Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • महशुल नतिर्ने सरकारी कार्यालयको विद्युत् धमाधम काटिंदै Dec 21, 2016 Arthatantra?????????????????????????????????????????????????????????
    चितवन। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने सरकारी र निजी क्षेत्रका विद्युत् लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ । साठी दिनभन्दा लामो समय विद्युत् महसुल नतिर्ने जिल्ला अदालत, जिल्ला शिक्षा कार्यालय, नापी कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयसहित निजी ग्राहकको विद्युत् लाइन काटिएपछि रकम भुक्तान गरी ती कार्यालयले पुनः विद्युत् लाइन जोडेको वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले ...
  • तयार बस्नुहोस्,ऊर्जा विकास कम्पनीले निस्काशन गर्दैछ २४ करोड ७५ लाखको स… Dec 21, 2016 Arthatantrakali gandaki hydropower
    काठमाडौं । जलविद्युत् आयोजना प्रबद्र्धक हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई सेयर निश्कासन गर्ने भएको छ । कम्पनीको १६ औं वार्षिक साधारणसभाले २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले एक महिनाभित्र बिक्री प्रवन्धक नियुक्त गरेर सेयर निश्कासनको ...
  • अरुण तेस्रो जलबिद्युत् आयोजनाबाट प्रभावितलाई एक अर्ब बढीको मुआब्जा ! Dec 20, 2016 Arthatantrahydropower
    सङ्खुवासभा। भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका अनुसार हालसम्म करिब ९४ प्रतिशत निजी जग्गाधनीलाई मुआब्जा रकम वितरण गरिसकिएको छ । यसै महिनाभित्र बाँकी रहेका सबै जग्गाधनीलाई मुआब्जा रकम वितरण गरिनेछ । कुल नौ सय मेगावाट क्षमताको सो ...
  • १२ अर्ब रुपैयाँको आवेदन परेको अरुण काबेलीको सेयर आज बाँडफाँड हुँदै Dec 20, 2016 Arthatantraarun valley and arun kabeli
    काठमाण्डौं । अरुण काबेली पावर लिमिटेडले आज मंगलवार सेयर बाँडफाँट गर्ने भएको छ । कम्पनीको सेयरमा मागभन्दा ४३ गुणा बढी अर्थात् १२ अर्ब रुपैयाँको आवेदन परेको थियो । आज मध्यान्न करिब ३ बजेतिर सिद्धार्थ क्यापिटलमा सेयर बाँडफाँट हुने कार्यक्रम रहेको छ । कम्पनीले ५० देखि तीन सय ५० कित्तासम्म सेयर माग गर्नेलाई लटरी प्रथाबाट छनौंट गरेर सेयर बाँड्ने भएको छ । ...
  • प्रतिकित्ता १०० पर्ने सेयर ५० मा उपलब्धःथोरै पुँजी भएका परिवारले जलबिद… Dec 18, 2016 ArthatantraHydro power
    काठमाडौ । थोरै पूूँजी भएका घरपरिवारका मानिसहरु बल्ल सेयर के हो भनेर चासो दिन थालेका छन् । तर अव तपाईलाई सरकारले सेयर लगानीको अवसर नै जुटाईदिने भएको छ । थोरै पुँजी भएकाहरुले जलविद्युत आयोजनामा लगानीको अवसर पाउने भएका हुन् । त्यति मात्र होइन, पैसा नै नभएका अति विपन्न परिवार समेत जलविद्युत आयोजनाको सेयरधनी हुन पाउनेछन् । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले दोलखाको ...
  • थाहा पाइराख्नुहोस्, हाइड्रोले दिँदैछ दश प्रतिशत बोनस सेयर र दश प्रतिशत… Dec 15, 2016 Arthatantrachilime hydro power company
    काठमाण्डौं । चिलिमे हाइड्रो पावर कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांस वितरण गर्ने भएकोछ । कम्पनीको आज बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । कम्पनीको योे प्रस्तावलाई बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । कम्पनीले गत बर्ष ९२ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको अहिले तीन अर्ब १३ करोड ...
  • दुई हाइड्रो पावरको १२ लाख ७० हजार कित्ता सेयर आउँदै, धितोपत्र बोर्डबाट… Dec 14, 2016 Arthatantrashare IPO
    काठमाण्डौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी र हिमाल पावर पार्टनरले सर्वसाधारणमा सेयर जारी गर्ने अनुमति पाएका छन् । पहिलो चरणमा स्थानीय बासिन्दाको लागि सेयर जारी गर्न लागेका दुवै कम्पनीले यही आइतबार धितोपत्र बोर्डबाट यसको अनुमति पाएका हुन् । दुवै आयोजनाको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । हिमाल पावर कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीयको लागि  १० करोड रुपैयाँ ...
  • लमजुङ अब ‘हाइड्रो मोडेल नमुना जिल्ला’ Dec 14, 2016 Arthatantranepal
    काठमाण्डौं । लमजुङलाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणा गर्ने तयारी गरिएको छ । जलविद्युत् निर्माणमा लगानीमैत्री वातावरण बनेको भन्दै हाइड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको छ । पाँचौ लमजुङ महोत्सवका अवसरमा गरिन लागिएको जलविद्युत्सम्बन्धी कार्यशाला गोष्ठीबाट जिल्लालाई हाईड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल गरिने भएको हो । कार्यशाला गोष्ठीको पूर्वतयारी बैठक बसी जिल्लालाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ ...
  • केन्द्रिय ग्रीडमा ८० मेगावाट बिजुली थपिंदै, एक महिनापछि २५० मेगावाट थप… Dec 14, 2016 ArthatantraHydroPower Production
    काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक उपाय प्रयोग गरेर थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । मुलुकमा सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ निर्माण गरिरहेको ढल्केबर सवस्टेसन निर्माण सम्पन्न हुन केही दिन लाग्ने भएपछि प्राधिकरणले वैकल्पिक उपाय गरेर सो परिमाणको विद्युत् आयात गर्न लागेको हो । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरेर थप ८० मेगावाट विद्युत् आयात ...
  • बिहीबारबाट उपत्यकामा ऊर्जा सम्मेलन हुँदै, प्रधानमन्त्रीले गर्नेछन् विश… Dec 13, 2016 ArthatantraLoad-shedding
    ठमाण्डौँ । आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सरकारको संयोजनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले यही मङ्सिर ३० गतेदेखि आगामी पुस १ गतेसम्म दुई दिवसीय ‘ऊर्जा सम्मेलन’को आयोजना गर्ने भएको छ । सम्मेलनमा नेपाल, भारत, चीन, दक्षिण कोरिया, जापान, नर्वे, संयुक्तराज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, विभिन्न देशका जलस्रोतविज्ञ, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, यहाँस्थित कुटनीतिक नियोगका प्रमुख ...