Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • अपर मादीको १२ मेगावाट विद्युत आजबाट राष्ट्रिय प्रसारणमा Dec 30, 2016 ArthatantraTransmission Tower
    पोखरा । कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन आजदेखि सञ्चालन गरिन लागेको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए । आयोजनाबाट उत्पादन गरिएको विद्युत् लेखनाथ नगरपालिकास्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ...
  • घटेको छैन सेयरको क्रेज : हाइड्रोको सेयरमा चार दिनमै २८ गुणा बढी आवेदन Dec 29, 2016 Arthatantrashare queue
    काठमाण्डौं । सिनर्जी पावर कम्पनीको साधारण सेयरमा कम्पनीको माग भन्दा झन्डै २८ गुणा हाराहारी आवेदन परेको छ । कम्पनीले शुक्रबार देखि २१ करोड रुपैयाँको प्राथमिक सेयर बिक्री सुरु गरेको थियो। कम्पनीको प्राथमिक निष्काशन बुधबार बन्द भएको छ। आज बिहीबार बिहानसम्मको विवरण अनुसार चार अर्ब ७६ करोड रुपैयाँको आवेदन संकलन भएकोछ भने अझै धेरै ठाउँबाट अन्तिम हिसाव आउन बाँकी रहेको हुँदा कुल ...
  • Message from NEA Dec 28, 2016 Arthatantra
  • सरकारलाई सूचना ! गिट्टी बालुवाको अभावका कारण जलबिद्युत् आयोजनाको काम प… Dec 27, 2016 ArthatantraHydroPower Production
    पर्वत। पर्याप्त मात्रामा गिट्टी बालुवा नहुँदा पर्वतमा निर्माणाधीन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य प्रभावित भएको छ । आयोजनाको सुरुङमा कङ्क्रिटिङ गर्नका लागि बालुवा र गिट्टी नपाउँदा निर्माण कार्य पूर्णरुपमा प्रभावित भएको हो । आयोजनाको सुरुङ निर्माण कार्य गरिरहेको साउथ एसियन इन्फ्रास्टक्चर कम्पनी लिमिटेडले दिएको जानकारी अनुसार कात्तिक महिनादेखि पर्याप्त मात्रामा बालुवा र गिट्टी उपलब्ध हुन ...
  • सिनर्जीको आइपिओमा एकै दिन दुई गुणा आवेदन, १३ गतेसम्म भर्न पाइने Dec 26, 2016 Arthatantrasmall-hydro-project
    काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरका लागि पहिलो दिनमा नै झण्डै दुई गुणा बढीको आवेदन परेको छ । यही पुस ८ गते शुक्रबार देखि २१ लाख कित्ता सेयर निष्काशन गरेको कम्पनीको साधारण सेयरमा सोही दिन ४१ करोड रुपैंयाको आवेदन परेको हो । कम्पनीको सेयरमा लगानीकर्ताले छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सक्ने व्यस्था गरिएकोमा आइतबार ...
  • हाइड्रोपावरले ल्यायो स्थानीयलाई १० प्रतिशत सेयर, पुस २० देखि भर्न मिल्… Dec 25, 2016 ArthatantraHydro Power
    काठमाण्डौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले पुस २० गतेबाट आयोजना प्रभावितलाई साधारण सेयर निस्कासन गर्ने भएको छ। दुई मेगावाटको आयोजनाले स्थानीय अर्थात् लमजुङ जिल्लावासीलाई १० प्रतिशत सेयर वितरण गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका दुई लाख ७० हजार कित्ता सेयर जारी गर्न लागेको हो। सेयरमा कम्तिमा ५० कित्ता र वढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ। यो सेयर ...
  • प्रसारण लाइन नहुँदा भारतको बिजुली तत्काल काठमाडौ आएन Dec 24, 2016 ArthatantraNepal bharat Electricity
    काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेपनि तत्काल काठमाडौँ उपत्यकामा ल्याउन समस्या हुने बताएको छ । निर्माणको क्रममा रहेको खिम्ती–ढल्केबर प्रसारण लाइन र हेटौँडा–सयूचाटार प्रसारण लाइनको काम जारी रहेका कारण भारतबाट थप विद्युत् आयात भए पनि काठमाडौँ ल्याउन समस्या हुने भएको हो । भारतबाट आयात हुने थप विद्युत् हेटौँडासम्म ल्याइने र पश्चिम र राजधानी नजिकका आयोजनाबाट पूर्व पठाइएका विद्युत् ...
  • बुटवल पावरले पारित गर्यो ७ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश, अब छि… Dec 23, 2016 ArthatantraButwal power company hydro
    काठमाण्डौं । बुटवल पावर कम्पनीको २४ औं साधारण सभाले ७ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांस वितरणको प्रस्ताब पारित गरेको छ । साथै साधारणसभाले धितोपत्र बोर्डले तोकेको शर्त तथा मापदण्ड पुरा गरेर नयाँ सेयर (एफपिओ) निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । साथै अघिल्लै साधारणसभाबाट ४० लाख ८१ हजार कित्ता थप नयाँ सेयर निष्काशनको प्रस्ताव गरेकोे कम्पनीले एफपिओ ...
  • पावर कम्पनीको २१ लाख कित्ता साधाण सेयर आजैबाट बजारमा, भर्ने ठाउँ थाहा … Dec 23, 2016 ArthatantraTransmission line
    काठमाण्डौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज शुक्रबार देखि एक सय रुपैयाँ अंकित दरका २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । यसको सेयरमा लगानीकर्ताले छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सिनर्जी पावरले निष्काशन गरेको कुल २१ लाख कित्तामध्ये १९ लाख ३२ हजार कित्ताका लागि मात्र सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । आवेदन दिन चाहने ...
  • अरुण काबेलीको नपरेको पैसा आईतबारदेखि फिर्ता हुने Dec 22, 2016 Arthatantraarun_kabeli_Logo
    काठमाडौ । अरुण काबेलीले आइपीओ नपरेको पैसा १० गते आइतबारदेखि फिर्ता दिने भएको छ । कम्पनीले सेयर बाँडफाँटपत्र र सेयर नपरेको पैसा पुस १० गतेदेखि फिर्ता गर्ने जानकारी दिएको हो । लगानीकर्ताले सेयर आवेदन दिएकै केन्द्रमा गएर बाँडफाँटपत्र र पैसा फिर्ता लिन सक्नेछन् । पैसा फिर्ता लिन जाँदा दरखास्त फारमको अर्धकट्टी र नागरिकताको प्रमाणपत्रको फोटोकपी लैजानुपर्नेछ । आफैं जान नसक्नेले मन्जुरीनामा दिएर ...