल्याउने तयारी गरिएको हो । आन्तरिक काम सकेर बिजुली उपलब्ध गराइदिन प्राधिकरणले भारतलाई पत्राचारसमेत गरेको छ । विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन गर्न गठित नेपाल–भारत चौथो सचिवस्तरीय संयुक्त बैठकको निर्णयअनुसार बिजुली किन्न प्रस्ताव पठाइएको प्राधिकरणका प्रवक्ता प्रबल ...
  • तयार बस्नुहोस्, हाइड्रोले निस्कासन गर्दैछ २ लाख कित्ता आइपिओ Mar 6, 2017 ArthatantraHydroPower Production
    काठमाण्डौं । सुभम पावर लिमिटेडले २ लाख कित्ता आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले संखुवासभाका स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशनका अनुमति माग्न फागुन १८ गते नियामक धितोपत्र बोर्डसमक्ष पुगेको हो । जलविद्युत्त कम्पनीहरुले आयोजना प्रभावित स्थानियका लागि सेयर दिनुपर्ने प्रावधान अनुरुप पहिला संखुवासभाका स्थानियलाई दुई लाख कित्ता आईपीओ निष्काशन गर्न लागिएको हो । यस आइपीओ निष्कासनको जिम्मेवारी सीबीआइएल ...
  • हाइड्रोको सेयर छ ? चमेलिया जलबिद्युत्बारे थप जान्नुहोस् Mar 5, 2017 ArthatantraHydro Power
    बैतडी । दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको सबै काम सम्पन्न भएको छ । चमेलिया जलविद्युत् आयोजनाको कुल ४.६ किलोमिटर सुरुङमध्ये आठ सय ४३ मिटर साँघुरिएको थियो । जसमध्ये ६ सय ११ मिटर काम सम्पन्न भइसकेको थियो । साँघुरिएको दुई सय ३२ मिटर सुरुङ खोल्न सन् २०१६ सेप्टेम्बर २८ देखि सुरु भएको र शनिबार सम्पन्न ...
  • अब बिहान बेलुकाको पिक आवरको बिजुली महंगो पर्ने ? Mar 4, 2017 Arthatantraelectricity
    काठमाडौ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ तय भएको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) को दरले विदेशी लगानीलाई आकर्षित गर्ने बताएका छन् । उनले नेपालमा रहेको ऊर्जा संकट निवारणतर्फ अघि बढेकाले लगानी कर्तालाई ढुक्क भएर ऊर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे । जलाशययुक्त, जलाशयसहितको नदीको बहावमा आधारित (पिकिङ रन अफ रिभर) र अमेरिकी डलरमा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) हुने ...
  • आजबाट बजारमा आयो १७ लाख २५ हजार कित्ता आइपिओ, भर्ने ठाउँ थाहा पाउनुहोस… Mar 2, 2017 ArthatantraIPO share
    काठमाण्डौं । युनाईटेड मोदी हाईड्रोपावरले आज फागुन १९ गते बिहीबारदेखि सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधरण सेयर निष्काशन गरेकोछ । जलविद्युत कम्पनीले एक सय रुपैँया अंकित दरमा सर्वसाधारणमा उक्त आईपीओ निष्काशन गरेको हो । कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत्त आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई सेयर वितरण गरिसकेको छ । लगानीकर्ताले कम्पनीको सेयरमा न्युनतम ...