Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • भविष्य ऊर्जा सम्मेलनमा भाग लिन प्रधानमन्त्री र ऊर्जामन्त्री युएईमा Jan 15, 2017 ArthatantraNewly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar
    काठमाण्डौं । दशौं विश्व भविष्य ऊर्जा सम्मेलनमा भाग लिन युएई आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवुधावीमा नेपालीहरुसँग अन्तरक्रिया गरेका छन् । आवुधावीस्थित नेपाली दूतावासमा आयोजित अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुका समस्या समाधानलाई सरकारले प्राथमिकता दिएको बताए । कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी थिए । ...
  • ७५० मेगावाटको पश्चिम सेती तत्काल अगाडि बढाउने तयारीमा चिनियाँ कम्पनी थ… Jan 14, 2017 Arthatantrahydropower-
    काठमाडौ। ऊर्जा मन्त्री जनार्दन शर्माले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न चिनियाँ थ्री गर्जेजका पदाधिकारीलाई आग्रह गरेका छन् । थ्री गर्जेजका प्रतिनिधिसँग कुराकानी गर्दै मन्त्री शर्माले लामो समयदेखि आयोजना लिएर राख्ने तर काम नभएकाले जनतामा समेत नकारात्मक सन्देश गएको भन्दै निर्माण कार्य सुरु गर्न आग्रह गरेका हुन् । चिनियाँ थ्री गर्जेजसँग पाँच वर्ष पहिले नै ...
  • खोटाङमा अब बिजुली जाँदैन, यसरी हट्ने भो लोडसेडिङ Jan 14, 2017 ArthatantraHydroPower Production
    खोटाङ । खोटाङ जिल्लामा उत्पादन गरिएको एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर शुक्रबारदेखि संचालनमा आएको छ । दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोलाबाट जलविद्युत् उत्पादन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जलविद्युत्को उद्घाटन गरे । उनले स्थानीय जनप्रतिनिधि नहुँदा गाउँ तथा नगरमा बर्सेनि विकासका लागि पठाइएको अरबौँ रकम दुरुपयोग हुने गरेको भन्दै चाँडोभन्दा चाँडो स्थानीय तहको चुनाव हुनुपर्नेमा जोड दिए ...
  • हाइड्रोपावरको ५ करोड ६० लाखको आइपीओबारे जानीराख्नोस् ! Jan 13, 2017 Arthatantraipo
    काठमाडौ । रेइर्‍याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानीय बासिन्दाको लागि आईपीओ ल्याउन धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय आयोजना प्रभावित जिल्लालाई मात्र आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीले स्थानीयलाई पाँच करोड ६० लाख रुपैयाँको पाँच लाख ६० हजार कित्ता आइपीओ बिक्री गर्ने गरि पुस २७ मा बोर्डमा निवेदन दिएको छ । रेइर्‍याङ पाँचथर र ताप्लेजुङको सिमानामा ...
  • गाउँमा सौर्य ऊर्जाको प्रयोग बढ्दो Jan 12, 2017 Arthatantrasolar-panel-energy
    कञ्चनपुर। बढ्दो विद्युत्भार कटौतीका कारण विद्युतीय ऊर्जाको विकल्पका रुपमा कञ्चनपुरका ग्रामीण क्षेत्रका बासिन्दा सौर्य ऊर्जाको प्रयोग गर्न थालेका छन् । घरायसी प्रयोजनका लागि सौर्य ऊर्जाको माग यहाँका ग्रामीण क्षेत्रमा बढ्दो रुपमा रहेको छ । सौर्य ऊर्जाको यहाँका बासिन्दाले पानी तताउने, कम्प्युटर चलाउन, टेलिभिजन, पङ्खा र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् । शङ्करपुरका रामप्रसाद रानाले विद्युत् नपुगेको क्षेत्रमा सौर्य ऊर्जा ...
  • ४६ लाख ५७ हजारभन्दा बढी सेयर सूचिकृत गरेको हाइड्रोको कारोबार आज खुल्यो Jan 11, 2017 ArthatantraBhotekoshi_Hydro_Layout
    काठमाण्डौं । खानीखोला हाईड्रोपावरको  नेपाल स्टक एक्सचेञ्जमा बुधबारबाट सेयर कारोबार खुला भएको छ । कम्पनीको धितोपत्र नेप्सेमा के के एच सि सिम्बोलमा कारोबार हुनेछ । हाइड्रोपावरको ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर गत साता मात्रै नेप्सेमा सूचिकृत भएको थियो । नेप्सेले खानीखोलाको सेयर कारोबार मूल्य न्युनतम ९९ रुपैंया ४६ पैसा र अधिकतम दुई सय ९८ रुपैयाँ ३९ पैसा ...
  • हाईड्रोपावरको ३ करोड ७१ लाखको आईपीओ आउँदै, भर्ने हैन त ? Jan 10, 2017 ArthatantraHydro Power
    काठमाडौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले तीन लाख ७१ हजार चार सय कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले आयोजना प्रभावितका लागि सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड ...
  • ‘नेपालको पानी : जनताको लगानी’मा अनलाईनबाटै यसरी भर्नुहोस् … Jan 9, 2017 Arthatantranepal ko paani janata ko laagani
    काठमाण्डौं । उर्जा मन्त्रालयले ल्याएको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा लगानी गर्नको लागि अनलाइन व्यवस्था गरिएको छ। सर्वसाधारणले लगानी गर्न चाहेमा त्यसको लागि कुनै पनि ठाउँमा लाइन नलागेर अनलाइनबाट सेयर आवेदन भर्नको लागि छुट्टै वेबसाइट सार्वजनिक गरिएको छ। देशभित्र वा बाहिर जहाँ भएपनि इच्छुक व्यक्ति तथा कम्पनीले आफूले गर्नसक्ने लगानीको प्रतिबद्धता व्यक्त गर्नुपर्ने छ। यसरी आएको लगानीको प्रतिबद्धताको आधारमा निर्माण गर्न ...
  • हाइड्रोले बाँड्न थाल्यो बोनस, डिम्याट खातावालाले खातामै पाउने Jan 8, 2017 ArthatantraHydro Power
    काठमाण्डौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले आज आइतबारबाट बोनस सेयरको प्रमाणपत्र दिन थालेको हो । कात्तिक ८ गतेसम्म सेयर प्रमाणपत्र डिम्याट गराइसकेका लगानीकर्ताले भने डिम्याट खातामा नै सेयर पाउने भएका छन् । डिम्याट खाता हुने सबैलाई पुस मसान्तसम्म खातामा नै पठाइसक्ने कम्पनीले जानकारी दिएको छ । डिम्याट खाता नहुनेले भने बोनस सेयर प्रमाणपत्र पाएका हुन् । यसरी सेयर प्रमाणपत्र लिन जाँदा ...
  • उर्जा माग्ने उद्योगीलाई उर्जामा लगानी गर्न उर्जामन्त्रीको आग्रह ! Jan 7, 2017 Arthatantrajanardan-sharma
    पर्सा। ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्यत् क्षेत्रमा निजी लगानीकर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी व्यापारीले यसबाट फाइदा उठाउनुपर्ने बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित व्यापारीसँगको अन्तरक्रियामा उनले जलविद्युत्को विकास भएमात्र देशको आर्थिक विकास हुने बताए । उनले वर्तमान सरकारले नेपालको पानी जनताको लगानी अभियान अघि सारेकाले नेपालको नदीनालामा निजी क्षेत्रले लगानी गरी ऊर्जा सङ्कटलाई समाप्त पार्नुपर्नेमा जोड ...