Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • हाइड्रोको नाफा ६ महिनामै करिब साढे २५ करोड ! Feb 2, 2017 ArthatantraHydroPower Production
    काठमाण्डौं ।  सानिमा हाइड्रोपावर कम्पनीले चालु आवको दोस्रो त्रैमाशमा भने २५ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यसपटक २५ करोड ६० लाख कमाएकोमा बिदेशी मुद्राको विनिमय दरमा आएको उतारचढावको कारण यसबाट १६ लाख रुपैयाँ नोक्सान व्यहोर्न परेको छ । कम्पनीको विद्युत् बिक्रीबाट भएको आम्दानी ३ गुणाले बढेर ५० करोड ६३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको व्याज र ...
  • ६ बैंकको २ अर्ब २८ करोडको लगानीमा बन्ने भो जलविद्युत आयोजना Jan 31, 2017 ArthatantraHydro
    काठमाण्डौं । माथिल्लो सोलुखोला जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । हिजो आयोजित कार्यक्रममा आयोजनाको प्रवद्र्धक बेनी खोला पावर प्रोजेक्ट र बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र प्रवद्र्धकका तर्फबाट प्रोजेक्टका अध्यक्ष पिबी शेर्पाले हस्ताक्षर गरे । कुल १८ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको ...
  • पावर कम्पनीको १० लाख ६५ हजारभन्दा बढी सेयर बजारमा Jan 30, 2017 ArthatantraHydro Power
    काठमाण्डौं । हिमालयन पावर पार्टनर लिमिटेडले लमजुङ्गका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई साधारण सेयर जारी गरेको छ । कम्पनीले स्थानीयका लागि एक सय रुपैँया अंकित दरका दश प्रतिशत अर्थात १० लाख ६५ हजार चार सय १७ कित्ता सेयर निष्काशन गरेको हो । यो सेयरमा छिटोमा फागुन २ गते र ढिलोमा फागुन १७ गतेसम्म आवेदन गर्न सकिने कम्पनीको विक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल ...
  • यसरी थपिंदैछ ६.१ मेगावाट बिजुली ! Jan 29, 2017 ArthatantraTransmission line
    इलाम। इलामको मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ । रु ९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताए ...
  • ३ वर्षदेखी बन्द आयोजनाबाट ३.१ मेगावाट विद्युत् उत्पादन सुरु Jan 28, 2017 ArthatantraHydroPower Production
    सिन्धुपाल्चोक । जुरे पहिरो, भूकम्प, नाकाबन्दी र बाढीले क्षति पु¥याई करिब तीन वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी गाविसस्थित ३.१ मेगावाट क्षमताको भैरवकुण्ड जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ । आयोजनाले बिहीबारदेखि व्यापारिक उत्पादन सुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले जानकारी दिएका छन् । रु १० करोडको लागतमा मर्मत गरिएको उक्त आयोजनाले गत पुस २९ गतेदेखि परीक्षण उत्पादन थालेको ...
  • बिद्युत् प्राधिकरणले शर्त नराखी निजी उत्पादकको विद्युत् खरिद गर्ने Jan 26, 2017 ArthatantraTransmission line
    काठमाडौ। निजी विद्युत् उत्पादकले उत्पादन गरेको विद्युत् कुनै पनि शर्त नराखी नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने भएको छ । यसअघि आवश्यक परेको समयमा मात्रै विद्युत् खरिद गर्ने व्यवस्था थियो । सो व्यवस्थालाई हटाएर प्राधिकरणले निजी उत्पादकसँग सहजरुपमा विद्युत् खरिद गर्ने निर्णय गरेको हो । प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको बैठकले निजी उत्पादकलाई तोकिएको समयभन्दा शीघ्र आयोजना सम्पन्न गर्न समेत आग्रह गर्दै ...
  • अपर नौगड गाढलाई एसबिआई र प्रभुको सय करोड Jan 25, 2017 Arthatantraapi hydro news
    काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा दार्चुलास्थित नौगड गाढ नदीमा निर्माणाधिन ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनालाई एसबिआई र प्रभु बैंकले ऋण सहायता प्रदान गरेको छ । नेपाल एस.बि.आई. बैंक लिमिटेडको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले रु.१०० करोड ऋण उपलब्ध गराउने सम्बन्धित सम्झौता मिती बुधबार ट्रेड टावर विजनेश सेन्टर, थापाथलीको सभा कक्षमा सम्पन्न भएको ...
  • सेयरमा थपिँदो उत्साह, जलविद्युतमा दुई अर्ब ५७ करोडभन्दा बढीको प्रतिबद्… Jan 24, 2017 Arthatantranepal ko paani janata ko laagani
    काठमाण्डौं ।  उर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमामा दुई अर्ब ५७ करोड, ११ हजार चार सय ४३ रुपैयाँ लगानीको प्रतिवद्धता व्यक्त भएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले फेसबुकमार्फत् यस्तो जानकारी दिएका हुन् । उनका अनुसार, दुई अर्ब ४८ करोड तीन लाख ३६ हजार रुपैयाँ व्यक्तितर्फबाट लगानीको प्रतिवद्धता व्यक्त भएको छ । त्यस्तै आठ करोड ९६ लाख ७५ हजार ...
  • बिजुली चोरी काण्ड : ऊर्जामन्त्री र प्राधिकरणका कर्मचारीहरु संसद्को घेर… Jan 23, 2017 ArthatantraLoad-shedding
    काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणका यसअघिका प्रमुख, ऊर्जा सचिव र ऊर्जा मन्त्रीहरुलाई पनि छानबिनको घेरामा ल्याउनु पर्ने माग संसदमा उठेको छ।  वार्षिक १३ अर्बको बिजुली चोरी गर्ने १२ कर्मचारीलाई हिजो प्रहरीले पक्राउ गरेको समाचारपछि नेपाल मजदूर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले संसदमा बोल्ने क्रममा यस्तो माग राखेकी हुन्। ‘बिजुली चोरीमा ठूला उद्योगी व्यापारी र विद्युत प्राधिकरणका कर्मचारीहरु नै संलग्न भएको ...
  • अब नेपाली बिजुली बंगलादेशले किन्ने, भारतले दियो अनुमति Jan 22, 2017 ArthatantraTransmission Tower
    काठमाण्डौँ। बंगलादेशलाई नेपालबाट बिद्युत आयातका लागि आफ्नो भूमी प्रयोग गर्न दिन भारत तयार भएको छ। नेपाली बिजुली आयात गर्ने क्रममा ट्रान्समिसन लाइन लैजान आफ्नो भूमी दिन भारत सहमत भइ सकेको बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिदलाई उद्धृत गर्दै स्थानिय पत्रिका फाइनान्सिलय एक्प्रेसले जनाएको छ। ‘हामीले भारतबाट यसबारे स्वीकृति पाइ सकेका छौँ’, हमिदले भनेका छन् ‘अब बंगलादेशले जलविद्युतमा लगानी र आयात गर्ने बारे ...