Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • छ महिनामा देश उज्यालो ! Feb 11, 2017 Arthatantrajanardan-sharma
    काठमाडौ । ऊर्जा मन्त्री जनार्धन शर्माले जिम्मेवारी लिएपछिको ६ महिनामा मुलुकको उज्यालोतिर लम्किएको छ। ६ महिनामा के के भयो त ? ११ अर्ब वार्षिक घाटा घटाउने घोषणा ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए । ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने घोषणासमेत गरे ...
  • मस्र्याङ्दीको बिद्युत् उत्पादन क्षमता किन घट्यो र अब कहिले बढ्छ ? Feb 9, 2017 ArthatantraTransmission line
    तनहुँ। तनहुँको आँबुखैरेनी नगरपालिका–६ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् परियोजनाबाट ३६ मेगावाट मात्रै विद्युत् विद्युत् उत्पादन भएको छ । नदीमा पानीको बहाव कम हुँदै गएपछि सो विद्युत् गृहबाट ३६ मेगावाट मात्र विद्युत् उत्पादन भएको हो । विद्युत् गृहका प्रमुख रामकुमार यादवले अहिले ३६ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको बताए । नदीमा पानीको मात्रा घटेपछि उत्पादनमा कमी आएको हो “चैत मसान्तदेखि वैशाख ...
  • हाइड्रोको कमाई, ६ महिनामै करिब ५६ करोड नाफा Feb 8, 2017 Arthatantrachilime hydro power company
    काठमाण्डौं । चिलिमे हाइड्रोले आफ्नो वित्तीय विबरण सार्वजनिक गरेको छ । हाइड्रोले चालु आर्थिक वर्षको छ महिनामा ५५ करोड ९२ लाख ३४ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसले ५६ करोड १७ लाख १८ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा ६४ करोड २५ लाख २३ हजार रुपैंयाको बिद्युत बिक्री शिर्षकलाई बढाएर ६५ ...
  • कुलमान घिसिङ भन्छन्,तीन वर्षमा १२ सय मेगावाट बिजुली थपिन्छ ! Feb 8, 2017 ArthatantraKulman Ghising, Nepal Electricity Authority
    तीन वर्षभित्र कम्तिमा १२ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले बनाइरहेका जलविद्युत आयोजना पुरा भएर तीन वर्षमा १२ सय देखि १५ सय मेगावाट बिजुली थपिने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए। नेपालीहरुको लगानीमा माथिल्लो तामाकोशी (४५६ मेगावाट) आयोजना निर्माणाधीन छ। डेढ वर्षभित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्य छ। ‘कुलेखानी तेस्रो, ...
  • हिमनदीको पानी सदुपयोग गरी आठ करोडमा हाइड्रोपावर बनाइँदै Feb 7, 2017 Arthatantrahydrodam
    रसुवा । कादूरी नामक गैससको आर्थिक एवम् प्राविधिक सहयोगमा हिमनदीको पानीलाई सदुपयोग गर्दै क्याङजेन नजिक एक सय किलोवाट क्षमताको विद्युत् आयोजना निर्माण हुने भएको छ । भूकम्पले प्रभावित तुल्याएको लाङटाङ क्षेत्रमा अहिले आवास तथा होटल पुनःनिर्माण एवम् सुदृढीकरण गर्ने कार्य प्रायः सम्पन्न भइसकेको छ । पर्यटक आउने वातावरण सिर्जना भइसकेको र अब निर्माण हुने विद्युत् आयोजनाले सबै क्षेत्रमा सहज हुने विद्युत् ...
  • बुढीगण्डकीको मुआब्जा : धादिङ तथा गोरखाका जिप्रकाले पाए पाँच अर्ब ५० कर… Feb 6, 2017 ArthatantraBudhi Gandaki Hydro
    काठमाण्डौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ । धादिङ तथा गोरखाका जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणका लागि पाँच अर्ब ५० करोड रुपैंया प्राप्त भएको जनाएको छ । बूढीगण्डकी जलविद्युत आयोजना विकास समितिले कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत मुआब्जा वितरणका लागि पहिलो चरणमा उक्त रकम प्रदान गर्न केही दिन पहिले अख्तियारी दिएको ...
  • हाइड्रोको २६ लाख ४० हजार कित्ता सेयर बजारमा, किन्ने हैन त ? Feb 6, 2017 ArthatantraHydro_dam
    काठमाण्डौं । दिव्यश्वरी हाइड्रोले आयोजना प्रभावित तथा सर्वसाधारणका लागि निष्काशन गरेको सेयरसँगै संस्थापक सेयर पनि कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत गराएको छ । कम्पनीले संस्थापकको १९ लाख ८० हजार कित्ता सहित जम्मा २६ लाख ४० हजार कित्ता सेयर सुचिकृत गराएको छ । यो सेयर अर्को हप्तादेखि किनबेच हुने कम्पनीले जनाएकोछ । आयोजना प्रभावितका लागि दुई लाख ६४ हजार कित्ता ...
  • सस्तो आयोजनाकारुपमा लिईएको माथिल्लो अरुणलाई कम्पनी ढाँचामा अगाडि बढाइन… Feb 4, 2017 Arthatantrahydropower-
    काठमाडौ। सरकारले माथिल्लो अरुण जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ ।आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने लक्ष्यका साथ कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेको हो । यसका लागि नेपाल विद्युत् प्राधिकरणले अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी केही दिन पहिले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराएको हो । कम्पनी दर्ता भएपछि थप आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गर्न लागिएको ऊर्जा मन्त्रालयले ...
  • अबको तीन वर्षभित्र देशका सबै कुनाकाप्चामा बिजुली पुग्ने ! Feb 4, 2017 ArthatantraTransmission line
    ताप्लेजुङ । ऊर्जामन्त्री जनार्दन शर्माले अबको तीन वर्षभित्र देशका सबै ठाँउमा विद्युत्को केन्द्रीय प्रशारण लाइन पुग्ने बताएका छन् । “समग्र ग्रामीण विद्युतीकरणको योजनाअनुरुप अबको तीन वर्षमा नै मुलुकका सबै क्षेत्रमा विद्युत् सेवा पुग्ने गरी सरकारले काम गरिरहेका छन्,” ताप्लेजुङ सदरमुकाममा शुक्रबार भएको एक कार्यक्रममा उनले भने । “केन्द्रीय प्रशारण लाइन पुगेका क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने र नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने ...
  • खिम्ती–ढल्केबर प्रसारण लाइन आएपछि भोल्टेजको समस्या समाधान Feb 3, 2017 ArthatantraPrasaran Line
    काठमाडौ।  नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । खिम्ती–ढल्केबर र हेटौंंडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसँग जोडिएपछि भोल्टेजमा देखिएको उतारचढाव कम भएको छ । ढल्केबरबाट आयात भएको विद्युत् प्रवाहका लागि विभिन्न चारवटा प्रसारण लाइन एकीकृत रुपमा सञ्चालनमा आएपछि भोल्टेजको समस्या समाधान भएको हो । ढल्केबरबाट खिम्ती जोडिएको छ भने ढल्केबरबाटै हेटौँडा पनि ...