Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • १५ हजार रुपैयाँ र निवेदनका साथ आए १ लाख बराबरको बत्ती Feb 20, 2017 Arthatantrasolar-energy
    काठमाण्डौँ । महानगरपालिकाले पाँच बर्षभित्र उपत्यकाका नगरका सबै सडक उज्यालो बनाउने भएको छ । सौर्य सडक बत्ती कार्यक्रमको लागतमध्ये ५० प्रतिशत सरकार, १५ प्रतिशत उपभोक्ता (संस्थागत सहभागिता भएमा ३० प्रतिशत) र बाँकी महानगरले व्योहोर्ने गरी सुरु भएको यो परियोजनामा स्थानीयको सहभागिता बढ्दै गएपछि यस्तो हुन लागेको हो । विभागका अनुसार १५ हजार रुपैयाँ उठाएर निवेदनका साथ आए १ लाख बराबरको बत्ती ...
  • हाइड्रोको १७ करोड २५ लाख रुपैयाँ बराबरको आइपिओ निस्कासन, पाँच दिनभित्र… Feb 20, 2017 ArthatantraHydroelectricity - alternative energy issues and concepts word cloud illustration. Word collage concept.
    काठमाण्डौं । युनाइटेड मोदी इन्स्योरेन्सले १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको छ। कम्पनीले त्यसमध्ये ३४ हजार ५०० कित्ता कर्मचारी र ८६ हजार २५० कित्ता सामूहिक लगानी कोषको लागि आरक्षित गरेको छ। प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको निष्कासनमा न्युनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्म आवेदन गर्न सकिने निस्कासन तथा बिक्री ...
  • छैसठ्ठी केभी विद्युत् खम्बा ढल्यो ! Feb 18, 2017 ArthatantraTransmission line
    काठमाडौ। सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनको खाडीचौर–अँधेरी खण्डमा पर्ने ६ नं खम्बा आज बिहान ढलेको छ । यसबाट सुनकोसी जलविद्युत्गृहको करिब पाँच मेगावाट विद्युत् काठमाडौँ आउन सक्ने छैन । सो टावर जोखिमयुक्त अवस्थामा भएकाले यसको सुरक्षासम्बन्धी कार्य जालीमा ढुङ्गा कसेर भैरहेको थियो । अहिले नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली उक्त स्थानतर्फ प्रस्थान गरिसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ...
  • १४० मेगावाटको जलबिद्युत्का लागि १ करोड २४ लाख… ! Feb 17, 2017 ArthatantraHydroPower
    काठमाडौ। तनहुँ जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई रु एक करोड २४ लाख ३२ हजार मुआब्जा वितरणको प्रक्रिया सुरु गरेको छ । पहिलो दिनमा नै १७ प्रभावित घर परिवारलाई कामु प्रजिअ फणीन्द्रमणि पोखरेलले जामुनेकी ५१ वर्षीया रामप्यारी रानाभाटलाई रु नौ लाख ५६ हजार ९०० वितरण गरेर थालनी गरेका थिए । आयोजना प्रभावितलाई निरन्तर रुपमा मुआब्जा वितरण गरिनेछ । कुल १४० मेगावाट क्षमताको ...
  • तयार बस्नुस्, २ अर्ब ६० करोडमा बनेको हाइड्रोले जारी गर्दैछ साधारण सेयर Feb 17, 2017 Arthatantrahewakhola
    पाँचथर। जिल्लाको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । पाँचथर पावर कम्पनीले जिम्मा लिएको आयोजनाको निर्माण सकिँदा रु दुई अर्ब ६० करोड खर्च लागेको कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले जानकारी दिए । उनले भने, “सुरुवातमा आयोजना सकिँदा दुई अर्ब २५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएपनि पछि नाकाबन्दी, भूकम्प, बन्द ...
  • हाइड्रोको सेयर किन्नुभाछ ? आज बाँडिदैछ सेयर Feb 16, 2017 ArthatantraShare collection
    काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्टले सर्वसाधारणमा निष्काशन गरेको साधारण सेयर आज बाँडफाँड हुँदैछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार साँझ चार बजे नक्सालस्थित सानिमा बैंकको मुख्य कार्यालयमा सेयर बाँडफाँड गरिने छ । पुस ८ गते देखि १२ सम्म आइपीओ निष्काशन गरेको कम्पनीले कम्पनीले एक सय रूपैयाँ अंकित दरमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर बेचेको ...
  • के तपाईको सञ्चय कोष छ ? छ भने थाहा पाउनुहोस् बम्पर स्किम Feb 16, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाण्डौं । सञ्चय कोषले आफ्ना आम सञ्चयकर्ताका लागि नयाँ बम्पर स्किम ल्याउने भएको छ। देशभरका आफ्ना सञ्चयकर्तालाई एकै पटक जलविद्युतको मालिक बनाउनका लागि कोषले काम सुरु गरिसकेको छ। कोषको हालै संशोधित ऐनले पूर्वाधारमा लगानी गर्ने बाटो खुला गरेपछि सञ्चयकर्तालाई मालिक बनाउने गरी जलविद्युत आयोजना निर्माणको तयारी थालेको हो।यसकालागि कोष सञ्चालक समितिले गत ७ माघमा नीतिगत निर्णय गरिसकेको छ। उर्जा र अर्थ ...
  • तल्लो मोदीको बिजुली आगामि ६ महिनाभित्र Feb 15, 2017 ArthatantraHydroPower Production
    २० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाबाट २०७४ साउनसम्म बिजुली उत्पादन हुने भएको छ । निर्माण अन्तिम चरणमा पुगेकाले तोकिएको समयमै उत्पादन हुने देखिएको हो । अहिले आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ । बाँकी काम सकेर साउनभित्रै बिजुली उत्पादन हुने प्रवर्द्धक ज्ञानेन्द्रलाल प्रधानले बताए । ‘आयोजनाको ८० प्रतिशत काम पुरा भयो,’ उनले भने, ‘आगामी साउनदेखि उत्पादन सुरु हुन्छ ।’ मनाङ ...
  • खुल्यो हाइड्रोको सेयर कारोबार ! Feb 13, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । सोमबारदेखि दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर कारोबार खुलेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा डिएचपीएल कोडबाट दिव्यश्वरीका सेयर कारोबार हुने नेप्सेले जनाएको छ । दिब्यश्वरी हाइड्रोको कारोबार खुल्ने सेयरमूल्य प्रतिकित्ता ११६ रुपैयाँदेखि ३४८ रुपैयाँ तोकिएको छ । हाइड्रोले गत साता नेप्सेमा २६ लाख ४० हजार कित्ता सेयर सूचिकृत गराएको थियो । दिब्यश्वरी हाइड्रोको समेत कारोबार खुलेपछि नेप्सेमा कारोबार हुने जलविद्युत कम्पनीको ...
  • जलविद्युतमा सम्झौता भइसकेको ऋण दिन बैंकको आनाकानी, किन ? Feb 11, 2017 Arthatantrabank_1
    काठमाडौं । बैंकहरुले तरलताको कारण देखाउँदै जलविद्युत क्षेत्रका लागि सम्झौता भइसकेका ऋणहरुको समेत समयमै रकम उपलब्ध नगराउने गरेको देखिएको छ । ऋण सम्झौता भइसकेका आयोजनाहरुका लागि ऋणको किस्ताबन्दी माग्न जाँदा समयमै नपाएको उद्योग वाणिज्य महासंघको उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए । उनले बैंकहरुले अहिले सम्झौता भइसकेका आयोजनालाई भन्दा पनि नयाँ आयोजनालाई कर्जा लगानीका लागि प्राथमिकतामा राखेको बताए । राष्ट्र ...